विश्व साइकल दिवसका अवसरमा साइकल यात्रा

विश्व साइकल दिवसका अवसरमा साइकल यात्रा

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ जेठ २० गते बिहिबार ११:१४

करिब ७ दशमलव ९ किलोमिटर दूरीको उक्त साइक्लिङमा विभिन्न उमेर समूहका साइकलप्रेमी, खेलाडी, युवा तथा सर्वसाधारण गरी १३ जनाले भाग लिएका थिए ।

‘साइकल हाम्रो साथी, स्वास्थ्य हाम्रो सम्पत्ति, आउनुहोस् सहभागी बनौँ, विश्व साइकल दिवसलाई सफल बनाऔँ’ भन्ने नारासहित साइकल यात्रा गरिएको हो ।

बेसीशहर– विश्व साइकल दिवस– २०८३ को अवसरमा लमजुङमा साइकल यात्रा भएको छ । लमजुङ साइक्लिङ संघको आयोजनामा सो यात्रा कार्यक्रम जेठ २० गते भएको हो ।
‘साइकल हाम्रो साथी, स्वास्थ्य हाम्रो सम्पत्ति, आउनुहोस् सहभागी बनौँ, विश्व साइकल दिवसलाई सफल बनाऔँ’ भन्ने नारासहित साइकल यात्रा गरिएको हो ।

साइकल यात्राका क्रममा जिल्ला सदरमुकाम बेसीशहरबाट सुरु भकुण्डे गैरी हुँदै नरुवाल पार्कसम्म पुगेको थियो । करिब ७ दशमलव ९ किलोमिटर दूरीको उक्त साइक्लिङमा विभिन्न उमेर समूहका साइकलप्रेमी, खेलाडी, युवा तथा सर्वसाधारण गरी १३ जनाले भाग लिएको लमजुङ साइक्लिङ संघका अध्यक्ष ध्रुवराम प्रधानले बताउनुभयो । उहाँका अनुसार सो यात्राका क्रममा सहभागीहरूको उत्साहजनक उपस्थिति थियो ।
कार्यक्रममा सहभागीहरूले बेसीशहर बजार क्षेत्र हुँदै प्राकृतिक सौन्दर्यले भरिपूर्ण भकुण्डे गैरी र नरुवाल पार्कसम्मको यात्रा गर्दै साइकल चलाउने संस्कृतिको विकासमा जोड दिएका थिए । साथै, आगामी दिनमा पनि यस्ता जनचेतनामूलक तथा स्वास्थ्य प्रवद्र्धनसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता आयोजकले व्यक्त गरेको छ ।
विश्व साइकल दिवस हरेक वर्ष जुन ३ तारिखका दिन मनाइँदै आइएको छ । यस दिवसले दिगो यातायात, स्वस्थ जीवनशैली र वातावरणमैत्री अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । लमजुङमा आयोजित यस कार्यक्रमले पनि साइकलप्रतिको आकर्षण बढाउनुका साथै स्वस्थ र हरित समाज निर्माणको सन्देश प्रवाह गरेको छ ।
साइकल प्रयोगलाई दैनिक जीवनसँग जोड्दै स्वास्थ्य प्रवद्र्धन, वातावरण संरक्षण तथा इन्धनको खपत न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । सवारी साधनको बढ्दो प्रयोगका कारण देखिएको प्रदूषण न्यूनीकरण गर्न र शारीरिक तथा मानसिक स्वास्थ्यलाई सुदृढ बनाउन साइकल महत्वपूर्ण माध्यम भएको अध्यक्ष प्रधानको भनाई छ ।

प्रकाशित मिति २०८३ जेष्ठ २१, बिहीबार ११:१४ गते
हजुरको प्रतिक्रिया