
भूलभूले(लमजुङ)– लमजुङमा आदिवासी जनजाति महिलाको भूमिका विषयक अभिमुखीकरण गरिएको छ । आदिवासी जनजाति आयोग, पुल्चोक ललितपुरको आयोजनामा तथा मस्र्याङ्दी गाउँपालिका, भुलभुले लमजुङको सहकार्यमा मर्स्याङ्दी गाउँपालिकाको सभाहलमा जेठ २२ गते सो कार्यक्रम भएको हो ।
मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले यो कार्यक्रमले आदिवासी जनजाति समुदायको मौलिक पहिचान, संस्कृति तथा परम्परागत ज्ञानको संरक्षण र प्रवद्र्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो ।
‘परम्परागत ज्ञान, सीपको संरक्षण, संवद्र्धन र पुस्तान्तरणमा आदिवासी जनजाति महिलाको भूमिका‘ विषयक अभिमुखीकरण कार्यक्रममा आदिवासी जनजाति आयोगकी सदस्य रीना राणाले एक कार्यपत्र मार्फत विषयवस्तुको प्रस्तुतीकरण गर्नु भएको थियो । उहाँले आदिवासी जनजाति समुदायमा रहेका मौलिक ज्ञान, सीप, संस्कृति तथा परम्पराको संरक्षण र पुस्तान्तरणमा महिलाहरूको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले महिला सीप, ज्ञान, कला र शिक्षाका भण्डारर हुन्, प्रायः घरभित्रको काममा सीमित भए पनि उनीहरूबाट बालबालिकाले सिकिरहेका हुन्छन् महिलालाई बाहिर ल्याउन सशक्तिकरणको जरुरी छ भन्नुभयो । उहाँले महिला सशक्तिकरणका उपायका बारेमा समेत प्रकाश पार्नु भएको थियो । उहाँले क्षयीकरण हुँदै गएको आदिवासी जनजाति महिलाको भाषा, शिक्षा तथा सांस्कृतिक मूल्य क्षयीकरण हुँदै गएको प्रति चिन्ता व्यक्त गर्र्दै तिनलाई बचाउने चुनौति रहेको उल्लेख गर्नु भयो ।
उहाँले यस्ता ज्ञान र सीपलाई आधुनिक पुस्तासम्म हस्तान्तरण गर्न स्थानीय तह, समुदाय तथा सरोकारवाला निकायहरूको समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले महिला सशक्तिकरणका लागि संविधान प्रदत्त अधिकारका बारेमा समेत प्रकाश पार्दै सशक्तिकरणका उपायका बारेमा जानकारी दिनु भएको थियो ।
कार्यक्रममा सहभागीहरूले आदिवासी जनजाति महिलाको भूमिका, चुनौती तथा सम्भावनाका विषयमा आफ्ना विचार राख्दै परम्परागत ज्ञान र सीपको संरक्षणमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा उक्त गाउँपालिकाको नौवटै वडाका अगुवा महिलाहरूको प्रतिनिधित्व एवम् सहभागिता रहेको थियो ।
प्रकाशित मिति २०८३ जेष्ठ २३, शनिबार ०७:४७ गते