विश्व हिन्दू महासंघको जिल्ला अध्यक्षमा खनिया निर्विरोध चयन

विश्व हिन्दू महासंघको जिल्ला अध्यक्षमा खनिया निर्विरोध चयन

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ जेठ ३० गते आईतबार ०४:५०

समितिको अध्यक्षमा रमाराज खनिया, वरिष्ठ उपाध्यक्ष कमल अधिकारी, उपाध्यक्षमा सोमराज बराल, रामु पण्डित, महिला उपाध्यक्षमा विमला हिमाली, सचिव मधुविलास पौडेल, कोषाध्यक्ष पायल शर्मा दनाई चयन हुनु भएको छ ।

सो अधिवेशनको महासंघका केन्द्रीय अध्यक्ष एवम् पूर्वमन्त्री डा. रामचन्द्र अधिकारीले उदघाटन गर्नु हुँदै विश्वकै पहिलो कृति वेदको महिमा एवम् महत्वका बारेमा प्रकाश पार्नु भएको थियो ।

बेसीशहर– विश्व हिन्दू महासंघको लमजुङ जिल्ला शाखाको अध्यक्ष पदमा रमाराज खनिया निर्विरोध चयन हुनु भएको छ । महासंघको हिजो सम्पन्न चौथो जिल्ला अधिवेशनले खनियासहित १५ सदस्यीय समितिमा सबै पद निर्विरोध जेठ ३० गते चयन गरेको हो ।
समितिको अध्यक्षमा रमाराज खनिया, वरिष्ठ उपाध्यक्ष कमल अधिकारी, उपाध्यक्षमा सोमराज बराल, रामु पण्डित, महिला उपाध्यक्षमा विमला हिमाली, सचिव मधुविलास पौडेल, कोषाध्यक्ष पायल शर्मा दनाई, सहसचिव अमृत असीम, घना खड्का,  र सरोज दनाई, सहकोषाध्यक्ष शिवराज देवकोटा चयन हुनुभएको निर्वाचन समितिका संयोजक उक्त महासंघका केन्द्रीय महासचिव रामेश्वर कोइरालाले बताउनु भयो । उहाँका अनुसार समितिको सदस्यहरूमा गोविन्दराज सोती, जीवन दनाई, सीता घिमिरे र मन्दिरा दनाई चयन हुनुभएको छ ।
सो निर्वाचन समितिमा महासंघका केन्द्रीय सदस्य श्यामका घिमिरे र वागमती प्रदेशका सचिव ऋषिकान्त घिमिरे हुनुहुन्थ्यो । नवनिर्वाचितहरूलाई निर्वाचन समितिका संयोजक उक्त महासंघका केन्द्रीय महासचिव रामेश्वर कोइरालाले शपथ खुवाउनु भएको थियो ।
सो अधिवेशनको महासंघका केन्द्रीय अध्यक्ष एवम् पूर्वमन्त्री डा. रामचन्द्र अधिकारीले उदघाटन गर्नु भएको हो । उहाँले विश्वकै पहिलो कृति वेदको महिमा एवम् महत्वका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँको गाई पुजनको महत्व रहेको समेत उल्लेख गर्नु भयो । त्यस्तै, तुलसी, पिपल आदिको महत्वका बारेमा समेत प्रकाश पार्नु हुँदै वातावरणीय सन्तुलनमा समेत तुलसी र पिपलको महत्वपूर्ण भूमिका हुने विज्ञानले समेत पुष्टि गरेको उहाँले उल्लेख गर्नु भयो । उहाँले नेपाल जसरी पनि हिन्दू राष्ट्र घोषणा हुनु पर्नेमा जोड दिनु हुँदै त्यसका लागि हामीहरू आफै पनि तयार हुनु पर्ने आवश्यकता औंल्याउनु भएको थियो ।
सो अवसरमा शुभकामना व्यक्त गर्नुहुनेहरूमा महासंघको केन्द्रका वरिष्ठ उपाध्यक्ष प्रवीण घिमिरे, केन्द्रीय सदस्य श्यामका घिमिरे, वागमती प्रदेशका अध्यक्ष अर्जुनप्रसाद सापकोटा, गण्डकी प्रदेशका अध्यक्ष मुक्तिराम अधिकारी, मातृशक्तिकी संयोजक पार्वता वाग्ले, पौडेल वंश प्रतिष्ठानका अध्यक्ष हरिओम पौडेल लगायत हुनुहुन्थ्यो । सो अवसरमा वक्ताहरूले मठमन्दिरको संरक्षण गर्नु पर्ने, धर्म निरपेक्षता हट्नु पर्ने, इशाई धर्म प्रचारलाई रोक्नु पर्ने उल्लेख गरेका थिए ।
महासंघका जिल्ला अध्यक्ष शालिग्राम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रमाराज खनियाले स्वागत मन्तव्य राख्नु हुँदै वैदिक सनातन संस्कार संस्कृतिको प्रवर्द्धनमा जोड दिनु भएको थियो । उहाँले धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर समस्त ॐकार परिवारको अपमान गरिएको, सच्चाई केन्द्र विस्तारलाई रोक्नु पर्ने, सामाजिक समारोहमा हिन्दूहरूको गौरवपूर्ण उपस्थिति हुनुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव कलमले गर्नु भएको थियो ।
लमजुङमा यसअघि महासंघको जिल्ला अध्यक्षमा घनश्याम सुवेदी(दुई कार्यकाल) र शालिग्राम अधिकारी रहनु भएको छ ।

प्रकाशित मिति २०८३ जेष्ठ ३१, आईतवार १६:५० गते
हजुरको प्रतिक्रिया