
काठमाडौं– सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सुगम संगीतको सर्वोत्कृष्ट गीतकार महिला अवार्ड प्रदान गरिएको छ । यहाँ आयोजित नवौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड)मा उहाँलाई ‘माटोको सुगन्ध’ गीतमा उक्त अवार्ड जेठ ३१ गते प्रदान गरिएको हो ।
पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजना तथा इरा प्रोडक्सन प्रालिको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा संगीत, साहित्य, पत्रकारिता, कला, शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पु¥याएका अधिकारीसहित विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो ।
सोही गीतमा सार्वोत्कृष्ट संगीतरको अवार्ड सिक्किमका जीवन शर्मालाई प्रदान गरिएको थियो । सो अवसरमा बिभिन्न ३० विधासहित जुरी अवार्ड प्रदान गरिएको थियो ।
समारोहमा वरिष्ठ अभिनेत्रीहरू बसुन्धरा भुसाल, भुवन चन्द, चैतदेवी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा वरिष्ठ कलाकार मोहन निरौला, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, पूर्व अध्यक्ष रविन्द्र खड्का, गायक शिव परियार, सीताराम पोखरेल लगायत कलाकार तथा स्रष्टाहरूले उल्लेख्य रुपमा भाग लिएका थिए ।
समारोहमा कार्यक्रमको अध्यक्षता माधवराज खरेल तथा संयोजक कमला जोशीले गर्नुभएको थियो भने निर्देशन सनम कठायतबाट भएको थियो ।
प्रकाशित मिति २०८३ असार २, मंगलवार १७:४० गते