गण्डकी सरकारद्वारा साहसी छ पर्वतारोहीलाई जनही ४५ हजार नगदसहित सम्मान

गण्डकी सरकारद्वारा साहसी छ पर्वतारोहीलाई जनही ४५ हजार नगदसहित सम्मान

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार २५ गते शुक्रबार ०६:२५

मन्त्रालयका अनुसार सम्मानित पर्वतारोहीहरूको साहस, समर्पण र योगदानले नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । मन्त्रालयले यस्ता सम्मानले पर्वतारोहण क्षेत्रलाई थप ऊर्जा प्रदान गर्नुका साथै पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेको छ ।

सम्मानित हुने पर्वतारोहीहरूमा तनहुँ र पर्वतका दुई जना हुनुहुन्छ भने कास्की र गोरखाका एक एक जना हुनुहुन्छ ।

पोखरा– गण्डकी सरकारद्वारा साहसी छ पर्वतारोहीलाई जनही ४५ हजार नगदसहित सम्मान गरिएको छ । उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेशले प्रदेशका उनीहरूलाई असार २६ गते सम्मान गरेहो हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले यहाँ आयोजित एक कार्यक्रमका बीच सम्मानपत्र, दोसल्ला तथा नगदसहित पर्वतारोहीहरूलाई सम्मान गर्नुभएको हो ।
सो समारोहमा मुख्यमन्त्री पाण्डे र उद्योग तथा पर्यटन मन्त्री रिमालले आआफ्नो धारणासहित सम्मानित हुनेहरूलाई बधाई दिनु् भएको थियो । सम्मानित हुने पर्वतारोहीहरूमा तनहुँ र पर्वतका दुई जना हुनुहुन्छ भने कास्की र गोरखाका एक एक जना हुनुहुन्छ ।
उहाँहरू पर्वतको कुश्मा नगरपालिका– ९ निवासी तथा हाल भारतीय सेनामा कार्यरत किरणबहादुर पी.सी. (सगरमाथा), पर्वतकै विहादी गाउँपालिका– ४ निवासी तथा नेपाली सेनाको हुद्दा पदमा कार्यरत देवीप्रसाद न्यौपाने (सगरमाथा), तनहुँको घिरिङ गाउँपालिका– ५ निवासी तथा नेपाली सेनाको प्युठ पदमा कार्यरत नवराज राना (अन्नपूर्ण– १), तनहुँकै ऋषिङ गाउँपालिका– २ निवासी तथा नेपाली सेनाको अमलदार पदमा कार्यरत अमित थापा (कञ्चनजङ्घा) हुनुहुन्छद्ध । यसैगरी, अन्यमा कास्कीको माछापुच्छ्रे गाउँपालिका– ४ निवासी तथा नेपाली सेनामा मेजर पदमा कार्यरत किशोर अधिकारी (सगरमाथा) तथा गोरखाको चुमनुब्री गाउँपालिका– १ निवासी नाङ्सल छ्योटोन लामा (सगरमाथा, मनास्लु र ल्होत्से) हुनु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सम्मानित पर्वतारोहीहरूको साहस, समर्पण र योगदानले नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । मन्त्रालयले यस्ता सम्मानले पर्वतारोहण क्षेत्रलाई थप ऊर्जा प्रदान गर्नुका साथै पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति २०८३ असार २६, शुक्रबार १८:२५ गते
हजुरको प्रतिक्रिया