मर्स्याङदी गाउँपालिका, लमजुङका अध्यक्ष गुरुङद्वारा आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी

मर्स्याङदी गाउँपालिका, लमजुङका अध्यक्ष गुरुङद्वारा आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन २ गते आईतबार ११:२४

चिकित्सकको पछिल्लो रिपोर्ट अनुसार मेरुदण्डको सानो हड्डी थोरै लच्किएको र कुनै अपरेसनको जरुरी नहुने तर मेरुदण्डमा सपोर्ट सहित रेष्ट गर्नु पर्ने सुझाव छ उहाँले जानकारी दिनुभएको छ ।

सामाजिक क्षेत्रमा लागेका कारणले यति धेरै शुभचिन्तकहरूको शुभेच्छा मैले प्राप्त गरेको हो भन्ने अझै राम्रोसँग बुझे । सामाजिक सेवामा निरन्तर लाग्ने थप प्रेरणा मिलेको छ।

काठमाडौं– मर्स्याङदी गाउँपालिका, लमजुङका अध्यक्ष अर्जुन गुरुङले आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी गराउनु भएको छ । साउन २ गते बिहान करिब १० बजे सोही गाउँपालिका– ३ मा सडक दुर्घटनामा पर्नु भएको हो ।
प्रदेश अस्पताल, लमजुङमा प्राथमिक उपचारपछि थप परीक्षणका लागि यहाँ आउनु भएका अध्यक्ष गुरुङले साउन ३ गते विहान आफ्नो सामाजिक सञ्जाल फेसबुक वालमा एक स्टाटस लेख्दै वस्तुस्थितिका बारेमा जानकारी दिनु भएको हो । उहाँले लेख्नु भएको छ, ‘भाग्यबस गम्भीर घाइते भएन । घटनास्थलबाट उद्धार गर्नु हुने सम्पूर्ण स्थानीय बासिन्दाहरू, प्रदेश अस्पताल, बेसीशहर र काठमाडौमा उपचारमा लाग्नुहुने डा. चक्रराज पाण्डे, दक्ष पौडेल सहितको सम्पुर्ण टिम प्रति आभार ब्यक्त गर्दछु । यो दुर्घटना पश्चात् प्रत्यक्ष भेटेर अनि फोन मेसेज मार्फत शिघ्र स्वास्थ्य लाभको कामना गर्नु हुने अनि सान्त्वना दिनुहुने सम्पुर्ण इस्टमित्र, शुभ चिन्तकहरूप्रति आभारी छु ।’
चिकित्सकको पछिल्लो रिपोर्ट अनुसार मेरुदण्डको सानो हड्डी थोरै लच्किएको र कुनै अपरेसनको जरुरी नहुने तर मेरुदण्डमा सपोर्ट सहित रेष्ट गर्नु पर्ने सुझाव छ उहाँले जानकारी दिनुभएको छ ।
घटनाको प्रकृति बारेमा प्रष्ट्याउँदै उहाँले लेख्नु भएको छ, ‘साईक्लिङ ग्रुपलाई मस्र्याङ्दिको प्रवेशद्वारमा स्वागत सहित पानी वितरण गर्न गाडीमा मिनरल वाटर ल्याईएको र गाडी गुडिरहेको अवस्थामा एउटा पानीको कार्टुन अगाडि चालकको सिट नजिक झर्दा त्यसलाई पछि धकेल्न खोज्दा थाहै नभई गाडी तल झर्न पुगेको र एकपटक ठोक्किन पुगेपछि मैले जोडसँग स्टेरिङ समाए र अरु केही पटक गाडी पल्टिदै तल पुग्यो । सायद मैले स्टेरिङ जोडले समातेकोले धेरै चोट लागेन कि ! यो अनुमान मात्रै न हो ।’
शुभचिन्तकहरूको सदभाव, शुभेच्छाले थप प्रेरणा :
गाउँपालिकाका अध्यक्ष गुरुङले उक्त गम्भीर दुर्घटनाबाट लिएको शिक्षा र अनुभूति शेयर गर्न चाहन्छु भन्दै लेख्नु भएको छ, ‘सवारी साधन चलाउदा अत्यन्तै सावधानी अपनाउनु पर्ने सानो लापरबाहीले पनि गम्भीर दुर्घटना हुन सक्ने, उच्च सावधानी अपनाउदा थुप्रै दुर्घटनाबाट बच्न सकिन्छ । मेरो बाकी जिवनमा सवारी दुर्घटना न्यूनीकरणमा सक्दो पहल र सहयोग गर्ने प्रण गरेको छु ता कि भविष्यमा यस्ता सवारी दुर्घटनाहरूबाट धेरै परिवारहरूको खुशी छिन्न नपाओस् ।’
तीन बुँदे अनुभूति एवम् शिक्षाको दोस्रो नंबरमा उहाँले लेख्नु भएको छ, ‘समय व्यवस्थापन महत्वपूर्ण हो यो जरुरी छ तर हतारमा गरिने कार्यहरू बिग्रन सक्ने केही हतारमा गरिने प्रकृतिको कार्यहरूबाट दुर्घटना समेत हुने भएकोले क्तचभकक mबलबनझभलत, त्ष्mभ mबलबनझभलत ७ ध्यचप mबलबनझभलत गरौं तर एकदमै हतारमा काम नगरौं ।’
र तेस्रो नंबरमा छ, यति धेरै शुभचिन्तकहरूको शुभकामना प्राप्त भईरहँदा मलाई त्यही शुभकामनाले मात्रै पनि ठिक हुन्छु कि ! जस्तो पनि लाग्यो । तर उपचारत जरुरी थियो नै र गर्दैछु पनि । तपाईंहरूको शुभेच्छाले मलाई उर्जा दिएकोछ । म छिट्टै ठिक हुनेछु र आफ्नो जिम्मेवारी सहित जनताको सेवामा लाग्नेछु । सामाजिक क्षेत्रमा लागेका कारणले यति धेरै शुभचिन्तकहरूको शुभेच्छा मैले प्राप्त गरेको हो भन्ने अझै राम्रोसँग बुझे । सामाजिक सेवामा निरन्तर लाग्ने थप प्रेरणा मिलेको छ ।’

प्रकाशित मिति २०८३ श्रावण ३, आईतवार ११:२४ गते
हजुरको प्रतिक्रिया