भारतीय सैनिक भर्ना बन्द गरिएको निर्णयप्रति असहमति जनाउँदै त्यसको विरोधमा यहाँ र्याली निकाल्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालमार्फत प्रधानमन्त्रीलाई ११ बुँदे ज्ञापन पत्र बुझाइएको हो ।
भारतीय भूतपूर्व सैनिक विकास समिति, लमजुङका अध्यक्ष चित्रबहादुर गुरुङको नेतृत्वमा जिल्ला प्रशासनमा पुगेको टोलीले ज्ञापनपत्र पढेर प्रजिअ खनाललाई हस्तान्तरण गरिएको हो ।
बेसीशहर– लमजुङमा पछिल्लो पाँचवर्षदेखि भारतीय सैनिक भर्ना बन्द गरिएकोप्रति विरोध र्याली सहित प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने काम गरिएको छ । भारतीय भूतपूर्व सैनिक विकास समिति, लमजुङको आयोजनामा साउन १३ गते सो कार्य भएको हो ।
भारतीय सैनिक भर्ना बन्द गरिएको निर्णयप्रति असहमति जनाउँदै त्यसको विरोधमा यहाँ र्याली निकाल्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालमार्फत प्रधानमन्त्रीलाई ११ बुँदे ज्ञापन पत्र बुझाइएको हो ।
विरोध र्याली मनाङे चौताराबाट सुरु भएको थियो । बेसीशहरको मुख्य बजार क्षेत्र परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगरेर कोणसभा गरी विरोध र्याली गर्नु र ज्ञापनपत्र बुझाउने पर्नाको कारण बारेमा सो कार्यका अगुवा खेमजङ्ग गुरुङ सहितले मन्तव्यमार्फत प्रष्ट्याउने काम गनुृ भएको थियो । त्यसपछि सहभागीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाउने कार्य भएको हो ।
भारतीय भूतपूर्व सैनिक विकास समिति, लमजुङका अध्यक्ष चित्रबहादुर गुरुङको नेतृत्वमा जिल्ला प्रशासनमा पुगेको टोलीले ज्ञापनपत्र पढेर प्रजिअ खनाललाई हस्तान्तरण गरिएको हो । त्यस कार्यक्रमको फोटो फिचर :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..