नाल्मा(लमजुङ)– लमजुङमा करिब २४ वर्षीया एक युवतीले इमान्दारिताको अनुपम उदाहरण देखाउनु भएको छ । बेसीशहर नगरपालिका– ५ को नाल्मा स्थित स्वास्थ्य चौकी नजिकै रहेको ओम शान्ति पसलकी सञ्चालिका रश्मी गुरुङले त्यस्तो उदाहरण साउन १३ गते प्रस्तुत गर्नु भएको हो ।
आज विहान स्थानीय प्राथमिक विद्यालयका छात्रछात्राहरू उहाँकै पसलको बाटो भएर सधैंझैं स्कूल जादै थिए । रश्मीले घट्ना विवरण बारेमा जानकारी दिदै भन्नुभयो, ‘त्यही बेलामा एक बृद्ध व्यक्ति आउनु भएर मेरो पसल बाहिर (पिंढीमा) राखेको मुढामा बस्नु भयो ।’ रश्मीका अनुसार उहाँले सुर्ती खानका लागि पुकार बम माग्नुभयो । त्यो सुर्तीको पैसा दिने बेलामा उहाँले भैंसी खरिद गर्नका लागि भनेर साथमै बोकेर ल्याउनु भएको ७२ हजार रुपैयाँ, जो प्लाष्टिकमा पोकोमा राख्नु भएको रहेछ । त्यही (पिंढी बसेको ठाउँमा) खसाउनु भएछ रश्मीले भन्नुभयो । उहाँका अनुसार सुर्ती खाएपछि १२– १५ मिनेट बसेर ती बाजे (बृद्धि व्यक्ति) आफ्नो कामतर्फ अर्थात भैंसी खोज्ने काममा हिड्नु भयो । म त पसलमै व्यस्त थिएँ रश्मी भन्नुहुन्छ ।
त्यसको केही समयमा स्कूल जाने केटाकेटीहरू २– ३ जनासँगसँगै पसलमा आएका थिए । उनीहरूले त्यो प्लाष्टिकको पोका रश्मीलाई देखाउँदै ‘यो के हो ?’ भनेर सोधेछन् । पोको खोलेर हेर्दा त्यतिका पैसा रहेछ रश्मी पनि छक्क परेँ भन्नुहुन्छ । त्यतिको पैसा ती बुढाबाकै हो भनेर कसरी थाहा पाउनु भयो ? भन्ने जिज्ञासामा रश्मीले भन्नुभयो, ‘उहाँ गएपछि त्यो मुढामा आएर कोही बसैकै छनै, त्यसैले त्यो पैसा, त्यही नजिक मुढामा बस्नु भएका उहाँ बाको नै हुनुपर्छ भन्ने भयो ।’ उहाँका अनुसार कता पुगेर थाहा पाए पछि लिन आउनु हुन्छ, राखी दिन्छु भन्ने लाग्यो, मैले राखिदिएँ । तर दिउँसोको ३ बजी सक्यो बुढाबा आउनु भएन, रश्मीले सुनाउनु भयो ।
त्यसपछि मैले आफ्नो पसलमा आउने मान्छेहरूलाई ‘यस्तो, यस्तो पहिरन र उचाई, जिउडाल भएको मान्छेले म कहाँ आएर यसरी पैसा छाडेर जानु भएको छ, कति आत्तिनु भयो होला ? भनिदिनु पर्यो’ भनेर खबर पठाएँ । एक जना भाइ म खोज्नु जान्छु भनेर हिडे । उनले बुढा बालाई भेटेर त्यो सबै कुरा सुनाए छन्, उहाँ ऐले आउनु भयो र त्यो रकम मैले उहाँलाई दिएँ रश्मीले भन्नुभयो । उहाँले थप भन्नुभयो, ‘मेरो खबर नपाउँदासम्म त ती बजेलाई पैसा हराएको भन्ने थाहै रहेनछ ।’
त्यस्ता बेहोसी जेष्ठ नागरिक बेसीशहर नगरपालिका– ६ को मकैडाँडा निवासी ७४ वर्षीय कुल बहादुर भण्डारी भएको सो वडाका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वडासभापति भोज रिमालले बताउनु भयो । भण्डारीले भन्नुभयो, ‘ती बैनीको इमान्दारिताको त कदर गर्नु पर्छ, समाचार हुन्छ होला भनेर तपाई(अन्तरङ्ग न्यूज डटकम)लाई खबर गरेको हुँ ।’
भण्डारीले थप जानकारी दिदै भन्नुभयो, ‘हाम्रै नगरपालिका वडा न ५ नाल्माको हेल्थ पोष्ट अफिसको आडैमा रहेको ओम शान्ति किनारा र खाजा पसल चलाउने नानी हुन् रश्मी गुरुङ, फोन नं पनि छ ।’
फोटो सौजन्य : तेज भण्डारी ।
प्रकाशित मिति २०८३ श्रावण १३, बुधबार २०:१२ गते