महिला भेषमा ढोंगी ‘पाथीभरा माता’ बताउने समीर थापा प्रहरी फन्दामा

महिला भेषमा ढोंगी ‘पाथीभरा माता’ बताउने समीर थापा प्रहरी फन्दामा

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन १३ गते बिहिबार ११:१७

थापा विरुद्ध घटनामा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

थापा सामाजिक सञ्जालमा ‘पाथीभरा माता’ नामबाट परिचित भएको प्रहरीले जनाएको छ ।

सुर्खेत– महिला भेषमा ढोंगी ‘पाथीभरा माता’ बताउने समीर थापा प्रहरी फन्दामा परेका छन् । झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुव्र्यवहार गरेको आरोपमा ती व्यक्तिलाई सुर्खेत प्रहरीले साउन १३ गते पक्राउ गरेको हो ।
थापाले आफूलाई ‘पाथीभरा माता’ नामले परिचित राउँदै आएका थिए । उनी वीरेन्द्रनगर नगरपालिका– ३ एरी चोक निवासी २४ वर्षीय थापा विरुद्ध घटनामा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बतथाउन भयो । थापा सामाजिक सञ्जालमा ‘पाथीभरा माता’ नामबाट परिचित भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार थापालाई सो दिन बेलुका करिब ८ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ती भिडियो र तस्बिरहरू भाइरल भएपछि घटनाको चौतर्फी आलोचना भएको थियो । भिडियोमा थापाले धर्मको नाममा झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै एक महिलामाथि निर्घात कुटपिट गरेको सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
भिडियोमा थापाले अपशब्द प्रयोग गर्दै महिलामाथि दुव्र्यवहार गरेको र पीडित महिला निकै असहज अवस्थामा देखिएको उल्लेख गरिएको छ ।
यस्तै, अर्को भिडियोमा उनले अर्की महिलालाई भिडियो खिच्न लगाएको तथा आफ्नै खुट्टाको पैतला चाट्न बाध्य पारेको दृश्यसमेत सार्वजनिक भएको छ ।
उक्त भिडियो तथा तस्बिर सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी निरीक्षक दिपक मगराठीको कमाण्डमा ९ सदस्यीय प्रहरी टोली परिचालन गरी थापालाई नियन्त्रणमा लिएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
थापा विरुद्ध घटनामा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।
थापालाई फोटो तथा भिडियोहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेको अवस्थामा स्थानीयले टेलिफोनमार्फत जानकारी गराएका थिए ।
त्यस लगत्तै प्रहरीले थापालाई पक्राउ गरेको हो । उनको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति २०८३ श्रावण १४, बिहीबार ११:१७ गते
हजुरको प्रतिक्रिया