NCM द्वारासफाइ अभियानका साथ वृक्षारोपण

NCM द्वारासफाइ अभियानका साथ वृक्षारोपण

निश्चल रेग्मी

@antaranganews

२०८३ साउन १५ गते शनिवार १२:५६

संस्थाले आफ्नो मूल नारालाई आत्मसात् गर्दै ‘सेवा हाम्रो परिचय, परिवर्तन हाम्रो अभियान !’ भन्ने सन्देशसहित सबै नागरिकलाई आउँदा दिनमा हुने वातावरण संरक्षण र सामाजिक सेवामा सक्रिय सहभागिताका लागि आह्वान गरेको छ ।

नेपाल चेन्ज मेकर्सले यस्ता अभियानद्वारा वातावरण संरक्षण, हरियाली प्रवर्धन तथा सामाजिक उत्तरदायित्वप्रति नागरिकलाई सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।

बेसीशहर(लमजुङ)– जिल्लाको सदरमुकाम बेसीशहरमा नेपाल चेन्ज मेकर्स (NCM) को आयोजनामा सम्पन्न सफाइ अभियान तथा वृक्षारोपण कार्यक्रम उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ । सो कार्यक्रममा करिब ५० जनाले सक्रीयपू्रर्वक साउन १६ गते भाग लिएका थिए ।
अभियानअन्तर्गत सार्वजनिक स्थलहरूको सरसफाइ गर्नुका साथै वातावरण संरक्षणलाई प्राथमिकता दिँदै विभिन्न प्रजातिका २० भन्दा बढी बिरुवा रोपिएको आयोजकको भनाइ छ । स्थानीय समुदाय, युवाहरू तथा विभिन्न संघसंस्थाको सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको संस्थाका सस्थापक आयुष ओलियाले जानकारी दिनु भएको छ ।
नेपाल चेन्ज मेकर्सले यस्ता अभियानद्वारा वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा सामाजिक उत्तरदायित्वप्रति नागरिकलाई सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ । आगामी दिनमा पनि यस्ता सामाजिक तथा वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिँदै स्वच्छ, हराभरा र जिम्मेवार समाज निर्माणका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने संस्थाले जनाएको छ । संस्थाले आफ्नो मूल नारालाई आत्मसात् गर्दै ‘सेवा हाम्रो परिचय, परिवर्तन हाम्रो अभियान !’ भन्ने सन्देशसहित सबै नागरिकलाई आउँदा दिनमा हुने वातावरण संरक्षण र सामाजिक सेवामा सक्रिय सहभागिताका लागि आह्वान गरेको छ ।
यस अभियानलाई सफल बनाउन प्रत्यक्ष रूपमा सहभागी भई अमूल्य सहयोग पुर्याउनु हुने Leo Club of Lamjung Together We Can, नेपाल प्रहरी, तथा सशस्त्र प्रहरी बल नेपाल प्रति नेपाल चेन्ज मेकर्स परिवारका सक्रिय सदस्य शेर बहादुर विश्वकर्माले हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रमलाई सहजीकरण गर्न आर्थिक तथा नैतिक सहयोग प्रदान गर्ने Pandey Dental Care Centre Pvt. Ltd. प्रति पनि विशेष धन्यवाद व्यक्त गरिएको छ । संस्थाले प्रदान गरेको सहयोगले सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई थप सशक्त बनाएको आयोजकको भनाइ छ ।

प्रकाशित मिति २०८३ श्रावण १६, शनिबार १२:५६ गते
हजुरको प्रतिक्रिया