प्रधानमन्त्रीले लेख्नु भएको छ, ‘निर्मल पुर्जालगायत सम्पूर्ण दिवंगत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ ।’
काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पाकिस्तानको ‘ब्रोड पिक’को हिमपहिरोमा परी मृत्यु भएका निर्मल पुर्जा (निम्स दाइ) लगायत दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । उहाँले शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति हार्दिक समवेदना साउन १६ गते व्यक्त गर्नु भएको छ ।
ब्रोड पिकमा पुर्जासहित ६ नेपाली तथा अरू चार विदेशी आरोहीको दुःखद निधनले आफू स्तब्ध भएको उल्लेख गर्दै लेख्नु भएको छ, ‘… हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन् ।’
प्रधानमन्त्री बालेनले आफ्नो सामाजिक सञ्जालमार्फत आरोहीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहने बताउनु भएको छ । उहाँले लेख्नु भएको छ, ‘निर्मल पुर्जालगायत सम्पूर्ण दिवंगत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ ।’
‘विश्वको १२ औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित आठ हजार ५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा सहित आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ ।’
पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए ।
विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ ।
प्रधानमन्त्रीले लेख्नु भएको छ, ‘आरोहण केवल शिखर चुम्ने यात्रा नभई यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो । हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ ।’
ब्रड पिक हिमालमा आएको हिमपहिरोमा परी पुर्जासहित १० जना पर्वतारोही बेपत्ता भएका थिए ।
इलाइट एक्सपेडले सामाजिक सञ्जालमार्फत पुर्जाको निधनको पुष्टि गरेको छ भने बेपत्तामध्ये चार जनाको शव साउन १६ गते नै फेला परेको थियो ।
प्रकाशित मिति २०८३ श्रावण १६, शनिबार १८:०० गते