कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला मूल आयोजक समिति ५ सय ५१ सदस्यीय : डा. शशांक संयोजक

कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला मूल आयोजक समिति ५ सय ५१ सदस्यीय : डा. शशांक संयोजक

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन १५ गते शनिवार ०७:११

उक्त भेलामा पूर्वकेन्द्रीय सदस्यहरू, पूर्वसांसदहरू, प्रदेश कार्यसमितिका सभापति तथा पदाधिकारी, जिल्ला कार्यसमितिका सभापति र पदाधिकारीहरू, महानगर कार्यसमितिका सभापतिहरू, संसदीय निर्वाचन क्षेत्रीय सभापतिहरू, प्रदेश सभा निर्वाचन क्षेत्रीय सभापतिहरू, महासमिति तथा महाधिवेशन प्रतिनिधिहरू लगायत सम्पूर्णलाई सहभागी हुन आह्वान गरिएको छ ।

डा. शशांक कोइरालाको संयोजकत्वमा गठित उक्त समितिले भेला व्यवस्थापनका लागि १६ वटा विभिन्न उपसमितिहरू पनि निर्माण गरेको छ ।

काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ । इतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको राष्ट्रिय भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न उक्त समिति र त्यसनिम्ति आवश्यक अरू विभिन्न उपसमितिको घोषणा साउन १६ गते गरिएको हो ।
इतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी इतर पक्षले भेलाका लागि आयोजक समिति गठन गरिएको जानकारी दिएको हो । संयोजक कोइरालाले पत्रकार सम्मेलनमार्फत भेलाको तयारी र आयोजक समितिबारे जानकारी गराउनु भएको हो । कोइरालाद्वारा विज्ञप्तीमा भनिएको छ, ‘…पार्टीलाई सवल र सक्षम बनाउने उद्देश्यले मेरै संयोजकत्वमा पाँच सय एकाउन्न सदस्यीय आयोजक समिति गठन गरी यही श्रावण २९ देखि ३१ गते सम्म काठमाडौमा राष्ट्रिय भेलाको अयोजना गरिएको छ ।’ कोइरालाले एकताका लागि कांग्रेसको संस्थापनका नेताहरू इच्छुक नदेखिएको र आफूहरू राष्ट्रिय भेला गर्ने अवस्थामा पुगेको पत्रकार सम्मेलनमा बताउनु भएको छ ।
पत्रकार सम्मेलनमा कावा सभापति पूर्णबत्रहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, कृष्णप्रसाद सिटौला लगायत नेताहरू पनि सँगै छन् । बेलाबखत नेता शेखर कोइराला पनि सहभागी हुने गर्नु भएको थियो ।
इतर पक्षले काठमाडौंमा साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला हुने जानकारी यसअघि नै गराएको थियो । मूल आयोजक समितिसहित १६ वटा विभिन्न समिति पनि बनाइएको प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार भेलामा पूर्वकेन्द्रीय सदस्यहरू, पूर्वसांसदहरू, प्रदेश कार्यसमितिका सभापति तथा पदाधिकारी, जिल्ला कार्यसमितिका सभापति र पदाधिकारीहरू, महानगर कार्यसमितिका सभापतिहरू, संसदीय निर्वाचन क्षेत्रीय सभापतिहरू, प्रदेश सभा निर्वाचन क्षेत्रीय सभापतिहरू, महासमिति तथा महाधिवेशन प्रतिनिधिहरू लगायत सम्पूर्णलाई सहभागी हुन आह्वान गरिएको छ ।
सो अनुसार आयोजक समितिको औपचारिक घोषणा गरिएको हो । पार्टीभित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयास, धैर्यता र पहल गर्दा गर्दै पनि पदीय जिम्मवारीमा रहेका नेताहरूले सार्थक भूमिका नखेलेको समेत इतर पक्षको दावी छ ।
विज्ञप्तीमा भनिएको छ, ‘पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनीधि एवं समर्थक र शुभचिन्तकहरूमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न यो राष्ट्रिय भेला आयोजना गर्न हामी बाध्य भएका छौ ।’
राष्ट्रिय भेला सम्पन्न गर्न आवश्यक अन्य समितिहरू पनि गठन गरिएका छन्, जसमा समसामयिक राजनीतिक प्रस्ताव तयारी समिति, सांगठनिक प्रस्ताव तयारी समिति, विधान संशोधन मस्यौदा समिति, नेपाली कांग्रेसको आर्थिक नीति तथा समृद्धिसँग सम्बन्धित आर्थिक नीति तयारी समिति, प्रचारप्रसार समिति गठन गरिएको प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार अन्य समितिमा आर्थिक व्यवस्थापन समिति, आवास तथा भोजन व्यवस्थापन समिति, मञ्च व्यवस्थापन समिति, स्वयंसेवक परिचालन समिति, सांस्कृतिक समिति, सहभागी व्यवस्थापन समिति, स्वास्थ्य समिति, शान्ति सुरक्षा तथा प्रशासन समन्वय समिति र सचिवालय व्यवस्थापन समिति रहेका छन् । उहाँले भन्नुभयो, ‘यसरी मूल आयोजक समितिसहित १६ वटा समिति गठन भएका छन् । यी समितिहरूको प्रमुख तथा सदस्यहरूको टुंगो यथाशीघ्र केन्द्रीय कार्यसमितिको बैठकबाट बस्न लगाई पूर्णता दिइनेछ ।’
विषयगत समितिहरूको नेतृत्व र सदस्यको चयन यो मूल आयोजक समितिको बैठकबाट यथाशीघ्र टुंगो लगाइने विश्वकर्माले जानकारी दिनुभयो ।
देउवाले गत असोज २८ गते सानेपा पुगेर केन्द्रीय समिति बैठक सुरू गर्दै तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। त्यसपछि देउवाको अनुपस्थितिमा खड्काले नै यो समूहको नेतृत्व गर्दै आउनु भएको छ ।
व्यवस्थापकीय जिम्मेवारीका लागि प्रचारप्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन र स्वास्थ्यलगायत समितिहरू निर्माण गरिएको छ । शान्ति सुरक्षा तथा प्रशासन समन्वय र सचिवालय व्यवस्थापन समितिलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ ।
देउवा विदेशमा रहेका बेला देउवा समूहकै नामबाट भेला तथा बैठक भइरहेका छन् । देउवाको साउनभित्रै नेपाल फर्कने तयारी छ । देउवा राष्ट्रिय भेलामा सहभागी हुने÷नहुने भने अहिलेसम्म निश्चित भइसकेको छैन ।
विपी स्मृति दिवसमा संस्थापन र इतर पक्षले बेग्लाबेग्लै कार्यक्रम गरेर नयाँ पार्टी बन्ने छनक दिइएको थियो ।
विशेष महाधिवेशनको कानुनी पक्ष हल भए पनि राजनीतिक रूपमा नेताहरूबीच कुरा मिलेको छैन । त्यसैले पछिल्ला दिनमा समानान्तर गतिविधि बढ्दो छ ।
भेलामा १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी, सदस्यहरूलाई सहभागी हुन आह्वान गरिएको छ । १४औं महाधिवेशनमा चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि थिए ।

प्रकाशित मिति २०८३ श्रावण १६, शनिबार १९:११ गते
हजुरको प्रतिक्रिया