नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनबाट भण्डारी अध्यक्षमा सर्वसम्मत

नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनबाट भण्डारी अध्यक्षमा सर्वसम्मत

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन २६ गते बुधबार ०७:५५

संस्थापक नेतृत्वले प्रवासमा रहेका नेपालीहरूलाई एकताबद्ध बनाउन जनसम्पर्क समितिको भूमिका अतुलनीय रहेको चर्चा गर्दै नयाँ टोलीलाई प्रमुख अतिथि अर्यालले शुभकामना व्यक्त गर्नुभयो । दुई कार्यकाल सफलतापूर्वक सम्पन्न गरी नेतृत्व...

संस्थापक नेतृत्वले प्रवासमा रहेका नेपालीहरूलाई एकताबद्ध बनाउन जनसम्पर्क समितिको भूमिका अतुलनीय रहेको चर्चा गर्दै नयाँ टोलीलाई प्रमुख अतिथि अर्यालले शुभकामना व्यक्त गर्नुभयो ।
दुई कार्यकाल सफलतापूर्वक सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नुभएका निवर्तमान सभापति सुधीर रानाले आफ्ना अनुभव साझा गर्दै नयाँ समितिलाई पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
पेरिस(फ्रान्स)– नेपाली जनसम्पर्क समिति फ्रान्सको यहाँ आयोजित तेस्रो अधिवेशनले शिवराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गर्दै सम्पन्न भएको छ । संस्थाका संस्थापक सभापति निर्मल अर्यालको प्रमुख आतिथ्यतामा भव्य समारोहका सो अधिवेशन ९ अगस्ट अर्थात साउन २४ गते चयन भएको हो ।
बीच निर्वाचन प्रक्रियामार्फत भण्डारीको नेतृत्वमा सशक्त र जुझारु टिम बनाइएको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपसभापतिमा कृष्ण गुरुङ, उपसभापतिद्वयमा विकास के.सी. र सुजन राज भट्ट तथा महामन्त्रीमा सुशील भण्डारी चयन हुनुभएको छ । यसैगरी, कोषाध्यक्षको दायित्व दिपेन्द्र दाहाल, सहमहामन्त्रीमा विवेक धमला चयन हुनुभएको निर्वाचन संयोजक सुवर्णविक्रम हमालले बताउनु भएको छ । उहाँका अनुसार समितिको कार्यकारी सदस्यहरूमा सचिन सेन, सागर गुरुङ र चिरञ्जीवी सापकोटा निर्वाचित हुनु भएकोे छ ।
अधिवेशनमा एनआरएनए फ्रान्सका पूर्वमहासचिव एवं जनसम्पर्क समितिका पूर्वमहामन्त्री कमलबिक्रम केसी, एनआरएनए फ्रान्सका पूर्वउपाध्यक्ष चेनभक्त ढुंगाना, वरिष्ठ पत्रकार दीपक चालिसे तथा संस्थापक कोषाध्यक्ष देविजङ्ग गुरुङलगायतका अग्रणी व्यक्तित्वहरूको बाक्लो सहभागिता रहेको थियो ।
प्रमुख अतिथि एवम् संस्थापक सभापति निर्मल अर्यालको दीप प्रज्वलनबाट सुरु भएको सो अधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाको स्थापनाकालीन इतिहासको बारेमा जानकारी दिदै वर्तमानमा दायित्व झनै बढेको हुँदा समयको माग अनुसार नयाँ समिति काम गर्न सफल हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले संस्थापक नेतृत्वले प्रवासमा रहेका नेपालीहरूलाई एकताबद्ध बनाउन जनसम्पर्क समितिको भूमिका अतुलनीय रहेको चर्चा गर्दै नयाँ टोलीलाई शुभकामना व्यक्त गर्नुभयो ।
यसैगरी, दुई कार्यकाल सफलतापूर्वक सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नुभएका निवर्तमान सभापति सुधीर रानाले आफ्ना अनुभव साझा गर्दै नयाँ समितिलाई पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो । नवनिर्वाचित सभापति शिवराम भण्डारीले संस्थाको गरिमालाई अझ उच्च बनाउँदै फ्रान्सस्थित नेपाली समुदायको हकहित, एकता र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि आफ्नो टिम निष्ठापूर्वक क्रियाशील रहने प्रण गर्नुभयो ।
निवर्तमान सभापति सुधीर रानाको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय निर्वाचन प्रतिनिधि ध्रुवराज पौडेल प्रमुख अतिथि र केन्द्रीय पर्यवेक्षक अंकील ओली विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको उक्त अधिवेशन निर्वाचन संयोजक सुवर्णविक्रम हमालको कुशल संयोजनमा पूर्ण रूपमा निष्पक्ष, पारदर्शी र विधानसम्मत ढङ्गले सम्पन्न भएको थियो ।
उद्घाटन सत्रमा राष्ट्रिय गानका साथै लोकतान्त्रिक आन्दोलनका ज्ञात– अज्ञात शहीद तथा संस्थापक संरक्षक स्व. किरणचन्द्र सिंह प्रधानको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो ।

प्रकाशित मिति २०८३ श्रावण २७, बुधबार ०७:५५ गते

हजुरको प्रतिक्रिया