अल्बिनो अपाङ्गताका जन्मजात समस्या हो, यसको कारण आँखाको ज्याति स्वतः कमजोर हुन्छ 

अल्बिनो अपाङ्गताका जन्मजात समस्या हो, यसको कारण आँखाको ज्याति स्वतः कमजोर हुन्छ 

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ १ गते मङ्गलबार १०:२७

अध्यक्ष बस्नेतले गण्डकी प्रदेशमा १८ सयको हाराहारीमा अल्बिनो समस्या भएका व्यक्ति रहेको आंकलन गरिएको र लमजुङमा तीन सय भएको अनुमान छ भन्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अबको जन गणनामा एकिन तथ्यांक आउने आशा छ ।’

उक्त अवसरममा अर्का प्रशिक्षक नेत्रहीन संघ तनहुँका संस्थापक अध्यक्ष कृष्ण अधिकारीले कानुनी शिक्षा र अल्बिनो समस्या भएका व्यक्तिहरूको स्वास्थ्य जीवनका बारेमा प्रकाश पार्नु भएको थियो ।

बेसीशहर– अल्बिनो अपाङ्गताका बारेमा यहाँ सञ्चालन गरिएको दुई दिने अभिमुखीकरण कार्यक्रमको समापन भएको छ । सो अवसरमा अल्बिनो अर्थात छाला र रौं सेतो हुने स्थिति जन्मजात अपाङ्गत भएको स्थिति हो भन्ने जानकारी साउन ३१ गते दिइएको हो ।
उक्त कार्यक्रम अल्बिजम् समाजको सहयोग तथा अल्बिनो समाज गोरखाको आयोजनामा गरिएको हो । समापनका अवसरमा प्रशिक्षक परशुराम भट्टले दुई दिने अभिमुखिकरण कार्यक्रममा जानकारी गराइएका विषय वस्तुका बारेमा प्रकाश पार्नु भएको थियो । उक्त अवसरममा अर्का प्रशिक्षक नेत्रहीन संघ तनहुँका संस्थापक अध्यक्ष कृष्ण अधिकारीले कानुनी शिक्षा र अल्बिनो समस्या भएका व्यक्तिहरूको स्वास्थ्य जीवनका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँ आफैले अल्बिनोको अवस्था, नेपालको स्थिति, समस्या न्यूनिकरणका लागि गर्न सकिने कामका बारेमा प्रकाश पार्नु भएको जानकारी दिनुभयो । 
उहाँले यो विकसित देशमा बढी रहेको उल्लेख गर्दै जापानमा ४८ हजारमा एक जनामा, नेपालमा १८– २० हजारका बीचमा एक जना पाइएको स्थिति छ भन्दै उहाँले आउँदो ०८८ सालमा हुने जनगणनामा यो स्थितिको प्रष्ट तथ्यांक आउने अपेक्षा गरिएको उहाँले बताउनु भयो । उहाँले अफ्रिकामा बढी संख्या रहेको जानकारी दिनु भयो । प्रशिक्षक भट्टले आजका दिनसम्म पहिचानसम्म नदिएर पछि पारिएको यो वर्गका लागि सञ्चारमाध्यम लगायतका सरोकारवालाले सरकारको ध्यानाकर्षण गर्न सघाउनु पर्ने उहाँको धारणा थियो ।
यो समस्या भएका व्यक्तहरूका लागि सहायता सामग्रीमा सनक्रिम सबैभन्दा महत्वपूर्ण र आवश्यक छ भने अन्यमा छाता, चारैतफै छत्रीभएको क्याप(लाहुरे टोपी), चश्मा आदि रहेको भट्टको भनाइ थियो ।
समापन कार्यक्रम तथा आयोजक संस्थाका अध्यक्ष पवन कुमार बस्नेतले यो कार्यक्रम र सहभागीको सक्रियताले आफूलाई उर्जा प्राप्त भएको उल्लेख गर्नु भयो । उहाँले आफूहरूले गोरखामा गरेका कामको उदाहरण दिनु भयो । आफूहरूले तीन वटा भवन बनाउन सकेको जानकारी दिदै चाहना, निरन्तर लाग्ने र सक्रियता रह्यो भने सम्भव हुन्छ भन्ने पुष्टि भएको छ उहाँले भन्नुभयो । उहाँले मानव शरीरमा मेलानिन नामक पदार्थको कमी हुँदा अवस्था यस्तो हुन्छ र यो जन्मजात स्थिति हो र यस्तो समस्या भएकोहरूमा जन्मदै दृष्टि कमजोर हुन्छ भन्नुभयो ।
अध्यक्ष बस्नेतले गण्डकी प्रदेशमा १८ सयको हाराहारीमा अल्बिनो समस्या भएका व्यक्ति रहेको आंकलन गरिएको र लमजुङमा तीन सय भएको अनुमान छ भन्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अबको जन गणनामा एकिन तथ्यांक आउने आशा छ ।’
नेत्र हीन संघ लमजुङका जिल्ला सचिव विष्णु पोखरेलले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा आयोजक संस्थाका सचिव प्रमीला बस्नेतले धन्यवाद ज्ञापन गर्नु भएको थियो । उहाँले अब यो अवस्थाको छुट्टै परिभाषित गरेर ११ औं नंबरमा थप गरिनु पर्छ भन्ने माग राखेको बताउनु भयो ।
समापन कार्यक्रममा दुई दिने सिकाईको बारेमा जानकारी दिदै सहभागी सन्तोषी गुरुङले मेरो हजुरबालाई थियो र ऐले मलाई भयो भन्ने घर गाउँमा सुन्ने गरेको बताउनु भयो । उहाँले खास गरी घाम चर्केको बेलामा बाहिर निस्कन किनै कठिन हुने हुँदा सहायता सामग्रीको खाँचो रहेको हुँदा त्यसको प्रवन्ध हुनु पर्ने माग गर्नु भयो । अर्का सहभागी नरमान गुभाजुले यो मेरो सानिमालाई थियो उहाँको छिटै निधन भयो । त्यसपछि मलाई भयो र बैनीलाई पनि थियो । बैनी पनि ११ वर्षको उमेरमा बितिन् भन्ने जानकारी दिनु भयो । उहाँले ऐले मेतिविन्दुको समेत समस्या थपिएको छ भन्नुभयो । विगतका दिनमा यस्तो अवस्थाको मान्छे म मात्र हुँ कि जस्तो लाग्ने गर्दथ्यो, यो कार्यक्रममा आए पछि भने म एक्mलै रहेनछु भनेर केही हौसला थपिएको छ भन्नुभयो ।
उक्त दुई दिने अभिमुखीकरण कार्यक्रमको बेसीशहर नगरपालिकाका उपमेयर पदमा गुरुङले उदघाटन गर्नु भएको थियो । उहाँले अल्बिनो पीडितहरूको छुट्टै पहिचान भएको भए त्यसको बारेमा सरकार संघ वा प्रदेशस्तरबाट आजका दिनसम्म पनि जानकारी दिइएको छैन भन्दै आफूहरूलाई त्यसबारे जानकारी आएको छैन भन्नुभयो । उहाँले त्यस्तो जानकारी आएमा अल्बिनो पीडितहरू पनि अपाङ्गको परिभाषा भित्र पर्ने भएमा आफूहरूले पालिकाबाट हुन सक्ने सहयोगका लागि बिना भेदभाव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तो आधिकारिक जानकारी दिनका लागि आयोजक तथा सरोकारवालाहरूसँग उहाँले आग्रह समेत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा बेसीशहर नगरपालिका– ८ का वडाध्यक्ष पवित्रा थापा राना, पत्रकार महासंघ लमजुङका संस्थापक जिल्ला अध्यक्ष नवराज पहाडीलगायतले आ–आफ्नो धारणासहित शुभकामना व्यक्त गर्नु भएको थियो ।
प्रकाशित मिति २०८३ भाद्र २, मंगलवार २२:२७ गते
हजुरको प्रतिक्रिया