रसुवाको बाढी अपडेट : एक हजार ३४४ जनाको शव फेला, झण्डै पाँच हजारजना सम्पर्कविहीन

रसुवाको बाढी अपडेट : एक हजार ३४४ जनाको शव फेला, झण्डै पाँच हजारजना सम्पर्कविहीन

एजेन्सी

@antaranganews

२०८३ भदौ १९ गते शनिवार ०९:४५

प्रहरीले बाढी प्रभावितको खोज, उद्धार र राहतका लागि सात हजार ९१२ जना परिचालन गरिएको पनि जनाएको छ । उद्धारकै क्रममा ६५ जना प्रहरी कर्मचारीहरू बाढीबाट प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेका छन् ।

उद्धार गरिएका आठ हजार ६३१ जनामध्ये सात हजार ३८७ नेपाली र एक हजार २४४ विदेशी नागरिक रहेका छन् ।

काठमाडौं– तिब्बती क्षेत्रबाट रसुवातर्फ बहने भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेका अहिलेसम्म एक हजार ३४४ जनाको मृत्यु भएको छ । बिहान ५ बजेसम्मको विवरण अनुसार एक हजार ३४४ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले भदौ २० गते जनाएको हो ।
प्रहरीका अनुसार आठ हजार ६३१ जनाको अहिलेसम्म उद्धार भएको छ ।
मृत्यु हुनेमा ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरूष रहेको प्रहरी प्रधान कार्यालयले बताएको छ । सो कार्यालयका अनुसार ५०१ जनाको आंशिक अंश(शव) मात्रै भेटिएका छन् । जसको पहिचान हुन बाँकी रहेको प्रहरी भनाइ छ । ती शवहरू रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा, चितवन, नवलपुर र नवलपरासी जिल्लामा फेला परेका हुन् ।
बिहानको सो समयसम्म चार हजार ८९८ जना सम्पर्कविहीन रहेको प्रहरी भनाइ छ । बाढीमा परी २५ जना प्रहरी सम्पर्कविहीन रहेका र ६५ जना प्रहरी कर्मचारी प्रभावित भएका बताइएको छ ।
प्रहरीले बाढी प्रभावितको खोज, उद्धार र राहतका लागि सात हजार ९१२ जना परिचालन गरिएको पनि जनाएको छ । उद्धारकै क्रममा ६५ जना प्रहरी कर्मचारीहरू बाढीबाट प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेका छन् ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म आठ हजार ६३१ जनाको जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमा सात हजार ३८७ नेपाली र एक हजार २४४ विदेशी नागरिक रहेका छन् । विस्थापित भएका ती हजार ६५५ जनालाई हाल विभिन्न होल्डिङ सेन्टरहरूमा राखिएको छ ।
फेला परेका शवहरूमध्ये एक हजार ३० वटाको जमिनमा गाडेर व्यवस्थापन गरिएको छ । मृतकको पहिचानका लागि डिएनए (DNA) संकलन कार्य पनि तीव्र पारिएको छ । हालसम्म एक हजार २६० मृतक र ९७२ मृतकका आफन्त गरी कुल दुई हजार २३२ जनाको डिएनए नमुना संकलन गरिएको छ । पहिचान हुन नसकेका एक हजार २७० जनाको विवरण वेबसाइटमा अपलोड गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८३ भाद्र २०, शनिबार ०९:४५ गते
हजुरको प्रतिक्रिया