नेपाली सेनासँग कोरियाली सेनाको ऐक्यवद्धता : दियो शव राख्ने झोला

नेपाली सेनासँग कोरियाली सेनाको ऐक्यवद्धता : दियो शव राख्ने झोला

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ २० गते आईतबार ०२:३९

बाढीपछि खोज तथा उद्धारका लागि ११ सदस्यीय दक्षिण कोरियाली विपद् राहत टोली (केडीआरटी) भदौ १७ गते बिहान काठमाडौं आएको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले बताउनु भयो । बाढीमा ९ जना कोरियाली नागरिक समेत सम्पर्कविहीन छन् ।

स्थलगत आवश्यकताका आधारमा नेपाली सेनालाई २६२ थान शव राख्ने झोला हस्तान्तरण गरेको हो ।

काठमाडौँ– नेपाली सेनासँग दक्षिण कोरियाली सेनाले ऐक्यवद्धता व्यक्त गरेको छ । विदेश आपतकालीन उद्धार टोली (केडीआरटी) ले नेपाली सेनालाई शव राख्ने झोला हस्तान्तरण गरेर भदौ २१ गते त्यस्तो हार्दिकता देखाएको हो ।
स्थलगत आवश्यकताका आधारमा नेपाली सेनालाई २६२ थान शव राख्ने झोला हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएका सामग्री नेपाली सेनाले विपद् प्रतिकार्य तथा क्षति व्यवस्थापनमा प्रयोग गर्ने छ ।
केडीआरटीले हाल नेपाली सेना लगायत स्थानीय सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै रसुवा क्षेत्रमा बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।
कोइका नेपालले पनि केडीआरटीको स्थलगत कार्य सहज रूपमा सञ्चालन गर्न सहयोग गर्नुका साथै नेपाल सरकार तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै बाढीबाट भएको क्षतिसँग जुध्न सहयोगलाई निरन्तरता दिने जनाएको छ ।
खोज तथा उद्धारका लागि ११ सदस्यीय कोरियाली टोली नेपालमा :
यसअघि रसुवाको भोटेकोशीमा १० भदौमा आएको बाढीपछि खोज तथा उद्धारका लागि ११ सदस्यीय दक्षिण कोरियाली विपद् राहत टोली (केडीआरटी) भदौ १७ गते बिहान काठमाडौं आएको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले बताउनु भयो । उहाँका अनुसार टोलीले खोज तथा उद्धारका उपकरण र कुकुरहरू पनि साथमा ल्याएको छ ।
प्रवक्ता बस्नेतले भन्नुभयो, ‘कोरियन उद्धार टोलीसँगै नेपाली सेना पनि प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिएको छ । उनीहरू कोरियन विमानमार्फत नेपाल आएका हुन् । उनीहरूले खोज तथा उद्धारका लागि प्रयोग हुने उपकरण तथा कुकुरहरू समेत साथमा ल्याएका छन् । उनीहरू त्यसै दिनदेखि बाढी प्रभावित क्षेत्र खटिएका छन् ।
त्यसअघि पनि ४ जनाको सानो कोरियन टोली नेपाल आइसकेको हो । उनीहरू बाढी प्रभावित क्षेत्रमा खटिसकेका छन् ।
भदौ १० गते तिब्बती क्षेत्रबाट रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा ९ जना कोरियाली नागरिक समेत सम्पर्कविहीन छन् ।

प्रकाशित मिति २०८३ भाद्र २१, आईतवार १४:३९ गते
हजुरको प्रतिक्रिया