मिया परिवार लमजुङ बाढी पीडितको साथमा, ५८ हजार बढी सहयोग

मिया परिवार लमजुङ बाढी पीडितको साथमा, ५८ हजार बढी सहयोग

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ २५ गते शुक्रबार ०६:२७

आफ्ना मिया परिवारकातर्फबाट प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरिएको बैंक भौचर समेत प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाललाई जानकारी गराइएको लमजुड मिया परिवारका सल्लाहकार सवनम मियाले बताउनु भएको छ ।

कुल ५८ हजार ७८६ रुपैया संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ ।

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम स्थित चाँद जामे मस्जिद (लमजुड मिया परिवार) बेसीशहरमा आवद्ध मुस्लिम समुदायले रसुवा भोटेकोशी बाढी पीडितहरूको सहयोगको लागि आर्थिक सहयोग गरेको छ । त्यो कार्यका बारेमा जिल्ला प्रशासन कार्यालयमा पुगेर सहयोग गरेको रकमका बारेमा भदौ २५ गते जानाकारी दिएका छन् ।
चाँद जामे मस्जिद (लमजुड मिया परिवार) बेसीशहरका सल्लाहकार सवनम मियाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो । सो टोलीले आफ्ना मिया परिवारकातर्फबाट कुल ५८ हजार ७८६ रुपैया संकलन गरी प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरिएको बैंक भौचर समेत प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाललाई जानकारी गराइएको लमजुड मिया परिवारका सल्लाहकार सवनम मियाले बताउनु भएको छ । उहाँका अनुसार उक्त सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो ।

प्रकाशित मिति २०८३ भाद्र २६, शुक्रबार ०६:२७ गते
हजुरको प्रतिक्रिया