‘बुकीफूल’को शुभमुहूर्त सिक्लेसमा असोज १ गते गर्ने तयारी

‘बुकीफूल’को शुभमुहूर्त सिक्लेसमा असोज १ गते गर्ने तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ २६ गते शनिवार ०४:४७

अभियान फिल्मस प्रालिको ब्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘बुकीफूल’मा गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा, इतिहास तथा जीवनशैलीलाई कथावस्तुसँग जोडेर निर्माण गरिने चलचित्रका निर्माता वेदबहादुर गुरुङ (श्याम)ले जानकारी दिनुभयो ।

वडाअध्यक्ष देवीजंग गुरुङले फिल्मको निर्माता निर्देशकसहितको टीमसंग फिल्मको शुभमुहूर्त र यसको छायांकनलाई व्यवस्थापन गर्ने सम्बन्धमा छलफल भएको जानकारी दिनु भयो ।

बेसीशहर– नेपाली कथानक चलचित्र ‘बुकीफूल’को शुभमुहूर्त असोज १ गते कास्कीको मादी गाउँपालिका– १, सिक्लेसमा गर्ने तयारी चलिरहेको छ । सो सम्बन्धमा निर्माण पक्षले चलचित्रको छायांकन तथा निर्माण तयारीबारे सिक्लेसमा स्थानीय सरोकारवालासँग भदौ २७ गते छलफल गरेको छ ।
अभियान फिल्मस प्रालिको ब्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘बुकीफूल’मा गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा, इतिहास तथा जीवनशैलीलाई कथावस्तुसँग जोडेर निर्माण गरिने चलचित्रका निर्माता वेदबहादुर गुरुङ (श्याम)ले जानकारी दिनुभयो ।
टोलीले मादी गाउँपालिका– १ का वडाध्यक्ष देवीजंग गुरुङ, सिक्लेस आमा समूहका अध्यक्ष सन्तोषी गुरुङ, टोल संयोजक, पर्यटन व्यवसायी तथा स्थानीय प्रतिनिधिसँग चलचित्रको कथा, छायांकनस्थल, स्थानीय सहभागिता र निर्माणका विभिन्न पक्षबारे छलफल गरेको हो । छलफल कार्यक्रममा निर्देशक ओमप्रकाश गुरुङ र प्रोडक्सन म्यानेजर डिबी गुरुङसहितको टोली समेत सहभागी थियो ।
वडाअध्यक्ष गुरुङले फिल्मको निर्माता निर्देशकसहितको टीमसंग फिल्मको शुभमुहूर्त र यसको छायांकनलाई व्यवस्थापन गर्ने सम्बन्धमा छलफल भएको जानकारी दिनु भयो ।
गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र ऐतिहासिक पहिचानलाई चलचित्रमार्फत उजागर गर्दै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले ‘बुकीफूल’ निर्माण गर्न लागिएको निर्माण पक्षको भनाइ छ । चलचित्रले सिक्लेस र आसपासका क्षेत्रको प्राकृतिक सौन्दर्य, संस्कृति तथा जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन भूमिका खेल्ने अपेक्षा गरिएको निर्देशक ओमप्रकाश गुरुङले जानकारी दिनुभयो ।
आश गुरुङको सहयोगमा ।

प्रकाशित मिति २०८३ भाद्र २७, शनिबार १६:४७ गते
हजुरको प्रतिक्रिया