लमजुङमा नेपाली काँग्रेसको नगर अधिवेशन : मध्यनेपालमा झण्डै ९५ प्रतिशत मतदान

लमजुङमा नेपाली काँग्रेसको नगर अधिवेशन : मध्यनेपालमा झण्डै ९५ प्रतिशत मतदान

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज ७ गते बिहिबार ०६:०५

सो नगरको सभापति पदमा ओमबीर गुरुङ र कमप्रसाद गुरुङ प्रत्यासी हुनुहुन्छ । ओमबीर गुरुङ सो नगरपालिका– ५ को वडाध्यक्ष हुनुहुन्छ भने गमप्रसाद गुरुङ गिलुङ जन्म थलो भई हाल सोही नगरपालिका– ७ मा स्थायी बसोबास गर्नु भई सोही स्थानमा रहेको कुसुमाकर माविमा लोखापाल पदमा कार्यरत हुनुहुन्छ ।

मध्यनेपालको नगर सभापतिका लागि २५४ जना मतदाता रहेकोमा १४१ अर्थात ९४.८५ प्रतिशत मतदान भएको हो ।

भोर्लेटार(लमजुङ)– नेपाली काँग्रेसको १५ औं महाधिवेशनको सन्दर्भमा लमजुङको मध्यनेपाल नगरपालिकाको नगर अधिवेशनमा मतदान कार्य सम्पन्न भएको छ । असोज ८ गते सो मतदानमा १४१ अर्थात झण्डै ९५ प्रतिशत मतदान भएको हो ।
मध्यनेपाल नगरपालिकाका लागि मतदान गर्ने समय ५ः३० बजेसम्म निर्धारण गरिएको थियो । मध्यनेपालको नगर सभापतिका लागि २५४ जना मतदाता रहेकोमा १४१ अर्थात ९४.८५ प्रतिशत मतदान भएको हो ।
मतगणना आजै छिटै सुरु गरिने बताइको छ ।
सो नगरको सभापति पदमा ओमबीर गुरुङ र कमप्रसाद गुरुङ प्रत्यासी हुनुहुन्छ । ओमबीर गुरुङ सो नगरपालिका– ५ को वडाध्यक्ष हुनुहुन्छ भने कमप्रसाद गुरुङ गिलुङ जन्म थलो भई हाल सोही नगरपालिका– ७ मा स्थायी बसोबास गर्नु भई सोही स्थानमा रहेको कुसुमाकर माविमा लोखापाल पदमा कार्यरत हुनुहुन्छ ।
यसैबीच, मत गणनाको पछिल्लो परिणाम अनुसार १४२ मत गणना हुँदा कमप्रसाद गुरुङले ७७, ओमवीर गुरुङले ६५ मत प्राप्त गर्नु भएको जानकारीमा आएको छ । बदर मत नभएको समेत जानकारीमा आएको छ ।
तस्विर : सुरज गुरुङ ।

प्रकाशित मिति २०८३ आश्विन ८, बिहीबार १८:०५ गते
हजुरको प्रतिक्रिया