हङकङमा बाढी पीडितको सम्झनामा दीप प्रज्वलन र श्रद्धाञ्जली सभा

हङकङमा बाढी पीडितको सम्झनामा दीप प्रज्वलन र श्रद्धाञ्जली सभा

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज १२ गते मङ्गलबार ०७:५१

रास्वपा प्रवास विभाग हङकङका सभापति झमबहादुर गुरुङ एवम् मकाउका उदित खत्रीले संयुक्त रूपमा कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो ।

कार्यक्रममा नेपालका प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको सीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।

हङकङ– नेपालमा भदौ १० गते तिब्बती क्षेत्रबाट सरुवातर्फ भोटेकोशीमा आएको विनाशकारी बाढी एवम् पहिरोमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा दीप प्रज्वलन साथै श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभाग हङकङ एवं मकाउको संयुक्त आयोजनामा उक्त कार्यक्रम असोज ११ गते गरिएको हो ।
जोर्डनस्थित चुम्लुङ हिममा उक्त कार्यक्रम आयोजना गरिएको रास्वपा प्रवास विभाग हङकङका सभापति झमबहादुर गुरुङले बताउनु भयो । सो कार्यक्रममा नेपालका प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको सीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।
रास्वपा प्रवास विभाग हङकङका सभापति झमबहादुर गुरुङ एवम् मकाउका उदित खत्रीले संयुक्त रूपमा कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो ।
कार्यक्रममा उपस्थित सहभागीहरूले मैनबत्ती प्रज्वलन गरी दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरेका थिए । रास्वपाका सहसचिव सन्तोष राईले उक्त कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
भोटेकोशी बाढीको अपडेट :
भोटेकोशीमा आएको उक्त बाढीको एक महिना वितेको छ । अझै पनि पाँच हजार ५५० वेपत्ता भएका छन् । एक हजार ४५४ जनाको शव फेला परेको छ । शव फेला परेका मध्ये सबैभन्दा बढी चितवनमा ३६९ जना छन् । त्यसपछि रसुवामा २३६ जना, नवलपरासी पूर्वमा २३२ जना तथा नवलपरासी पश्चिममा २२२ जना रहेको छ ।
त्यस्तै, नुवाकोटमा २०४ जना, गोरखामा ७९ जना, धादिङमा ७२ जना, तनहुँमा ३८ जनाको शव फेला परेको हो भने काठमाडौँमा २ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अनुसार फेला परेका शवहरूमध्ये हालसम्म एक हजार ३३४ वटा शवको डिएनए (म्ल्ब्) नमुना संकलन लगायतका आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ ।
पुनः स्थापना तथा भौतिक क्षतिको अवस्था :
बाढीबाट उद्धार गरिएका १३ हजार ७९५ जनामध्ये ठूलो संख्याका विस्थापितहरू अझै पनि नुवाकोट, रसुवा र धादिङका विभिन्न अस्थायी शिविर तथा टेन्टहरूमा आश्रय लिइरहेको अवस्था छ ।

प्रकाशित मिति २०८३ आश्विन १३, मंगलवार ०७:५१ गते
हजुरको प्रतिक्रिया