काठमाडौं– त्रिमूर्ति निकेतनमा नयाँ कोषाध्यक्ष चयन गरिएको छ । निकेतनको साधारणसभाले नयाँ कोषाध्यक्ष असोज ११ गते चयन गरेको हो ।
त्रिमूर्ति निकेतनमा भगवती बस्नेतलाई कोषाध्यक्ष पदमा चयन गरिएको हो । यसअघि उहाँ निकेतनको कार्यकारी सदस्य हुनु भएको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो ।
उहाँका अनुसार त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सम्पन्न साधारणसभाले बस्नेतलाई कोषाध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।
प्रकाशित मिति २०८३ आश्विन १३, मंगलवार १७:३६ गते