बेसीशहर– लमजुङमा नेपाली काँग्रेसको हिजो भएको मतदानको नतिजा आउने क्रम सुरु हुन थालेको छ । असोज १४ गते विहान ढिला गरी सुरु भएको मतगणनामा दुई सय मत गणना भएकोमा सभापतिका प्रत्यासी तीनजनाका बीचमा ७/७ मतको अन्तर देखिएको छ ।
सो दौडमा सबैभन्दा अघि अमृत न्यौपाने हुनुहुन्छ । उहाँले ३७ मत पाउनु भएको छ । दोस्रोमा ई. दिपेन्द्र रावल हुनुहुन्छ । उहाँले ३० मत पाउनु भएको छ । त्यस्तै तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार राजेश थापा हुनुहुन्छ । उहाँले २३ मत पाउनु भएको स्थिति छ ।
यसैगरी, सोही क्षेत्रको सचिव पदमा भएको निर्वाचनमा रामजी कंडेल ३९ मतले अघि हुनुहुन्छ । उहाँले ५७ मत पाएको देखिन्छ । त्यस्तै, सो पदका प्रत्यासी शोभाकर बरालले १८ मत र शंकर न्यौपानेले ७ मत प्राप्त गर्नु भएको छ ।
प्रकाशित मिति २०८३ आश्विन १४, बुधबार ११:०२ गते