उक्त तालिममा मुख्य प्रशिक्षक शोभा ठकुरी र प्रशिक्षक सुलोचना ठकुरीले भान्छा सुधार, करेसाबारी तथा जैविक मल निर्माण सम्बन्धी सहजीकरण गर्नुभएको थियो भने डा. विजय शाहले स्वास्थ्य तथा पोषण सम्बन्धी कक्षा सञ्चालन गर्नुभएको थियो ।
उक्त तालिममा सुन्दरबजार वडा नं. ६ स्थित ‘रमाइलो समूह’का २८ जना सदस्यहरूले भागता लिएका थिए । तीमध्ये २५ जना महिला र ३ जना पुरुष रहेका थिए ।
सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजारमा भान्छा सुधार तथा करेसाबारी व्यवस्थापन सम्बन्धी दुई दिने तालिको समापन गरिएको छ । ज्म्ऋक्–नमूना सामुदायिक अस्पतालको ‘स्टेप अप एन्ड स्केल अप’ (क्तभउ ग्उ बलम क्अबभि ग्उ) परियोजना अन्तर्गत सुन्दरबजारमा भान्छा सुधार तथा करेसाबारी व्यवस्थापन सम्बन्धी तालिम असोज १४ गते सम्पन्न भएको हो ।
आयोजक अस्पताल प्रमुख हेमन्त श्रेष्ठले तालिमको उद्देश्य, महत्त्व र तालिम सम्पन्न भएपछि यसले स्थानीय स्तरमा दिने सकारात्मक उपलब्धिका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो ।
सो तालिम असोज १३ र १४ गते अस्पताल परिसरमा आयोजना गरिएको हो । उक्त तालिममा सुन्दरबजार वडा नं. ६ स्थित ‘रमाइलो समूह’का २८ जना सदस्यहरूले भागता लिएका थिए । तीमध्ये २५ जना महिला र ३ जना पुरुष रहेका थिए ।
उक्त तालिममा मुख्य प्रशिक्षक शोभा ठकुरी र प्रशिक्षक सुलोचना ठकुरीले भान्छा सुधार, करेसाबारी तथा जैविक मल निर्माण सम्बन्धी सहजीकरण गर्नुभएको थियो भने डा. विजय शाहले स्वास्थ्य तथा पोषण सम्बन्धी कक्षा सञ्चालन गर्नुभएको थियो । तालिम अवधिभर सहभागीहरूलाई घरायसी वातावरणीय सरसफाइ कायम राख्न भान्छा सुधार, कौसी तथा करेसाबारीको उचित हेरचाह, झोलमल र कम्पोष्ट मल बनाउने विधि, नर्सरी व्यवस्थापनका साथै दैनिक जीवनमा स्वास्थ्य र पोषणको महत्त्वबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइएको मुख्य प्रशिक्षक शोभा ठकुरीले जानकारी दिनु भयो ।
समापन अवसरमा रमाइलो समूहकी अध्यक्ष चन्द्रावती शाहीले आगामी दिनहरूमा पनि रमाइलो समूहलाई यसरी नै क्षमता अभिवृद्धिका अवसरहरू निरन्तर प्रदान गर्न अस्पताल प्रशासन समक्ष अनुरोध गर्नुभयो । उहाँले एचडीसीएस– नमूना सामुदायिक अस्पताल परिवारलाई तालिम आयोजना गरेकोमा धन्यवाद दिनुभयो ।
आयोजक अस्पतालका अनुसार स्थानीयस्तरमा घरायसी स्वच्छता प्रवद्र्धन गर्दै अर्गानिक तरकारी उत्पादन मार्फत समुदायको पोषण र स्वास्थ्य स्थितिमा सुधार ल्याउने उद्देश्यले यो तालिम गरिएको हो ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..