भू.पू. मा.वि.द्वारा विद्यालयमा अभिभावकसँग शैक्षिक परामर्श

भू.पू. मा.वि.द्वारा विद्यालयमा अभिभावकसँग शैक्षिक परामर्श

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज १३ गते बुधबार ०९:५१

खासगरी आमाहरूले छात्रछात्राका पढाई, लेखाई तथा अचरणका बारेमा विशेष निगरानी राख्दै सहजीकरण गर्नु पर्नेमा प्रिन्सिपल गुरुङले बताउनु भएको थियो ।

विद्यालयका प्रधानाध्यापक विनोद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा ४ र ५ मा अध्ययन गर्ने छात्रछत्राका करिब ७० जना अभिभावकले भाग लिएका थिए ।

बेसीशहर– ‘आमालाई बालबालिकाका लागि पहिलो शिक्षक’ मानिन्छ । यसै वस्तुगत तथ्यलाई ध्यानमा राख्दै बेसीशहर नगरपालिका– ७ सातबीसे स्थित भूपू सैनिक आवासीय माध्यमिक विद्यालयले अभिभावकका साथमा संयुक्त बैठकका साथ असोज १३ गते परामर्शको आयोजना गरेको हो ।
आफ्नै विद्यालय हातामा गरिएको यस वर्षको सो कार्यक्रम दोस्रो हो । बालबालिका (छात्रछात्रा)को शिक्षामा अभिभावकको भूमिका तथा घरको वातावरणका विषयमा छलफल तथा अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल विनोद गुरुङले छात्रछात्राको शैक्षिक उपलब्धिमा विद्यालयको शिक्षणसँगै घरको वातावरण र अभिभावकको व्यवहारले समेत महत्वपूर्ण प्रभाव पार्ने उदाहरण सहित प्रष्ट्याउनु भएको थियो । प्रिन्सिपल गुरुङले नजिकिँदै गरेको द्वितीय त्रैमासिक परीक्षाको तयारीमा अभिभावकको भूमिका, जिम्मेवारी र उत्तरदायित्वका विषयमा आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो । खासगरी आमाहरूले छात्रछात्राका पढाई, लेखाई तथा अचरणका बारेमा विशेष निगरानी राख्दै सहजीकरण गर्नु पर्नेमा प्रिन्सिपल गुरुङले बताउनु भएको थियो ।
उहाँले विशेषगरी आमाको भूमिका छात्राको अध्ययन र व्यवहार विकासमा महत्वपूर्ण हुने उल्लेख गर्दै छात्रछात्राको परीक्षा अभिभावकका लागि पनि आफ्नो भूमिका र जिम्मेवारीको परीक्षा भएको बताउनुभयो । उहाँले विद्यालय र अभिभावकबीच निरन्तर समन्वय र सहकार्य भएमा छात्रछात्राको सिकाइ उपलब्धिमा सुधार ल्याउन सकिन्छ भन्नुभयो ।
प्रिन्सिपल गुरुङले छात्रछात्रालाई पढ्नका लागि घरमा उपयुक्त वातावरण सिर्जना गर्ने, उनीहरूको नियमित पढाई तथा गृहकार्यमा चासो दिने, परीक्षाका समयमा मानसिक दबाब नदिई आवश्यक सहयोग गर्ने र छात्राको वास्तविक तयारी बुझेर प्रोत्साहन गर्नुपर्ने अग्रह गनुभएको थियो ।
उक्त अवसरमा विद्यालयको शैक्षिक वातावरण सुधार गर्नका लागि छात्रछात्राको नियमित उपस्थिति, अध्ययनमा रुचि बढाउने उपाय तथा अभिभावकले घरमा निर्वाह गर्नुपर्ने भूमिकालगायत विषयमा समेत छलफल भएको आयोजक विद्यालयले जानकारी दिएको छ ।
कार्यक्रममा अभिभावकहरूले आफ्ना छात्रछात्रको नियमित पढाई, गृहकार्य, परीक्षाको तयारी, मोबाइल तथा सामाजिक सञ्जालको प्रयोग, घरमा अध्ययन गर्ने वातावरण, विद्यालयको शैक्षिक गतिविधि तथा बालबालिकाको अनुशासनमा व्यवहारिक सुधारका विषयमा जिज्ञासा तथा सुझाव राखेका थिए ।
विद्यालयले अभिभावकहरूका साथमा आयोजना गर्ने यस्ता छलफल तथा अन्तरक्रियाले छात्रछात्राको अध्ययनप्रति आफ्नो जिम्मेवारी बुझ्न सहयोग पुग्ने बताउनु भएको थियो । सहभागी अभिभावकहरूले विद्यालय र अभिभावकबीच नियमित संवाद तथा समन्वयलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।
विद्यालयका प्रधानाध्यापक विनोद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा ४ र ५ मा अध्ययन गर्ने छात्रछत्राका करिब ७० जना अभिभावकले भाग लिएका थिए ।
कार्यक्रम सञ्चालन गर्दै सो विद्यालयका सहायक प्रिन्सिपल सुवोध न्यौपानेले अभिभावकहरूबाट उठाइएका जिज्ञासा तथा सुझावलाई सम्बोधन गर्दै छात्रछात्राको शैक्षिक तथा व्यक्तिगत विकासका लागि विद्यालय र घरबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित मिति २०८३ आश्विन १४, बुधबार २१:५१ गते
हजुरको प्रतिक्रिया