
बेसीशहर– लमजुङको बेसीशहर नगरपालिका– ८ को पुस्तकालय टोल स्थित लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था(साकोस)को चौधौं साधारण सभा भएको छ । लक्ष्मीनारायण पुस्तकालयको सभाहलमा आयोजित उक्त सधारण सभा सोही वडाका वडाध्यक्ष पवित्रा थापा रानाको प्रमुख आतिथ्यतामा असोज १७ गते भएको हो ।
सो अवसरमा उक्त साकोसका संस्थापक अध्यक्ष शोभा थापा, पूर्वअध्यक्ष द्वय सीता न्यौपाने अधिकारी र सिर्जना बराल घिमिरेलाई सम्मान गरिएको हो । उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि पवित्रा थापा राना, संस्थाका अध्यक्ष कान्ती देवी ढकाल घिमिरेलगायतले संयुक्त रुपमा सम्मान गर्नु भएको हो ।
आफ्नो उदघाटन मन्तव्यमा प्रमुख अतिथि पवित्रा थापा रानाले महिलाहरूले चलाएका संस्थामा पारर्शीता र विश्वास पनि हुन्छ हामीहरूले पनि विश्वास गरिरहेका छौं भन्नुभयो । उहाँले योे संस्थाले छोटो समयमा गरेको प्रगति देखेर आफूलाई खुशी लागेको बताउँदै थप प्रगतिको कामना गर्नु भयो ।
यसैगरी, सो साकोसका अध्यक्ष कान्तीदेवी ढकाल घिमिरेले प्रतिवेदन प्रस्तुत गर्दै संस्थागत चिनारी दिनु भएको थियो । उहाँले सहकारी भनेको केवल पैसा बचत गर्ने र ऋण लिने संस्था मात्र नभई आपसी विश्वास, सहकारी आत्मनिर्भरता र सामूहिक समृद्धिको माध्यम हो भन्ने मान्यताका साथ हामी अगाडि बढिरहेको छौं भन्नुभयो । उहाँले सहकारीका सात सिद्धान्ताहरूको स्मरण गर्दै आगमी वर्षका योजनाहरू समेत प्रस्तुत दिनु भएको थियो । उहाँले अबका दिनमा संस्थालाई अझ व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउने लक्ष्य रहेको उल्लेख गर्नुभयो । त्यसका लागि शेयर सदस्य संख्या वृद्धि गर्ने, उत्पादनशील क्षेत्रमा ऋण लगानी बढाउने, ऋण असुली प्रणालीलाई प्रभाकारी बनाउने, सदस्यहरूलाई सहकारी शिक्षा प्रदान गर्ने, सदस्यहरूको गुनासो तथा सुझावलाई प्राथमिकताका साथ सम्बोधन गर्ने, निश्क्रिय सदस्यहरूलाई हटाइने जानकारी दिनुभयो ।
उक्त साकोसका कोषाध्यक्ष विनिता बोहोरा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै वित्तीय संस्थाहरूको भिडमा प्रतिस्प्रर्धात्मक बजारमा हाम्रो संस्थाको कारोबार दिनानुदिन बढ्दो क्रममा रहेको स्मरण गर्दै ‘आजको बचत नै भोलिको भविष्य’ भन्ने भावनाको विकास गराई आफ्ना सदस्यहरूलाई सर्वसुलभ तरिकाले सेवा प्रदान गर्दै आएको बताउनु भयो । उहाँले गत आवको अवधिमा कुल आय व्ययतर्फको कारोबार १२ करोड ६७ लाख ८५ हजार ८६९ रुपैया रहेको जानकारी दिनु भयो ।
यसैगरी, लभांश वितरण ४ लाख ३१ हजार २ सय ५८ रुपैया वितरण गरेको, कर्मचारी बोनास ९३ हजार २ सय ८२ रुपैया वितरण गरेको उहाँले उल्लेख गर्नु भयो । वर्तमानका साकोसका सेयर सदस्यको कुल संख्या एक हजार ५६५ जना, कुल शेयर पूँजी ८२ लाख १६ हजार ९ सय रुपैया रहेको छ । त्यस्तै, जगेडा कोषमा ४९ लाख ५१ हजार ३ सय ९९ रुपैया ८७ पैसा रहेको उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्षको बॉकी ३ करोड ९० लाख ९ सय ६ रुपैया, यस आर्थिक वर्षमा बचत संकलन ६ करोड ४३ लाख ४५ हजार २ सय २८ रुपैया रहेको छ ।
साकोसका अध्यक्ष कान्तीदेवीको अध्यक्षतामा भएको उक्त वार्षिक साधारण सभामा स्वागत उपाध्यक्ष मैया कुमारी श्रेष्ठले सञ्चालन संस्थाका सचिव बिमला पाैडेलले गर्नु भएको थियो ।
स्थापनाकालमा ४० जनाबाट सुरु गरिएको उक्त साकोस् वि.सं २०६९ सालमा जम्मा २ लाख कुल शेयर पूँजीबाट शुरु गरिएको यस सहकारीको १४ वर्षको अन्तरलमा अहिले एक हजार ५६५ जना शेयर सदस्य बनाउन सफल भएको छ ।

प्रकाशित मिति २०८३ आश्विन १७, शनिबार २०:१७ गते