रास्वपा लमजुङको विस्तारित बैठक सम्पन्न, आज प्रशिक्षण

रास्वपा लमजुङको विस्तारित बैठक सम्पन्न, आज प्रशिक्षण

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज १७ गते आईतबार ०९:०९

स्थानीय चुनाव केन्द्रित गरी आयोजित उक्त कार्यक्रममा पार्टीको गतिविधि, संगठन विस्तार, आगामी राजनीतिक रणनीति, जनतासँगको सम्बन्धलगायत विभिन्न विषयमा खुला छलफल हुने बताइएको छ ।

‘अरुभन्दा असल हुने काम गर्नु होस्, मानिसलाई कामले जवाफ दिनु होस् ।’ : सांसद केसी

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको विस्तारित बैठक हिजो सम्पन्न भएको छ भने आज असोज १८ गते कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ । सांसद धर्मराज केसी प्रमुख वक्ता रहनु भएको उक्त कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा गरिएको हो ।
सांसद केसीले आफूले सर्वसाधारणको समेत कुरा सुनेर काम गरिरहेको जानकारी दिदै यो पहिलो वर्ष भएको हुँदा विभिन्न काम गर्नका लागि बाधक रहेका कानुन फेर्ने र बनाउनमा बित्ने भएको छ । विकास निर्माणदेखि अन्य कार्य आउँदो वर्षबाट थप गति लिनेछ भन्नुभयो । मुख्य काम नै सुशासन हो, त्यसको पक्षपोषण हुने गरी कार्य गर्नका लागि उहाँको आग्रह थियो । उहाँले भन्नुभयो, ‘अरुभन्दा असल हुने काम गर्नु होस्, मानिसलाई कामले जवाफ दिनु होस् ।’
सो कार्यक्रममा आफ्नो धारणा राख्नु हुनेमा रास्वपाका केन्द्रीय सदस्य विष्णु एकता, रास्वपाका गण्डकी प्रदेश महामन्त्री कृष्ण लम्साल, रास्वपाका गण्डकी प्रदेशका सचिवालय सदस्य तैमाया गुरुङ, रास्वपाका गण्डकी प्रदेश द्वय विजय पराजुली र सोमनाथ अधिकारी, निवर्तमान केन्द्रीय सदस्य प्रदीप पाण्डे, विभिन्न विभाका निवर्तमान प्रतिनिधिहरू पदमराज पन्थी, तोयराज अधिकारी, राजेन्द्र वस्ती, कृष्णहरि अधिकारी लगायत हुन्ुहुन्थ्यो । सो अवसरमा जिल्लाका आठै पालिकाका सभापति, पालिकाका वडाहरूको प्रतिनिधित्व गराउँदै वडासभापतिलाई समेत शुभकामना राख्न दिइएको थियो ।
स्थानीय चुनाव केन्द्रित गरी आयोजित उक्त कार्यक्रममा पार्टीको गतिविधि, संगठन विस्तार, आगामी राजनीतिक रणनीति, जनतासँगको सम्बन्धलगायत विभिन्न विषयमा खुला छलफल हुने बताइएको छ ।
उक्त अवसरमा सांसद धर्म केसी, डा. तुलसी प्रभास, कृष्ण लम्साल आदिले प्रशिक्षण दिनु हुने रास्वपा स्रोतले बताएको छ ।

प्रकाशित मिति २०८३ आश्विन १८, आईतवार ०९:०९ गते
हजुरको प्रतिक्रिया