नेपाली काँग्रेसको १५औं महाधिवेशन : लमजुङबाट मात्र केन्द्रीय सदस्यमा सात जनाको दावी, ककस्ले मार्ला बाजी ?

नेपाली काँग्रेसको १५औं महाधिवेशन : लमजुङबाट मात्र केन्द्रीय सदस्यमा सात जनाको दावी, ककस्ले मार्ला बाजी ?

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज २० गते बुधबार १०:२६

मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछैन । एक प्रतिनिधिलाई मतदानका लागि करिब ५० मिनेट लाग्न सक्ने आंकलन छ । मतदान सकिएलगत्तै मतगणना सुरू गरिने निर्वातन समितिको भनाइ छ ।

आज असोज २१ गते दिउँसो १२ बजेसम्म दाबी–विरोधको समय तोकिएको छ । मतदानका लागि राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवन मतदान केन्द्र तोकिएका छन् ।

काठमाडौं– मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसको १५औं महाधिवेशन निर्वाचनको चरणमा प्रवेश गरेको छ । सो क्रममा लमजुङका सात जनाको मात्र केन्द्रीय सदस्यमा दावी रहेको छ । तर पनि ककस्ले मार्ला बाजी ? भन्ने कौतुहलता बढिरहेको छ । आज असोज २१ गते दिउँसो १२ बजेसम्म दाबी–विरोधको समय तोकिएको छ ।
त्यसपछि अन्तिम नामावली प्रकाशन हुनेछ र उम्मेदवारहरूलाई प्रचारप्रसारको समय दिइने भएको छ । मतदान कार्य भोलि असोज २२ गते बिहानमात्र सुरु हुनेछ । मतदानका लागि राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवन मतदान केन्द्र तोकिएका छन् ।
लमजुङका सातमध्ये ककस्ले मार्ला बाजी ?
यसैबीच, लमजुङका सातमध्ये ककस्ले मार्ला बाजी ? कि सबै होलान् विजयी ? चासो छाएको छ ।
लमजुङको केन्द्रीय सदस्यमा मात्र दावी रहेको छ । त्यस्तो दावी गर्ने सुरुमा ९ जना भनिए पनि अन्तमा उम्मेदवारी दर्ता गर्नेहरू सात जनामात्र हुनुहुन्छ । भूगोलबाट प्रदेश सभा सदस्य एवम् काँग्रेसका निवर्तमान सभापति भेषबहादुर पौडेल, जनजातिबाट प्रदेशसभा सदस्य पार्वती तामाङ र खुशीमाया गुरुङ, दलितको पुरुषतर्फ भिउसेन दमै र महिलातर्फ प्रदेश सभा सदस्य टीकाकुमारी बस्याल हुनुहुन्छ । यसैगरी, खस आर्य र खुला सदस्यतर्फबाट काँग्रेसका पूर्व जिल्ला सभापति द्वय क्रमशः कृष्णप्रसाद कोइराला र तुलसीनारायण श्रेष्ठको उम्मेवारी रहेको छ ।
प्रथम नामावलीमा कुनै दाबी–विरोध वा आपत्ति भएमा आज बिहान १० बजेदेखि १२ बजेसम्म आवश्यक कागजातसहित केन्द्रीय निर्वाचन समितिको कार्यालयमा सम्पर्क गर्न सकिने निर्वाचन समितिले जनाएको छ ।
दाबी–विरोध तथा आपत्तिको प्रक्रिया पूरा भएपछि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।
खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम एवम् भातृ एवं शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिका प्रतिनिधिहरूले मतदान गर्नेछन् ।
प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन् भने बागमती प्रदेशका प्रतिनिधिहरूले सभागृहमा मतदान गर्नेछन् ।
मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछैन ।
एक प्रतिनिधिलाई मतदानका लागि करिब ५० मिनेट लाग्न सक्ने आंकलन छ । मतदान सकिएलगत्तै मतगणना सुरू गरिने निर्वातन समितिको भनाइ छ ।

प्रकाशित मिति २०८३ आश्विन २१, बुधबार १०:२६ गते
हजुरको प्रतिक्रिया