
बर्दिबास(महोत्तरी)– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ महाधिवेशनबाट पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ । यहाँ जारी महाधिवेशनमा उहाँ निर्विरोध रुपमा असोज २३ गते निर्वाचित हुनु भएको हो । उहाँ यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।
प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन रामआशीष यादवले गर्नुभएको थियो । उद्घाटनसत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया सुरु भएको थियो । प्रतिष्ठानको नावौं महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचनको क्रममा २२ गतेबाट सुरु महाधिवेशनमा मनोनयन दर्ता हुँदा अध्यक्षका लागि शर्माको मात्र उम्मेदवारी परेको हो ।
लामो समयदेखि नेपाली लोकसङ्गीतमा सक्रिय शर्माले यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनु भएको छ । मौलिक लोकभाका, व्यङ्ग्यात्मक प्रस्तुति र जनजीवनसँग जोडिएका गीतमार्फत उहाँ दर्शक तथा श्रोतामाझ लोकप्रिय छन् । प्रतिष्ठानका विभिन्न पद हुँदै यहाँसम्म आइपुग्नु भएको हो । उहाँ यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी तथा द्वितीय उपाध्यक्षको सांगठनिककतर्फ राजु ढकाल र प्रशासनिकतर्फ रमेशराज भट्टराई निर्विरोध भएका छन् । महासचिवमा शिव हमाल निर्विरोध निर्वाचित हुनु भएको छ । कोषाध्यक्षमा जुना शिरिष पनि निर्विरोध निर्वाचित भएको घोषणा भएको छ ।
प्रतिष्ठानको केन्द्रीय समितिमा ३८ पदाधिकारी र ३७ सदस्य गरी ७५ सदस्य रहने व्यवस्था छ । महाधिवेशनअन्तर्गत बर्दिबासका समाजसेवी तथा उद्योगी कृष्णप्रसाद गौतम सचिव पदमा सर्वसम्मत हुनुभएको छ । गौतम रोटरी क्लब अफ बर्दिबासका अध्यक्षसमेत रहिसक्नुभएको छ । उहाँ विभिन्न सामाजिक सङ्घसंस्थामा नेतृत्वदायी भूमिकामा सक्रिय रहँदै आउनुभएको छ ।
महाधिवेशनमा सातै प्रदेश, ७० जिल्ला तथा विदेशस्थित शाखासहित १०० वटा समितिबाट करिब एक हजार पाँच सय प्रतिनिधि सहभागी भएका थिए । महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको महाधिवेशन उद्घाटन सत्रमा प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरुङ, पूर्व अध्यक्षहरू प्रजापति पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्री पङ्गेनी, निवर्तमान अध्यक्ष रमेश बिजी तथा वरिष्ठ लोक गायक एवं चलचित्र निर्देशक नारायण रायमाझीलगायत थुप्रै स्रष्टा–कलाकारहरूको उपस्थिति थियो ।
नेपाली लोक सङ्गीतको क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको छ ।
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ९औँ केन्द्रीय महाधिवेशन महोत्तरीको बर्दिबासमा सुरु भएको छ । महाधिवेशनको मधेस प्रदेशका सभामुख रामआशिष यादवले उद्घाटन गर्नु भएको हो ।
उद्घाटन पछि सभामुख यादवले लोक तथा दोहोरी गायक गायिकाले कला संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनु भयो । प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापा मगरको अध्यक्षतामा आयोजित महाधिवेशन उद्घाटन सत्रमा प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरुङ, पूर्व अध्यक्षहरू प्रजापति पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्री पङ्गेनी, निवर्तमान अध्यक्ष रमेश बिजी तथा वरिष्ठ लोक गायक एवं चलचित्र निर्देशक नारायण रायमाझीलगायत थुप्रै आएका स्रष्टा–कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष पशुपति शर्माले स्वागत मन्तव्य राख्दै सुरु गरिएको कार्यक्रममा प्रतिष्ठानको महाधिवेशनको विशेष अवसर पारेर नेपाली लोक सङ्गीतको क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्व तथा जसमा दोहोरी रत्न सम्मान संस्थापक अध्यक्ष अमरविरही गुरुङ, लोकरत्न सम्मान वरिष्ठ गायक एवं निर्देशक नारायण रायमाझी, संस्थागत सम्मान पूर्वकेन्द्रीय अध्यक्ष चन्द्र शर्मा, लोक पत्रकारिता सम्मान बर्दिबास नगर पत्रकार समाज र नारायण पाण्डे स्मृति पुरस्कार तारा शर्मालाई दिइएको छ ।
महाधिवेशनको पहिलो दिन औपचारिक कार्यक्रमसँगै राष्ट्रिय तथा स्थानीय स्तरका ख्यातिप्राप्त कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू दिएको प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले जानकारी दिनुभयो ।
केन्द्रीय सदस्यमा सो प्रतिष्ठानका लमजुङका निवर्तमान अध्यक्ष अनुज अधिकारी अत्यधिक मतका साथ विजयी हुनु भएको छ ।
असोज २२ गते सुरु भएको महाधिवेशनले २४ गते नयाँ कार्यसमिति चयन गर्ने तालिका थियो ।
लोकदोहोरी प्रतिष्ठानको ९ औं महाधिवेशन महोत्तरी जिल्लाको बर्दिवासमा भएको हो ।

प्रकाशित मिति २०८३ आश्विन २४, शनिबार ११:४९ गते