लमजुङमा रास्वपाको ‘हामी आउँदैछौँ’ पालिकास्तरीय कार्यक्रम सुरु

लमजुङमा रास्वपाको ‘हामी आउँदैछौँ’ पालिकास्तरीय कार्यक्रम सुरु

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज २४ गते आईतबार ०१:४६

उक्त कार्यक्रममा रास्वपा केन्द्रीय प्रतिनिधि, संस्थापक केन्द्रीय सदस्य एवं माननीय सांसद एलिजा गुरुङले उदघाटन मन्तव्यमा केन्द्रकै निर्देशनमा आफूहरू यसरी गाउँगाउँमा पुग्न थालेको बताउनु भयो । उहाँले सरकारले गरेका कामका साथै पार्टीको केन्द्रका गतिविधिमा प्रकाश पार्नु भएको थियो ।

उहाँले सरकारले गरेका कामका साथै पार्टीको केन्द्रका गतिविधिमा प्रकाश पार्नु भएको थियो ।

राइनास(लमजुङ)– लमजुङमा पनि राष्ट्यि स्वतन्त्र पार्टी (रास्वपा)को स्थानीय निर्वाचनको ‘हामी आउँदैछौँ’ पालिकास्तरीय कार्यक्रम सुरु भएको छ । रास्वपाको राइनास नगरपालिकामा नगर समितिको आयोजनाका सो कार्यक्रम असोज २४ गते भएको हो ।
उक्त कार्यक्रममा रास्वपा केन्द्रीय प्रतिनिधि, संस्थापक केन्द्रीय सदस्य एवं माननीय सांसद एलिजा गुरुङले उदघाटन मन्तव्यमा केन्द्रकै निर्देशनमा आफूहरू यसरी गाउँगाउँमा पुग्न थालेको बताउनु भयो । उहाँले सरकारले गरेका कामका साथै पार्टीको केन्द्रका गतिविधिमा प्रकाश पार्नु भएको थियो । उहाँले हिजो संसद बैठकमा खटेझैं अब संसद नचल्दासम्म आफूहरू जिल्ला, नगर, गाउँपालिका, वडा र गाउँस्तरमा खट्ने र आवाज बिहीनहरूको आवाज सुन्ने, त्यसको समाधानका लागि के गर्न सकिन्छ प्रयास गर्ने छौं भन्नुभयो ।
कार्यक्रममा लमजुङका सांसद धर्मराज केसीले जिल्लाबासीले आफूलाई र पार्टीलाई विश्वास गरेर प्रदान गर्नु भएको मतको सम्मान गर्ने र जिल्लाबासीको शिर उचो हुने गरी काम थालेको र त्यसलाई निरन्तरता दिने बताउनु भयो । यसैगरी, प्रवास नेपाली सम्पर्क विभागका निवर्तमान सचिव पदमराज पन्थीले ‘हामी आउँदैछौँ’ विशेष कार्यक्रम जिल्लामै पहिलो भएको उल्लेख गर्दै यसले सार्थक रुप लिएर देशमा सुशासन कायम हुनेछ भन्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो, ‘स्थानीय तहदेखि नै संगठन सुदृढ बनाउँदै जनतासँग जोडिने, सक्षम नेतृत्व विकास गर्ने र जनअपेक्षा अनुरूप काम गर्ने हाम्रो साझा प्रतिबद्धता हो ।’
सो अवसरमा गण्डकी प्रदेश सदस्य हेम सुवेदी र भलबहादुर घले, जिल्ला सदस्य भोला शर्मा लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
राइनास नगरका सभापति डिलबहादुर गुरुङले कार्यक्रमको अध्यक्षता गर्नु भएको धन्यवाद मन्तव्यका साथमा निर्वाचित जनप्रतिनिधिहरू गुनासो रहित तरिकाले काम गरेको खण्डमा आफूहरूलाई स्थानीयस्तरमा संगठन विस्तारमा सहज हुने छ र हामी खट्ने पनि छौं भन्नु भयो । नगरसभापति गुरुङले भन्नुभयो, ‘हामी आउँदैछौँ’ गाउँगाउँमा ‘जनतासँग, जनताको सेवामा !’
सोही नगरपालिका– ५ को तीनपिप्ले स्थित जनविकास सहकारी संस्थाको सभाहलमा भएको उक्त कार्यक्रममा रास्वपाका नगर उपसभापति अर्चना खड्काले स्वागत मन्तव्य राख्नु भएको थियो भने रास्वपाका नगर सचिव वासु सापकोटाले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा विभिन्न पालिकाका रास्वपाका सभापतिहरू, राइनास नगरपालिकाको वडाका नेतृत्व तथा स्थानीय शुभेच्छुकहरूको सहभागिता थियो ।

प्रकाशित मिति २०८३ आश्विन २५, आईतवार १३:४६ गते
हजुरको प्रतिक्रिया