कांग्रेसको १५औँ महाधिवेशन मतगणना : उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेललाई अग्रता कायमै

कांग्रेसको १५औँ महाधिवेशन मतगणना : उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेललाई अग्रता कायमै

एजेन्सी

@antaranganews

२०८३ असोज २४ गते आईतबार ०५:४५

खुला उपसभापतिमा भण्डारीले एक हजार ६८६ मत प्राप्त गरेको स्थिति छ । दुई सिटका लागि भएको खुला उपसभापति पदमा अर्का उम्मेदवार मधु आचार्यले एक हजार ९० मत प्राप्त गर्नु भएको छ भने सुरेन्द्रराज पाण्डेले ९५५ मत, ९४१ मत गोविन्द भट्टराई, ७१९ मत धनराज गुरुङले पछ्याइरहेको स्थिति छ ।

कुल खसेको ७ हजार ४३ मतमध्ये ३ हजार ४३५ मत गणना भएको स्थिति छ ।

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता कायमै छ । काँग्रेसको केन्द्रीय कार्यालय ललितपुरको सानेपामा जारी मतगणनामा हालसम्म ३ हजार ४३५ मत गणना हुँदा विभिन्न पदाधिकारी पदहरूमा रोचक प्रतिस्पर्धा असोज २५ गते साँझसम्म पनि चलिरहेको छ ।
हालसम्म गणना भएको तीन हजार ४३५ मतमा खुला उपसभापतिमा भण्डारीले एक हजार ६८६ मत प्राप्त गरेको स्थिति छ । दुई सिटका लागि भएको खुला उपसभापति पदमा अर्का उम्मेदवार मधु आचार्यले एक हजार ९० मत प्राप्त गर्नु भएको छ भने सुरेन्द्रराज पाण्डेले ९५५ मत, ९४१ मत गोविन्द भट्टराई, ७१९ मत धनराज गुरुङले पछ्याइरहेको स्थिति छ । त्यस्तै, दीपक गिरीले ४९७ र प्रा. डा. चन्द्रमोहन यादवले २९९ मत प्राप्त गरेको स्थिति छ ।
उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले ८९६ मतका साथ अग्रता छ उहाँलाई जीवन परियारले ८२९ मत ल्याएर कडा चुनौती दिदै हुनुहुन्छ । सोही पदका अन्य उम्मेदवारहरू फरमुल्लाह मन्सुरले ४६९, रञ्जीत कर्णले २७० र सीता गुरुङले २५१ मत प्राप्त गर्नु भएको छ ।
खुला महामन्त्री पदमा भने प्रदीप पौडेलले दुई हजार ५५ मतका साथ अग्रतालाई निकै फराकिलो बनाउनु भएको छ । दोस्रो स्थानमा रहेका उदय शमशेर राणाले एक हजार १५९ मत तथा डा. सुनिलकुमार शर्मा ९३४, अमरसिंह पुन मगरले ८१९, गुरुराज घिमिरेले ६७८, नैनसिंह महरले ४२८, शंकर तिवारीले ८२ र डा. सन्तोष उपाध्यायले ४९ मत पाएको स्थिति छ ।
महिला महामन्त्री पदमा कडा टक्कर :
यसैबीच, महिला महामन्त्री पदमा डा. डिला सङ्ग्रौला (पन्त) ले एक हजार ५१७ मत ल्याएर अग्रता कायम गर्नु भएको छ । महालक्ष्मी उपाध्याय ‘डिना’ एक हजार ३९८ मतका साथ उनलाई पछ्याउँदै हुनुहुन्छ भने रीता खनालले ३६५ मत प्राप्त गरेको स्थिति छ ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महिला महामन्त्री पदमा डा. डिला संग्रौलाले एक हजार ५१७ मत प्राप्त गरेकी छन् । दोस्रो स्थानमा रहेकी महालक्ष्मी उपाध्याय (डिना) ले एक हजार ३९८ मत पाएकी छन् । उहाँहरूबीच ११९ मतको अन्तर छ ।
यसअघि २ हजार २३१ मत गणना हुँदा डिलाले ९६५ र डिनाले ९५२ मत पाएका थिए । त्यतिबेला उहाँहरूबीच १३ मतको मात्रै अन्तर थियो ।
महामन्त्रीमा मतान्तर घटाउँदै सुनील शर्मा :
त्यस्तै, खुला महामन्त्री पदको मतगणनामा डा. सुनीलकुमार शर्माले दोस्रो स्थानमा रहेका उदयशमशेर राणासँगको मतान्तर घटाउनु भएको छ ।
कुल खसेको ७ हजार ४३ मतमध्ये ३ हजार ४३५ मत गणना हुँदा राणा एक हजार १५९ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् भने शर्माले ९३४ मत ल्याएर उनलाई पछ्याइरहनु भएको छ । उहाँहरूबीच मात्र २२५ मतको अन्तर छ ।
कुल खसेको ७ हजार ४३ मतमध्ये ३ हजार ४३५ मत गणना भएको स्थिति छ ।

प्रकाशित मिति २०८३ आश्विन २५, आईतवार १७:४५ गते
हजुरको प्रतिक्रिया