महामन्त्रीको प्रतिस्पर्धामा उदय शम्शेरसँग मतान्तर घटाए सुनिल शर्माले

महामन्त्रीको प्रतिस्पर्धामा उदय शम्शेरसँग मतान्तर घटाए सुनिल शर्माले

एजेन्सी

@antaranganews

२०८३ असोज २४ गते आईतबार ०७:४८

उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारीले दुई हजार ४५ मत तथा ई. मधु आचार्यले एक हजार २७८, गोविन्द भट्टराईले एक हजार ९१, सुरेन्द्रराज पाण्डेले एक हजार ६५, धनराज गुरुङ ९०८ मत पाएको स्थिति छ ।

कुल खसेको ७ हजार ४३ मतमध्ये ३ हजार ४३५ मत गणना भएको उल्लेखित परिणामको स्थिति हो । अब २ हजार ९४३ मत गणना हुन बाँकी छ ।

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत जारी मतगणनामा खुला उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारी तथा खुला महामन्त्री पदमा प्रदीप पौडेलले अग्रता कायमै छ । हालसम्म ४ हजार १०० मतगणना भएको छ । जसमा उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारीले दुई हजार ४५ मत तथा ई. मधु आचार्यले एक हजार २७८, गोविन्द भट्टराईले एक हजार ९१, सुरेन्द्रराज पाण्डेले एक हजार ६५, धनराज गुरुङ ९०८, दीपक गिरीले ५७९ र प्रा.डा. चन्द्र मोहन यादव ३३५ मत पाएका असोज २५ गते साँझको परिणाम हो ।
यस्तै, उपसभापति समावेशीतर्फ विनोदकुमार चौधरीले एक हजार २६, जीवन परियारले ९७९, फरमुल्लाह मन्सुरले ५६५, सीता गुरुङले ६७६ र रञ्जीत कर्ण ३११ मत पाएको स्थिति छ ।
यस्तै, महामन्त्री खुलातर्फ प्रदीप पौडेलले दुई हजार ३९१ मतसहित अग्रता कायमै राखेका छन् । उदय शमशेर राणाले एक हजार ३३३, डा. सुनिलकुमार शर्माले एक हजार १७५, अमरसिंह पुन मगरले ८८७, गुरुराज घिमिरेले ८२३, नैन सिंह महरले ५३९, डा. सन्तोष उपाध्याय ५७ र शंकर तिवारी ७१ मत पाएको स्थिति छ ।
यसैगरी, महामन्त्री महिलातर्फ डा. डिला संग्रौला (पन्त)ले एक हजार ८१६, महालक्ष्मी उपाध्याय (डिना)ले एक हजार ६३१ र रीता खनाल ४२० मत पाउनु भएको छ ।
उदय शम्शेरले १३३३ मत ल्याउँदा सुनिलले ११७५ मत पाएका छन् । उहाँहरूबीचको मतान्तर १५८ छ ।
कुल खसेको ७ हजार ४३ मतमध्ये ३ हजार ४३५ मत गणना भएको उल्लेखित परिणामको स्थिति हो ।
अब २ हजार ९४३ मत गणना हुन बाँकी छ ।

प्रकाशित मिति २०८३ आश्विन २५, आईतवार १९:४८ गते
हजुरको प्रतिक्रिया