उपसभापतिमा चन्द्र भण्डारीको जीत सुनिश्चित : दुई हजार ३४३ मत पाउनु भो

उपसभापतिमा चन्द्र भण्डारीको जीत सुनिश्चित : दुई हजार ३४३ मत पाउनु भो

एजेन्सी

@antaranganews

२०८३ असोज २४ गते आईतबार ०९:३३

चार हजार छ सय मत गणना हुँदा उपसभापति खुलामा भण्डारीको दुई हजार ३४३ मत रहेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । दोस्रो स्थानमा मधु आचार्य हुनुहुन्छ । उहाँको एक हजार ४४१ मत रहेको छ ।

महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले दुई हजार ६५७ मत पाउनु भएको निर्वाचन समितिले जनाएको छ ।

काठमाडौं– नेपाली कांग्रेसको उपसभापति पदका लागि चन्द्रकान्त भण्डारीले दुई हजार तीन सय मत पाउनु भएको छ । चार हजार छ सय मत गणना गर्दा भण्डारीले झण्डै आधा मत पाउनु भएको छ । यो परिणाम असोज २५ गते साँझसम्मको हो ।
चार हजार छ सय मत गणना हुँदा उपसभापति खुलामा भण्डारीको दुई हजार ३४३ मत रहेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । दोस्रो स्थानमा मधु आचार्य हुनुहुन्छ । उहाँको एक हजार ४४१ मत रहेको छ । यस्तै, गोविन्द भट्टराईको एक हजार २१९ मत पाउनु भएको छ । उपसभापति पदका खुलातर्फका उमेदवार सुरेन्द्रराज पाण्डेको एक हजार १५० मत, दीपक गिरीको ६३८ मत, धनराज गुरुङको एक हजार ५३ मत र चन्द्र मोहन यादवको ३८७ मत रहेको निर्वाचन समितिले जनाएको छ ।
उपसभापतिको समावेशीतर्फ विनोद चौधरीले एक हजार १४५ मत पाउनु भएको छ । त्यस्तै, जीवन परियारको एक हजार १०७ मत, सीता गुरुङको ७४९ मत, फरमुल्लाह मंसुरको ६३७ मत र रंजीत कर्णको ३५२ मत पाउनु भएको छ ।
महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले दुई हजार ६५७ मत पाउनु भएको निर्वाचन समितिले जनाएको छ । सो समितिका अनुसार, पौडेलको उदय शमशेर राणाको एक हजार ४९१ मत, डा. सुनिलकुमार शर्माको एक हजार ३८७ मत, अमरसिंह पुनमगरको ९२९ मत, गुरुराज घिमिरेको ९२० मत, नैनसिंह महरको ६६८ मत, शंकर तिवारीको ८८ मत र डा. सन्तोष उपाध्यायको ७२ मत रहेको छ ।
यसैगरी, महामन्त्री महिला एक पदका लागि डिला संग्रौलाको दुई हजार ३७ मत पाउनु भएको भने सो पदका अर्का प्रत्यासी महालक्ष्मी उपाध्याय (डिना)को एक हजार ८३८ मत र रीता खनालको ४६६ मत पाउनु भएको छ ।

प्रकाशित मिति २०८३ आश्विन २५, आईतवार २१:३३ गते
हजुरको प्रतिक्रिया