नगर वडास्तरीय रनिङ शिल्ड पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि क्रमशः आयोजक र संयुक्त भोर्लेटार क्लब ‘बि’को हातमा

नगर वडास्तरीय रनिङ शिल्ड पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि क्रमशः आयोजक र संयुक्त भोर्लेटार क्लब ‘बि’को हातमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज २९ गते शुक्रबार ०७:४९

पुरुषतर्फको फाइनल खेल आयोजक संस्था काउरे कालिका संस्था र संयुक्त भोर्लेटार क्लब बीच भएको हो । बेष्टअफ फाइभको उक्त खेलमा लगातार तीन ग्याम गरी ३– ० स्थितिमा आयोजक संस्थाले रनिङ शिल्ड सहितको पहिलो पुरस्कार हात पार्न सफल भएको हो ।

महिलातर्फको उक्त खेलको रोचक पक्ष के रह्यो भने एपि एफको विभागीय खेलाडी रश्मिता दुराले संयुक्त क्लबको ए टिमका तर्फबाट खेलेर पनि आफ्नो टिमलाई विजयी बनाउन सक्नु भएन ।

भोर्लेटार(लमजुङ)– लमजुङको मध्यनेपाल नगरपलिका– ६ मा सञ् चालित तेस्रो नगर वडास्तरीय रनिङ शिल्ड पुरुष तथा महिला भलिबल खेल प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा पुरुषतर्फको उपाधि आयोजक काउरे कालिका संस्थाले हात पारेको छ भने महिलातर्फको पुरस्कार संयुक्त भोर्लेटार क्लब ‘बि’ टिमले असोज ३० गते प्राप्त गरेको हो ।
सो प्रतियोगिताको फाइनल खेल पुरुषतर्फ आयोजक संस्था काउरे कालिका संस्था र संयुक्त भोर्लेटार क्लब बीच भएको हो । बेष्टअफ फाइभको उक्त खेलमा लगातार तीन ग्याम गरी ३– ० स्थितिमा आयोजक संस्थाले रनिङ शिल्ड सहितको पहिलो पुरस्कार हात पारेको छ । संयुक्त भोर्लेटार क्लब दोस्रो भएको छ ।
यसैगरी महिलातर्फ संयुक्त भोर्लेटार क्लबको बी टिमले सोही क्लबको ए टिमलाई हराएको हो । फाइनल खेल बेष्टअफ फाइभमा खेलाइएको थियो । ३– २ सेटमा सो खेल जित हार भएको हो । उक्त खेलको रोचक पक्ष के छ भने एपि एफको विभागीय खेलाडी रश्मिता दुराले संयुक्त क्लबको ए टिमका तर्फबाट खेलेकी थिइन् तर उनले आफ्नो टिमलाई विजयी बनाउन सकिनन् ।
स्व पन्च सुब्बा गुरुङ एन्ड स्व सन्त माया गुरुङ स्मृतिमा स्थानीय काउरे कालिका संस्थाको आयोजनामा सो प्रतियोगिता भएको हो । लमजुङको मध्यनेपाल नगरपलिका– ६ काउरे गाउँको पिपलडाँडा खेल मैदानमा भएको हो । सो प्रतियोगिताको मुख्य प्रायोजक स्व पन्च सुब्बा गुरुङ एन्ड स्व सन्त माया गुरुङका सुपुत्र रामबहादुर गुरुङ हुनुहुन्थ्यो ।
सो प्रतियोगितामा पुरुषतर्फ विजयी हुने टिमले रनिङ शिल्ड, एक लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, दोस्रो हुने टिमले ५० हजार रुपैयाँ साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै, बेष्ट सटरमा सुप्रिम भुजेल, बेष्ट प्लेयर सुविन सुनार, बेष्ट स्पाइकर सन्दिप बोहरा, बेष्ट डिफेन्डर मदन शाही र बेष्ट ब्लकर रमेश गुरुङ पुरस्कृत भएका छन् । उनीहरू सबैलाई पुरस्कार स्वरुप ट्रफि प्रदान गरिएको आयोजक समितिका खेल संयोजक प्रेमबहादुर गुरुङले जानकारी दिनुभयो ।
यसैगरी, महिलातर्फ पहिलो हुने टिमले पहिलो पुरस्कार महिलातर्फ २५ हजार रुपैयाँ प्रदान गरिएको छ भने दोस्रो हुने टिमलाई १५ हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै महिलातर्फ बेष्ट सटर विमला माझी, बेष्ट प्लेयर सानुमाया गुरुङ, बेष्ट स्पाइकर कृति शाही ठकुरीलाई पुरस्कृत गरिएको छ । उनीहरू सबैलाई पुरस्कार स्वरुप ट्रफि प्रदान गरिएको आयोजक समितिका खेल संयोजक प्रेमबहादुर गुरुङले जानकारी दिनु भयो । उहाँका अनुसार सो प्रतियोगितामा पुरुष र महिलातर्फ कास्की, तनहुँ र लमजुङका गरी सात/सात टिमले भाग लिएका थिए । विजयी टिमका खेलाडीहरूलाई सोही वडाका अध्यक्ष विष्णुभक्त पौडेल, प्रायेजनकर्ता रामबहादुर गुरुङ र आयोजक काउरे कालिका संस्थाका अध्यक्ष दिपक शाहीले पुरस्कार वितरण गर्नु भएको थियो ।
फाइनल खेलका अवसरमा खुला विविध सांस्कृति कार्यक्रम अन्तरगत चुड्का नृत्य रानीपानी आमा समूहले प्रदर्शन गरेका थिए । त्यस्तै रस्स्सा कास्सी महिला तथा पुरुष दुबैतर्फको गरिको थियो । त्यो प्रतियोगितामा पहिलो हुने महिला टिम भदौरे आमा समूह र संयुक्त रह्यो । पुरुष टिमबीचमा विवाद भएको हुँदा पहिलो छुट्याइएन । पुरस्कार बराबर दिइएको थियो । पहिलो हुने महिला टिमलाई चार हजार पुरस्कार प्रदान गरिएको छ । त्यस्तै दोस्रो पुरस्कार पुरुष टिमलाई तीन हजार र महिला टिमलाई दुई हजार प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष दिपक शाहीले जानकारी दिनु भयो । उहाँका अनुसार कार्यक्रममा सिम्पानी पन्चेबाजा समहुको बाजा प्रस्तुत भएको थियो ।
पुरस्कार वितरण कार्यक्रम आयोजक संस्थाका अध्यक्ष दिपक शाहीको अध्यक्षतामा भएको थियो ।
पत्रकार सुरज गुरुङको सहयोगमा ।

प्रकाशित मिति २०८३ आश्विन ३०, शुक्रबार १९:४९ गते
हजुरको प्रतिक्रिया