७१औँ प्रहरी दिवस : लमजुङका प्रहरी प्रमुख बस्नेत सहित प्रहरी जवानसम्म पुरस्कृत

७१औँ प्रहरी दिवस : लमजुङका प्रहरी प्रमुख बस्नेत सहित प्रहरी जवानसम्म पुरस्कृत

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज ३० गते शनिवार ०८:२२

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङले आयोजना गरिएको औपचारिक कार्यक्रममा अमर प्रहरीहरूमा श्रद्धाञ्जली, उत्कृष्ट प्रहरी एवम् विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा अमर प्रहरी परिवार तथा पूर्व प्रहरीलाई सम्मान गर्नुका साथ वहालवाला विभिन्न दर्जाका नौ जना प्रहरीहरूलाई पुरस्कृत गरिएको थियो ।

बेसीशहर– ७१औँ प्रहरी दिवस– २०८३ विविध कार्यक्रमका साथ मनाइएको छ । सो अवसरमा लमजुङका प्रहरी प्रमुख बस्नेत सहित प्रहरी जवानहरूलाई समेत पुरस्कृत गरिएको छ । उहाँ आयोजित कार्यक्रम लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेत ७१ औँ प्रहरी दिवसको अवसरमा पुरस्कृत हुनुभएको छ । ७१औँ प्रहरी दिवस– २०८३ को अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले बस्नेतलाई नगद सहित पुरस्कृत गरेको हो ।पोखरामा आयोजित एक औपचारिक कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमूख एवं प्रहरी नायब महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले प्रनाउ बस्नेतलाई सम्मानपत्रसहित पुरस्कार हस्तान्तरण गर्नुभएको हो ।
नेपाल प्रहरीको कार्यसम्पादनका विविध क्षेत्रमा सक्रिय रही शान्ति– सुरक्षा कायम गर्न, अपराध रोकथाम तथा नियन्त्रण गर्न निर्वाह गरेको सह्रानीय भूमिका, कर्तव्यनिष्ठा, अनुशासन एवं संगठनप्रतिको समर्पणको उच्च मूल्याङ्कन गर्दै प्रनाउ बस्नेतलाई पुरस्कृत गरीएको गण्डकी प्रदेश प्रहरी कार्यालयको भनाइ छ ।
७१ औँ प्रहरी दिवसको अवसरमा लमजुङ प्रहरीले शुभकामना तथा विविध सम्मान सहित औपचारिक कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङले आयोजना गरिएको औपचारिक कार्यक्रममा अमर प्रहरीहरूमा श्रद्धाञ्जली, उत्कृष्ट प्रहरी एवम् विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको हो ।
सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु हुँदै कार्यक्रमका प्रमुख आतिथि प्रजिअ खनालले प्रहरी दिवसको महत्वमा प्रकाश पार्नु भएको थियो । उहाँले सम्मान पुरस्कारले पेशागत दैनिकीमा कर्तव्यनिष्ठता, व्यावसायिकता र सेवाभावका साथ काम गर्न थप उर्जा प्रदान गर्ने उल्लेख गर्नुहुँदै सबैलाई बधाई दिनु भएको थियो ।
अमर प्रहरी परिवार तथा पूर्व प्रहरीलाई सम्मान :
सोही अवसरमा अमर प्रहरी परिवारको तर्फबाट बेसीशहर– १ की देवीमाया गुरुङ, मस्र्याङदी– ९ की मिठुमाया भुजेल र बेसीशहर– ९ की सरला अधिकारी दिक्षितलाई पनि दोसल्लासहित सम्मान गरिएको थियो । त्यस्तै, लामो समयसम्म नेपाल प्रहरीमा आवद्ध भई देश र जनताको निम्ति आफ्नो उर्जावान समय खर्च गरेको भन्दै दुईजनालाई सम्मान गरेको छ । सम्मानित हुनुहुनेमा सुन्दरवजार नगरपालिका– ५ का ७५ वर्षीय पूर्व प्रहरी हवल्दार गोपाल केसी र मस्र्याङदी गाउँपालिका– ३ का ६८ वर्षीय पूर्व प्रहरी नायव निरीक्षक सुनबहादुर गुरुङलाई पुर्व प्रहरी कर्मचारी जेष्ठ सदस्यको रुपमा दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
प्रहरी दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालय लमजुङले आफूसँग साझेदारी गर्ने सामुदाकि रेडियो मस्र्याङदी तथा प्रहरी दिवसको अवसरमा इप्रका भोटेओडारद्धारा आयोजित निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गर्ने सुन्दरवजारस्थित नमुना सामुदायिक अस्पताललाई
सम्मान पत्र प्रदान गरेको छ । नमूना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले तथा रेडियो मस्र्याङदीको सम्मान पत्र सो रेडियोका निर्देशक मिना गुरुङले प्रमाण पत्र ग्रहण गर्नुभएको थियो ।
नेपाल प्रहरी सेवाबाट अवकास लिई हाल विभिन्न सामाजिक सेवामा सक्रिय पूर्व प्रहरी नायव निरीक्षक विरसिँह घले, पूवं प्रहरी सहायक निरीक्षक तिलक बहादुर दुलाल र पूर्व प्रहरी सहायक निरीक्षक कमल अधिकारीलाई सम्मान गरिएको थियो ।
नौ जना विभिन्न दर्जाका प्रहरीहरूलाई पुरस्कृत :
प्रहरी दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालय लमजुङ मातहत नौ जना विभिन्न दर्जाका प्रहरीहरूलाई पुरस्कृत गरिएका छ । कार्यसम्पादन मूल्यांकनको आधारमा उहाँहरूलाई नगदसहित पुरस्कृत गरिएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङमा आयोजित विशेष औपचारिक कार्यक्रममा प्रमुख अतिथि एवम् प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले प्रहरीहरूलाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
पुरस्कृत हुनेहरू ९ जनामध्ये दुईजना प्रहरी निरीक्षक, एकजना प्रहरी सहायक निरीक्षक, एकजना प्रहरी हवल्दार, तीनजना प्रहरी सहायक हवल्दार र दुईजना प्रहरी जवान रहेका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
पुरस्कृत हुनेहरूमा प्रहरी निरीक्षक द्वय जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्री तथा इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख एवम् प्रहरी निरीक्षक धुर्वप्रसाद शर्मा हुनुहुन्छ । सो अवसरमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर गुरुङ, प्रहरी हवल्दार निर्मला कुमारी श्रेष्ठ समेतलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र क्षेत्रीले बताउनु भयो ।
उहाँका अनुसार पुरस्कृत हुनेहरू अन्यमा प्रहरी सहायक हवल्दारहरूमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार बाबुकाजी अधिकारी, अस्थायी प्रहरी पोष्ट कीर्तिपुरमा कार्यरत धनबहादुर पुलामी मगर, अस्थायी ट्राफिक प्रहरी पोष्ट खुदीमा कार्यरत बिमल शर्मा तथा जिल्ला प्रहरी कार्यालयका विन्दु घले र प्रहरी पोष्ट मालिङमा कार्यरत प्रहरी जवान रामबहादुर नेपाली हुनुहुन्छ ।
प्रहरी दिवसको अवसरमा प्रदान गरिने सम्मानले प्रहरी संगठनभित्र कर्तव्यनिष्ठता, व्यावसायिकता र सेवाभावका साथ काम गर्ने प्रहरी कर्मचारीलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको प्रहरी संगठनले जनाएको छ ।
प्रहरी निरीक्षक नेत्रबहादुर थापाले स्वागत गर्नुभएको कार्यक्रममा प्रहरी निरीक्षक धुर्वप्रसाद शर्माले प्रहरी महानिरीक्षकको शुभकामना सन्देश बाचन तथा धन्यबाद मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक चन्द्रकला भट्टराईले गर्नुभएको थियो ।

प्रकाशित मिति २०८३ कार्तिक १, शनिबार ०८:२२ गते
हजुरको प्रतिक्रिया