छैटौँ भोटेओडार– तार्कुकोट मिनि म्याराथन दौड प्रतियोगितामा सनम गुरुङ तनहुँ पहिलो

छैटौँ भोटेओडार– तार्कुकोट मिनि म्याराथन दौड प्रतियोगितामा सनम गुरुङ तनहुँ पहिलो

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज ३० गते शनिवार ०९:२७

कार्यक्रमको अवसरमा आयोजक अकला युथ क्लबले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यमा निर्वाचित अनुज अधिकारी, पूर्ववडाध्यक्ष कृष्णकान्त अधिकारी, एथलेटिक्सका राष्ट्रिय खेलाडी राजेन्द्र कुँवर तथा स्थानीय निश्चल ढकाल लगायतलाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने धावकलाई क्रमशः नगद १५ हजार, १० हजार, ५ हजार र २ हजार पाँचसय रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

भोटेओडार(लमजुङ)– बडादशैंका अवसरमा विगत पाँच वर्षदेखि सञ्चालन हुँदै आएको छैटौँ भोटेओडार– तार्कुकोट मिनि म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । छैटौँ भोटेओडार– तार्कुकोट मिनि म्याराथन दौड प्रतियोगितामा सनम गुरुङ तनहुँ पहिलो भएका छन् । सो प्रतियोगिता स्थानीय अकला युथ क्लबले असोज ३ज्ञ गते आयोजना गरेको हो ।
उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिक तिलकबहादुर कार्की प्रमुख अतिथितामा भएको हो । प्रतियोगिताका लागि भोटेओडारदेखि तार्कुकोटसम्म सात किलोमिटर दूरीको तय गरिएको थियो । प्रतियोगितामा तनहुँको आँबुखैरेनी गाउँपालिका– १ का सनम गुरुङ पहिलो हुनु भयो । उहाँले निर्धारित दूरी ३४ मिनेट ५८ सेकेन्डमा पूरा गर्नु भएको थिए । त्यसैगरी, खोटाङ गाउँपालिका– ६ का धिरन राईले ३६ मिनेट २४ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गर्नु भयो । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका– ३ का पृथ्वी राईले ३६ मिनेट ४० सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरेको आयोजक समितिका कार्यक्रम संयोजक सुलभ ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार गोरखाको पालुङटार नगरपालिका– ३ का सरोज गिरीले ३८ मिनेट ४० सेकेन्डमा दूरी पूरा गर्दै सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने धावकलाई क्रमशः नगद १५ हजार, १० हजार, ५ हजार र २ हजार पाँचसय रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी सबैभन्दा कान्छा प्रतिस्पर्धी १३ वर्षीय सुन्दरबजार नगरपालिका– ८ का सुगम पहारीलाई प्रोत्साहनस्वरूप नगद एक हजार रुपैयाँ प्रदान गरिएको थियो ।
सो प्रतियोगितामा लमजुङका अतिरिक्त तनहुँ, गोरखा, ओखलढुंगा, खोटाङलगायत जिल्लाका २४ जना धावकहरूले भाग लिएका थिए । प्रतियोगिताको उद्घाटन सुन्दरबजार नगरपालिका– ८ भोटेओडारस्थित डिडिसी खेलमैदानमा गरिएको थियो ।
तार्कुकोटमा आयोजित समापन तथा पुरस्कार वितरण कार्यक्रममा आयोजक अकला युथ क्लबका अध्यक्ष अभिषेक ढकाल, सुन्दरबजार नगरपालिका– ९ का वडाध्यक्ष मनराज गुरुङ, वडा नं. ८ का पूर्ववडाध्यक्ष कृष्णकान्त अधिकारी, वडा सदस्य केशरबहादुर कुँवर, कार्यक्रम संयोजक सुलभ ढकाल तथा एथलेटिक्सका राष्ट्रिय खेलाडी राजेन्द्र कुँवरलगायतले संयुक्त रुपमा पुरस्कार वितरण गर्नु भएको थियो ।
कार्यक्रमको अवसरमा आयोजक अकला युथ क्लबले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यमा निर्वाचित अनुज अधिकारी, पूर्ववडाध्यक्ष कृष्णकान्त अधिकारी, एथलेटिक्सका राष्ट्रिय खेलाडी राजेन्द्र कुँवर तथा स्थानीय निश्चल ढकाल लगायतलाई सम्मान गरिएको थियो । साथै, क्लबलाई आर्थिक, नैतिक तथा भौतिक रूपमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई पनि सम्मान गरिएको कार्यक्रम संयोजक सुलभ ढकालले जानकारी दिनुभयो ।
तार्कुकोटको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व तथा प्रचुर सम्भावनालाई उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने र क्षेत्रको पर्यटन प्रवद्र्धनमा प्रचारप्रसार गर्ने पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ ।

प्रकाशित मिति २०८३ कार्तिक १, शनिबार २१:२७ गते
हजुरको प्रतिक्रिया