रास्वपाको उम्मेदवार हुन गाउँपालिका वडाध्यक्षले एक हजारदेखि महानगरपालिका मेयर/उपमेयरले ३० हजारसम्म शुल्क

रास्वपाको उम्मेदवार हुन गाउँपालिका वडाध्यक्षले एक हजारदेखि महानगरपालिका मेयर/उपमेयरले ३० हजारसम्म शुल्क

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ कार्तिक ५ गते बिहिबार ०४:२७

सभापति रवि लामिछानेको उपस्थितिमा रास्वपाले गत साउन १३ गते सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार ‘क्यान्डिडेट क्लब’ घोषणा गरेपछि आवेदन खुला भएको हो ।

कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि पार्टीको आधिकारिक उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको जनाएको छ ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने उद्देश्यले नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला गरेको छ । त्यो सँगै रास्वपाले पार्टीका तर्फबाट उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूका लागि Candidate Club मार्फत आवेदन दिनका लागि शुल्क समेत निर्धारण गरेको सूचना जारी गरेको छ ।
कति छ त पद अनुसारको आवेदन शुल्क ?
१) पद अनुसारको आवेदन शुल्क विवरण :
पद/स्थानीय तहआवेदन शुल्क (रु.) मा
आवदेनका साथ शुल्क पनि सँगै राख्नु पर्ने छ । जसमा महानगरपालिका मेयर/उपमेयर २५ हजार रुपैयाँ । उपमहानगरपालिका मेयर/उपमेयर २० हजार रुपैयाँ, नगरपालिका प्रमुख/उपप्रमुख १५ हजार रुपैयाँ । गाउँपालिका अध्यक्ष/उपाध्यक्ष १० हजार रुपैयाँ, वडा अध्यक्ष पाँच हजार रुपैयाँ, वडा सदस्य एक हजार रुपैयाँ आवेदन शुल्क तोकिएको छ ।
२) आवश्यक कागजात र सर्तहरू :
कागजात : शुल्कसँगै आवेदन फारम भर्दा आवश्यक कागजात र स्व–घोषणा पत्र बुझाउन अनिवार्य गरिएको छ ।
योग्यता : योग्य, इमानदार, सुशासन र परिवर्तनका लागि प्रतिबद्ध हरेक नागरिकलाई यो अभियानमा सहभागी हुन आह्वान गरिएको छ ।
३) क्यान्डिडेट क्लबमा आवेदन कसरी दिने ? के–के गर्नुपर्छ ?
इच्छुक व्यक्तिहरूले रास्वपाको आधिकारिक मोबाइल एप (RSP Mobile App) मा लगइन गरेर आवेदन फारम भर्न सक्नेछन् ।
आगामी स्थानीय तहको निर्वाचनका लागि योग्य, इमानदार र सक्षम उम्मेदवार छनोट गर्न ‘क्यान्डिडेट क्लब’ मा आवेदन खुला गरेको जनाएको छ । स्थानीय तहको उम्मेदवार बन्न चाहने आकांक्षीहरूले क्यान्डिडेट क्लबमा आवेदन दिनुपर्नेछ । रास्वपाले पालिका र वडा क्यान्डिडेट क्लब गरी दुई किसिमको क्लब गठन गरेको छ, जसमा सहभागी हुन संवैधानिक, कानुनी, पार्टी विधान बमोजिमको योग्यता र स्वघोषणा अनिवार्य छ । जसमा व्यक्तिगत पृष्ठभूमि, विज्ञता र आधारभूत योग्यताको तथ्याङ्क सङ्कलन र परीक्षण गरिनेछ ।
रास्वपाका महामन्त्री विपिन आचार्यले पार्टीले स्थानीय तहमा इमानदार, सक्षम र स्पष्ट योजनासहित काम गर्न इच्छुक व्यक्तिहरूलाई उम्मेदवार बन्ने प्रक्रियामा सहभागी गराउन क्यान्डिडेट क्लबको आवेदन खुला गरेको जानकारी दिनु भयो ।
नगरपालिकाको नेतृत्वदेखि वडा तहसम्मका जनप्रतिनिधि छनोट गर्ने यस अभियानले स्थानीय तहमा काम गर्न इच्छुक व्यक्तिहरूलाई पार्टीको उम्मेदवार बन्ने प्रक्रियामा सहभागी हुने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
सभापति रवि लामिछानेले नेतृत्वमा आएका कयौं मानिसहरूका कयौं कुराहरू उठ्दै आउँछन् । त्यसकारणले ‘क्यान्डिडेट क्लब’ भित्र ल्याएर ती सबै कुराहरूलाई हेरेर राजनीतिक रूपमा, सामाजिक रूपमा र अन्य मापदण्डका आधारमा उम्मेदवार चयन गर्नको लागि यो क्लब गठन गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सुरुवातमा हामी गाउँपालिकाबाट सुरु गर्दैछौं । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र गाउँपालिका अन्तर्गतका वडा, वडाका अध्यक्षलगायतका जति पनि पदहरू राजनीतिक पद छन् । त्यसका लागि आवेदन आजबाट औपचारिक रूपमा खुला गर्न गइरहेको छौं आजदेखि आउँदो स्थानीय तह निर्वाचनमा गाउँपालिकामा उम्मेदवारी दिने सबैले पार्टीको क्याण्डिडेट क्लबमा आवेदन दिन सक्नुहुनेछ ।’
पार्टीलाई आवश्यक नेतृत्व खोज्ने प्रक्रियामा ‘मेरिटोक्रेसी’ कायम गर्न ‘क्याण्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’को अवधारणा अघि सारिएको उहाँको भनाइ छ ।
सभापति रविले ‘क्यान्डिडेट क्लब’ औचित्यका बारेमा प्रकाश पार्दै भन्नुभयो, ‘पार्टीलाई आवश्यक परेको नेतृत्वको खोजी गर्ने राजनीतिसँगैको एउटा मेरिटोक्रेसीको बिन्दु के होला ? भन्ने सोचेर हामीले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’को अवधारणा ल्याएका हौं । यो एउटा दलको लागि मात्र नभई नेपालको समग्र राजनीतिमा योगदान दिन सकिन्छ कि भनेर ल्याइएको हो, उम्मेदवार बन्नका लागि आवश्यक पर्ने कतिपय अवस्थामा केही कानुनी झमेलामा पो छ कि ? केही आर्थिक वा सामाजिक किसिमका अप्ठ्याराहरू पो छन् कि ? पारिवारिक किसिमका झमेलाहरूमा पो छ कि ? भन्ने जान्न जरुरी रहेछ ।’
सभापतिले ‘क्यान्डिडेट क्लब’लाई रास्वपाभित्रको उम्मेदवार छनोटको प्रक्रियामा मात्र सिमित नराखी समग्र नेपाली राजनीतिमा योगदान पु¥याउने उद्देश्यले ल्याइएको बताउनु भएको छ ।
‘गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको उम्मेदवार हुनका लागि हामीलाई प्राप्त आवेदनको संख्या देखेर हौसला पाइरहेका छौं,’ महामन्त्री आचार्यको भनाइ छ ।
प्राइमरी इलेक्सनका मतदाता सम्बन्धित स्थानका सबै सदस्य हुने छन् । सम्बन्धित पालिकाका पार्टी सदस्यहरूलाई भारांक सबैभन्दा बढी ७५ प्रतिशत छ । उम्मेदवार हुन इच्छुकले आवेदनपश्चात् लिडरसिप एकेडेमीको कक्षा लिनुपर्छ
विगतमा अन्य राजनीतिक दलमा नरहेको र रास्वपाको सदस्यता लिएको व्यक्तिको हकमा सदस्यता लिएको ४५ दिन पूरा भएपछि उम्मेदवार क्लबमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ । अन्य दल त्यागेकाहरूको हकमा तीन महिना पुगेको भए मात्रै उम्मेदवार क्लबमा आवेदन पेस गर्न सकिनेछ ।
समाजका प्रतिष्ठित, विज्ञ, सार्वजनिक रूपमा स्वच्छ छवि भएका व्यक्तिको हकमा तोकिएका समिति तथा निकायहरूको सहमतिबमोजिम विशेष प्रक्रियामार्फत आवेदन दिन सकिने विधि बनाइएको छ ।
नगरपालिकामा पनि इच्छुकले उम्मेदवारीको आवेदन दिन सक्ने :
रास्वपाले नगरपालिकामा जनप्रतिनिधि हुन इच्छुक उम्मेदवारका लागि आवेदन खुला गरेको छ । रास्वपाबाट नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको उम्मेदवार हुन आकांक्षीका लागि आवेदन असोज २९ गतेबाट खुला गरिएको हो ।
भदौ १ गतेदेखि क्यान्डिडेट क्लबमा गाउँपालिकाको आवेदन खुला गरेको रास्वपाले नगरपालिकामा पनि आवेदन खुलाएको हो । गाउँपालिकामा जस्तै आवेदन पार्टीको मोबाइल एप मार्फत दिन सकिने व्यवस्था गरेको छ ।
कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि पार्टीले उम्मेदवार छनोट गर्ने :
पार्टीको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखाअन्तर्गत सुरु गरिएको यस प्रक्रियामार्फत देशभरका २७६ नगरपालिकामा प्रमुख (मेयर) २७६ जना, उपप्रमुख (उपमेयर) २७६ जना, वडाध्यक्ष ३ हजार ११९ जना र वडा सदस्य १२ हजार ४७६ जनाका लागि उम्मेदवार छनोट गरिने जनाइएको छ ।
यसरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि पार्टीको आधिकारिक उम्मेदवार छनोट प्रक्रिया अघि बढ्नेछ ।
सभापति रवि लामिछानेको उपस्थितिमा रास्वपाले गत साउन १३ गते सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार ‘क्यान्डिडेट क्लब’ घोषणा गरेपछि आवेदन खुला भएको हो ।

प्रकाशित मिति २०८३ कार्तिक ६, बिहीबार १६:२७ गते
हजुरको प्रतिक्रिया