रास्वपा सभापति रवि लामिछाने तीर्थाटनका लागि सदम्पती भारततर्फ प्रस्थान

रास्वपा सभापति रवि लामिछाने तीर्थाटनका लागि सदम्पती भारततर्फ प्रस्थान

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ कार्तिक ६ गते शुक्रबार ११:०३

सभापति लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।

सभापतिको टोली काठमाडौंबाट धनगढी हुँदै भारततर्फ लाग्नु भएको हो ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि सदम्पती भारततर्फ प्रस्थान गर्नु भएको छ । उहाँ पत्नी निकिताका साथमा कार्तिक ६ गते भारततर्फ प्रस्थान गर्नु भएको हो । उनीहरूको साथमा मन्त्री प्रतिभा रावल पनि हुनुहुन्छ ।
सभापति रवि तीनदिवसीय आध्यात्मिक तथा पारिवारिक भ्रमणमा भारत जानु भएको हो उहाँको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार यो भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन हो ।
आज बिहान काठमाडौंबाट हवाईजहाजमा धनगढी प्रस्थान गरेका उहाँहरू त्यहाँबाट भारततर्फ जाने कार्यक्रम छ ।
लामिछानेको सचिवालयले यो भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भनेको छ ।
भ्रमणका क्रममा सभापति लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।
तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने स्वदेश फर्किने सचिवालयले असोज ४ गते जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति २०८३ कार्तिक ७, शुक्रबार ११:०३ गते
हजुरको प्रतिक्रिया