बेसीशहर– किड जोन मन्टेश्वरीको १० औँ वाषिकोत्सव समारोह विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । बेसीशहर नगरपालिका– ७ स्थित सो विद्यालयका छात्रछात्राले विविध सांगीतिक तथा साँस्कृतिक कार्यक्रम माघ १२ गते प्रस्तुत गरे ।
यसैगरी महिला अभिभावकहरूको एकल नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो । उक्त नृत्य प्रतियोगितामा पूर्णिमा गुरुङ प्रथम हुनुभएको छ । सो प्रतियोगितामा ८ जना अभिभावकको सहभागिता थियो । प्रतियोगितामा प्ले गु्रपका अभिभावक पूर्णिमा गुरुङले पहिलो हुनु भयो भने यु.के.जीका अभिभावक पूर्णिमा गुरुङ दोस्रो तथा आशकुमारी गुरुङ तेस्रो हुनुभएको प्रिन्सिपल सरोजचन्द्र रेग्मीले जानकारी दिनु भयो । उहाँका अनुसार मञ्जरी नाट्य समूहका अध्यक्ष केदार बोहरा प्रतियोगिताको निर्णायक हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘विजेताहरूलाई पुरस्कार स्वरुप मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ । अध्ययनसँगै अतिरिक्त क्रियाकलापममा बालवालिकालाई प्रेरित गर्ने तथा हौसला प्रदान गर्ने उद्देश्यले विद्यालयले विद्यार्थीहरुको विविध खेलकुद प्रतियोगितासँगै अभिभावक लक्षित कार्यक्रम आयोजना गरेको हो ।
’
उक्त अवसरमा कक्षा प्ले ग्रुपदेखि यूकेजीसम्मका बालबालिकाको सांगीतिक प्रस्तुतीले थप मनोरञ्जन प्रदान गरेको थियो । यसैगरी, ल्याण्ड स्टार बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीले ‘कुरुप आमा’ नामक सन्देसमूलक नाटक प्रदर्शन गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा विद्यालयका प्रिन्सिपल सरोजचन्द्र रेग्मीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
ल्याण्ड स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल ईश्वर पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । सो अवसरमा विद्यालयका सञ्चालक भोजबहादुर रिमाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक पूर्णिमा तामाङले गर्नुभएको थियो ।
किड जोन मन्टेश्वरी ल्याण्ड स्टार बोर्डिङ स्कुलको पूर्व प्राथमिक विद्यालय हो । सो विद्यालयले वार्षिकोत्सवको उपलक्ष्यमा माघ ७ गतेदेखि विद्यार्थी, शिक्षक र अभिभावकहरूका लागि विविध मैत्रीपूर्ण खेल समेत सञ्चालन गरेको विद्यालयले जानएको छ ।
प्रकाशित मिति २०७९ माघ १३, शुक्रबार २१:१६ गते