किड जोन मन्टेश्वरीको १० औँ वाषिकोत्सवमा विविध कार्यक्रम

किड जोन मन्टेश्वरीको १० औँ वाषिकोत्सवमा विविध कार्यक्रम

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ १३ गते शुक्रबार ०९:१६

उक्त अवसरमा कक्षा प्ले ग्रुपदेखि यूकेजीसम्मका बालबालिकाको सांगीतिक प्रस्तुतीले थप मनोरञ्जन प्रदान गरेको थियो । यसैगरी, ल्याण्ड स्टार बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीले ‘कुरुप आमा’ नामक सन्देसमूलक नाटक प्रदर्शन गरेका थिए ।

अभिभावक नृत्य प्रतियोगितामा पूर्णिमा पहिलो

बेसीशहर– किड जोन मन्टेश्वरीको १० औँ वाषिकोत्सव समारोह विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । बेसीशहर नगरपालिका– ७ स्थित सो विद्यालयका छात्रछात्राले विविध सांगीतिक तथा साँस्कृतिक कार्यक्रम माघ १२ गते प्रस्तुत गरे ।
यसैगरी महिला अभिभावकहरूको एकल नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो । उक्त नृत्य प्रतियोगितामा पूर्णिमा गुरुङ प्रथम हुनुभएको छ । सो प्रतियोगितामा ८ जना अभिभावकको सहभागिता थियो । प्रतियोगितामा प्ले गु्रपका अभिभावक पूर्णिमा गुरुङले पहिलो हुनु भयो भने यु.के.जीका अभिभावक पूर्णिमा गुरुङ दोस्रो तथा आशकुमारी गुरुङ तेस्रो हुनुभएको प्रिन्सिपल सरोजचन्द्र रेग्मीले जानकारी दिनु भयो । उहाँका अनुसार मञ्जरी नाट्य समूहका अध्यक्ष केदार बोहरा प्रतियोगिताको निर्णायक हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘विजेताहरूलाई पुरस्कार स्वरुप मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ । अध्ययनसँगै अतिरिक्त क्रियाकलापममा बालवालिकालाई प्रेरित गर्ने तथा हौसला प्रदान गर्ने उद्देश्यले विद्यालयले विद्यार्थीहरुको विविध खेलकुद प्रतियोगितासँगै अभिभावक लक्षित कार्यक्रम आयोजना गरेको हो ।’
उक्त अवसरमा कक्षा प्ले ग्रुपदेखि यूकेजीसम्मका बालबालिकाको सांगीतिक प्रस्तुतीले थप मनोरञ्जन प्रदान गरेको थियो । यसैगरी, ल्याण्ड स्टार बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीले ‘कुरुप आमा’ नामक सन्देसमूलक नाटक प्रदर्शन गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा विद्यालयका प्रिन्सिपल सरोजचन्द्र रेग्मीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
ल्याण्ड स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल ईश्वर पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । सो अवसरमा विद्यालयका सञ्चालक भोजबहादुर रिमाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक पूर्णिमा तामाङले गर्नुभएको थियो ।
किड जोन मन्टेश्वरी ल्याण्ड स्टार बोर्डिङ स्कुलको पूर्व प्राथमिक विद्यालय हो । सो विद्यालयले वार्षिकोत्सवको उपलक्ष्यमा माघ ७ गतेदेखि विद्यार्थी, शिक्षक र अभिभावकहरूका लागि विविध मैत्रीपूर्ण खेल समेत सञ्चालन गरेको विद्यालयले जानएको छ ।

प्रकाशित मिति २०७९ माघ १३, शुक्रबार २१:१६ गते
हजुरको प्रतिक्रिया