आदर्श पुरुष यादव उपराष्ट्रपतिमा निर्वाचित

आदर्श पुरुष यादव उपराष्ट्रपतिमा निर्वाचित

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत ३ गते शुक्रबार ०८:४०

प्रेरणादायी व्यक्तित्वका धनी नेता यादव : पछिल्ला १५ वर्षदेखि एउटै घरमा डेरा : आज पनि सुत्ने खाटसम्म छैन । उहाँको कोठा अत्यन्तै सामान्य छ । उहाँ चौथोे कार्यकालका लागि निर्वाचित हुनु भएको हो ।

नवनिर्वाचित उपराष्ट्रपतिको आज पनि सुत्ने खाटसम्म छैन । उहाँको कोठा अत्यन्तै सामान्य छ । त्यहाँ खाट समेत छैन । उहाँ र कान्छा छोरा भुइँमै सुत्ने गर्नु हुन्छ ।

नवनिर्वाचित

काठमाडौँ । उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार ५२ वर्षीय रामसहाय प्रसाद यादव निर्वाचित हुनु भएको छ । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित हुनु भएको हो ।
निर्वाचित यादवले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ सांसदको मत पाउनु भएको छ । पराजित शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फ १०४ सांसदको मत पाउनु भयो । जनमत पार्टीकी ममताले प्रदेशतर्फ १५ सांसदले मत पाउँदा संघतर्फ २३ सांसदको मत पाउनु भएको छ । उम्मेदवारी निष्क्रिय बनाउनु भएकी जसपाकी प्रमिला यादवले प्रदेशतर्फ १ सांसदको मत पाउनु भएको छ ।
सो निर्वाचनमा ८२९ मत खसेको थियो । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको हो ।
उपराष्ट्रपतिको चौथोे कार्यकालका लागि निर्वाचित हुनु भएका यादवले ३० हजार ३२८ मतभारसहित निर्वाचित हुनु भएको हो । उहाँले प्रदेशतर्फको ३२९ मत र संघतर्फको १८४ मत पाउनु भएको छ । नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्य दोस्रो मतभारसहित पराजित हुनुभयो । शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फको १०४ मत अर्थात कुल मतभार १६ हजार ३२८ प्राप्त गर्नुभयो ।
जनमत पार्टीका तर्फबाट उमेदवार बनेकी ममता झाले संघतर्फको २३ र प्रदेशतर्फको १५ मत गरी कुल दुई हजार ५३७ मतभार पाउनु भएको छ ।
जसपाले प्रोक्सी उमेदवार बनाएकी प्रमिला कुमारीले सार्वजनिक विज्ञप्तिमार्फत आफ्नो उमेदवारी फिर्ता लिए पनि कानुनीरुपमा उहाँको नाम कायम थियो । उहाँले प्रदेशतर्फको एक मत पाउनु भएको छ ।
नवनिर्वाचित उपराष्ट्रपति यादवलाई सत्ता गठबन्धनमा रहेका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीको साथ रहेको थियो ।
रामसहाय शिक्षकदेखि उपराष्ट्रपतिसम्म :
यादव बाराको कर्चोवा गाविसमा जन्मिनु भएको हो । यादव २०२७ साउन ९ गते बाबु प्रसादराय यादव र सिंहवादेवी यादवको कोखबाट जन्मिनु भएका उहाँको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छन् । राजनीतिमा आउनुअघि शिक्षण पेसामा आवद्ध उहाँले भारतको सितामढी कलेजबाट विज्ञान विषयमा स्नातक (बी.एस.सी) र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट शिक्षा संकायमा स्नातकसम्मको अध्ययन गर्नु भएको छ ।
२०४७ सालमा नेपाल सद्भावना पार्टीमा आवद्ध भएर राजनीतिक यात्रा आरम्भ गर्नु भएका यादव २०४८ मा शिक्षण पेशामा संलग्न हुनुभएको थियो । १६ वर्ष अर्थात् २०६४ सालसम्म शिक्षण पेशमा संलग्न रहनु भएका यादवले बाराको कलैयामास्थित पन्नादेवी कन्या माद्यामिक विद्यालयमा विज्ञान र गणित बिषयको शिक्षकको भूमिकामा हुनुहुन्थ्यो । २०६४ सालपछि पूर्णकालीन राजनीतिमा लागेका थिए । २०४७ सालमा उनी तत्कालीन सद्भावना पार्टीका अध्यक्ष गजेन्द्र नारायण सिंहबाट प्रेरित भएर राजनीतिमा लाग्नु भएको हो ।
उहाँ मधेस आन्दोलनका दौरान पटक– पटक जेल पर्नु भएको व्यक्ति हो । काठमाडौंको भद्रकालीमा २०४७ को संविधान जलाउने क्रममा गजेन्द्रनारायण सिंह, हृदेयश त्रिपाठी, रामेश्वर रायसँगै उहाँ पनि पक्राउ पर्नु भएको थियो ।
२०५९ मा राजविराजमा भएको सद्भावनाको पाँचौं महाधिवेशनमा उहाँ पार्टी विभाजनको विरोधमा आमरण अनसनमा बस्नु भयो । आनन्ददेवीको नेतृत्वमा पार्टी एकता हुनुपर्ने पक्षमा रहनु भएको यादवले आनन्ददेवीको नेतृत्वमा नेपाल सद्भावना पार्टी (आनन्ददेवी) गठन भएपछि अनसन तोडनु भएको हो ।
सशस्त्र द्वन्द्वकालमा उपेन्द्र यादव दिल्लीमा पक्राउ परे पछि उहाँ भारतमा भूमिगत भएर नेपालमा संगठन बिस्तारमा प्रयासरत रहनु भयो । २०६० फागुन ७ गते रामसहायले बारामा ९ सदस्यीय जिल्ला कमिटी गठन गरी बाराका संस्थापक जिल्ला अध्यक्ष बन्नुभयो । २०६० मा नै भएको पटना बैठकबाट उनी केन्द्रीय सदस्य चयन हुनु भएको हो ।
२०६२–६३ को जनआन्दोलनमा सक्रियतापूर्वक भाग लिनु भएका उहाँ काठमाडौंबाट गिरफ्तारीमा समेत पर्नु भयो ।
२०६३ माघ १ गते सरकारले अन्तरिम संविधानमा जारी गर्यो तर संविधानमा असन्तुष्टि जनाउँदै उसले माघ २ गते संविधान जलाउने निर्णय गर्यो । मधेशी नेताहरूले संविधान जलाएर फेरी उहाँ पक्राउ पर्नु भयो ।
यादवले पटक–पटक पार्टी महासचिव बन्ने अवसर पाउनु भएका उहाँ २०६५ सालमा पार्टी (मधेशी जनअधिकार फोरम)को महासचिव चुनिनु भयो ।
२०७२ सालमा मधेशी जनअधिकार फोरम र अशोक राई नेतृत्वको संघीय समाजवादीसँग पार्टी एकता भयो । उहाँ संघीय समाजवादी फोरम, नेपालको पनि महासचिव हुनुभयो । २०७५ सालमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी एकीकरण भएर समाजवादी पार्टीको पनि महासचिव नै बन्नुभयो ।
२०७६ मा समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भयो र जनता समाजवादी पार्टी, नेपाल बन्यो । त्यसको उहाँ केन्द्रीय कार्यकारिणी समिति सदस्य बन्न पुग्नु भयो ।
संसदीय यात्रा :
यादव २०६४ सालको पहिलो संविधानसभाको सदस्य हुनु भएका उहाँ मधेशी जनअधिकार फोरमबाट २०७४ मा समानुपातिक सांसद चुनिनु भयो ।
०७४ को निर्वाचनमा बारा क्षेत्र नम्बर– २ मा संघीय समाजवादी फोरम, नेपालबाट निर्वाचित हुनु भएका यादवले शेरबहादुर देउवा नेतृत्वको सरकारमा नौ महिने मन्त्री बन्ने अवसर पाउनु भयो । २०७८ असोज २२ गते देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री बन्नु भएको थियो ।
०७९ असारमा पार्टीको भागबण्डा मिलाउँदा उनलाई जसपाले सरकारबाट फिर्ता बोलाएको थियो । मंसिर ४ गते भएको निर्वाचनमा उनी बारा क्षेत्र २ बाट पुनः निर्वाचित हुन भएको हो ।
नेता अशोक राईलाई रोक्दै गएको पुस १३ गते संसदीय दलको नेता चुनिनु भएका यादव मधेशी जनअधिकार फोरमदेखि जसपा आइपुग्दा अध्यक्ष अध्यक्ष उपेन्द्र यादवको विश्वास पात्र बनिरहनु भएका छ ।
पार्टी अध्यक्ष यादवले चुनाव हार्दा पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका रामसहायले संसदीय दलको नेता बन्ने अवसर पाउनु भएको हो ।
उपराष्ट्रपतिमा निर्वाचित भएका यादवले पार्टी तथा सरकारको प्रतिनिधि भई अमेरिका, पोल्याण्ड, चीन, बेलायत, (स्कटल्याण्ड, इंग्ल्याण्ड) बेल्जियम, युएई (संयुक्त अरब इमिरेट्स) लगायतका देशको भ्रमण गर्नु भएको छ । पछिल्लो समय जनता समाजवादी पार्टीका कार्यकारीणी सदस्य र संसदीय दलको नेताको भूमिकामा रहनु भएका उहाँले अब उपराष्ट्रपतिमा निर्वाचित भएसँगै पार्टीको भूमिका छाड्नु हुनेछ ।
प्रेरणादायी व्यक्तित्वका धनी नेता यादव :
यादवलाई पार्टीमा सबैले भद्र, शालीन र इमानदार छविको नेता भनेर चिन्छन् । उहाँलाई नजिकबाट चिन्नेहरूले ‘गौप्राणी’को संज्ञा दिएका छन् । उहाँ पार्टी र पार्टीको सोचभन्दा बाहिर नजाने नेता हो । थुप्रै आरोह– अवरोह र संकटमा पनि पार्टीमै रहनुभयो । पार्टीले जित्दा होस् वा हार्दा, उहाँको स्वभावमा कुनै परिवर्तन आएन ।
जनता समाजवादी पार्टी (जसपा)का यादव स्वच्छ छवि भएको इमानदार नेताका रूपमा चिनिनु हुने यादवको कुनै किसिमको तामझाम नगरी ’लो’ प्रोफाइलमा बस्ने बानी छ । यादवसँग आफ्नो निजी सवारी साधन पनि छैन । उनी संसद भवन बानेश्वरदेखि पार्टी कार्यालय बालकुमारी लगायत सबै ठाउँ पैदलै पुग्ने गर्नु हुन्छ । हतार भएको बेला सार्वजनिक यातायातको उपयोग गर्नु हु्रन्छ ।
हिजोआजको जमानामा अहिलेको राजनीतिमा यति सरल व्यक्ति पाउन कठिन छ । यस्ता व्यक्ति हम्मेसी राजनीतिमा आउँदा पनि आउँदैनन्, आए पनि टिक्दैनन् र टिके पनि सफल हुँदैनन् । तर उहाँले सबै मानक तोड्नुभएको छ । उहाँको शालीनता, इमानदारी र कार्यशैलीको पार्टीले राम्रो मूल्यांकन गरेको छ । यादवको जितले कार्यकर्ताहरूमा उत्साह बढेको छ, सोझो मान्छेको पनि राजनीतिमा उचित मूल्यांकन हुँदो रहेछ भन्ने सन्देश गएको छ ।
उपराष्ट्रपति यादव पछिल्ला १५ वर्षदेखि एउटै घरमा डेरा : आज पनि सुत्ने खाटसम्म छैन :
स्मरणीय छ, नवनिर्वाचित उपराष्ट्रपति यादव पछिल्ला १५ वर्षदेखि शंखमुल स्थित एउटै घरमा डेरा बसिरहनु भएको छ । २०६४ मा संविधानसभाको सभासद बनेर काठमाडौं आएपछि उहाँ शंखमूलको सो घरमा बस्न थाल्नु भएको हो । उनी बस्न थाल्दा उक्त फ्ल्याटको भाडा ७ हजार रूपैयाँ थियो । अहिले २२ हजार पुगेको उहाँको परिवार स्रोतको भनाई छ ।
उहाँको कोठा अत्यन्तै सामान्य छ । त्यहाँ खाट समेत छैन । उहाँ र कान्छा छोरा भुइँमै सुत्ने गर्नु हुन्छ । चार कोठाको फ्ल्याटमा यादव आफ्ना दुई छोरा र छोरीसँग बस्ने गर्नु भएको छ । उहाँका छोराछोरी काठमाडौंमा पढ्दै छन् । श्रीमती चम्पादेवी यादव कलैयामै बस्नु हुन्छ । २०७४ को निर्वाचनपछि यादव नौ महिना वनमन्त्री हुँदा श्रीमती यादव एकचोटि मात्र काठमाडौं आउनु भएको छ ।

प्रकाशित मिति २०७९ चैत्र ३, शुक्रबार २०:४० गते
हजुरको प्रतिक्रिया