रास्वपा जनताको काम गर्न सरकारमा जान खोजेको हो : गौतम

रास्वपा जनताको काम गर्न सरकारमा जान खोजेको हो : गौतम

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत ११ गते शनिवार १२:१२

गण्डकी प्रदेश सभापति राजन गौतमले रास्वपा गणतान्तिक, संवैधानिक समाजवादी पार्टी भएको बताउनु भयो । आफ्नो निजी स्वार्थका लागि नभई आमनागरिकको स्वार्थ अर्थात हितमा काम गर्नका लागि सरकारमा जान चाहेको हो

रास्वपाको लमजुङ शाखा कार्यालय उदघाटन

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी()का गण्डकी प्रदेश सभापति राजन गौतमले आफ्नो निजी स्वार्थका लागि नभई आमनागरिकको स्वार्थ अर्थात हितमा काम गर्नका लागि सरकारमा जान चाहेको हो तर हामी उपनिर्वाचन अघि सरकारमा सहभागी हुने नहुने भन्ने निर्णय हुन बाँकी रहेको बताउनु भएको छ । उहाँले सो पार्टीको यहाँ स्थापित पार्टी कार्यालयको उदघाटन गर्र्दै पत्रकारहरूसँगको अन्तरक्रियामा चैत ११ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले आफ्नो पार्टी जनताको आवाज उठाउने पार्टी भएको बताउनु भयो । उहाँले पार्टीको रङ्ग आकाशे निलोको अर्थ बताउँदै त्यस्तो स्वच्छ, निष्कलंक हुनु त्यस्ता स्वच्छ व्यक्ति वा त्यस्तो धारणा भएका व्यक्तिहरू आफ्नो पार्टीमा आवद्ध हुन सक्ने बताउनु भयो । उहाँले आफ्नो पार्टी आफैमा यौटा अभियान समेत भएको बताउँदै यसमा जोडिनका लागि हिच्किचाउने पर्ने नभएको उल्लेख गर्नु भयो । उहाँले पत्रकारहरूका जिज्ञासाको उत्तर दिदै आफ्नो दल गणतान्तिक, संवैधानिक समाजवादी पार्टी भएको बताउनु भयो । उहाँले वर्तमान संविधान विश्वका १० उत्कृष्ठ संविधानमा पर्ने उल्लेख गर्दैै त्यसमा ३३ वटा मौलिक हकको व्यवस्था गरिएको छ तर कार्यान्वयन पक्ष भने निकै कमजोर रहेको अनुभूति भएको छ हाम्रो पार्टी त्यस्ता कमजोरीलाई चिर्न चाहन्छ भन्नुभयो ।
उहाँले परराष्ट्र नीतिका बारेमा प्रष्ट्याउँदै पञ्चशील र असंलग्न रहने र यो देशलाई दुई देश बीचको तरुल नभई हिरा बनाउनुपर्छ, सकिन्छ, हामी त्यो अभियानमा छौं भन्नुभयो । उहाँले सञ्चारमाध्यमलाई तीन शक्ति अर्थात व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको शक्ति सन्तुलनलाई पर्यवेक्षण गर्ने राज्यको चौथो अंगका रुपमा रास्वपाले लिएको बताउनु भयो ।
रास्वरा सरकारमा जान हतारिएको हो ? भन्ने जिज्ञासामा जनताको काम गर्नका लागि जाने मानसिकतामा रहेको हो, हाम्रो स्वार्थका लागि वा भ्रष्टाचार गर्न सरकारमा जान खोजेको होइन भन्नुभयो । उहाँले भन्नुभयो, ‘जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएको हुँदा गृह मन्त्रालय चाहेको उल्लेख गर्दै सरकारमा गएर राम्रो नगरेमा मात्र प्रश्न गर्न सक्नु ।’
लामो सयमसम्म शिक्षासँग जोडिनु भएका गौतमले झण्डै १२ वर्षसम्म क्याम्पस प्रमुखको भूमिका निभाउनु भएको थियो । उहाँले नवलपरासी जिल्लामा गत संविधान सभा निर्वाचनमा २४ हजार ३०५ मत ल्याउनु भई २७ सय मतले हारको मार खेप्नु भएको व्यक्तित्व हो ।
सो पार्टीको नवस्थापित कार्यालयमा गरिएको पत्रकार भेटघाटका अवसरमा पत्रकारहरूलाई स्वागत गर्नु हुँदै सो पार्टीका जिल्ला संयोजक धर्म केसीले जिल्लामा पार्टीले गरिआएका कामका बारेमा जानकारी दिनु भएको थियो । उहाँले हिजोका दिनसम्म जिल्लाका तीन नगरपालिकामा पार्टीको संरचना बनिसकेको र आज बेसीशहर नगरपालिकाको कमिटि गठन गर्नका लागि भेला हुने तयारी रहेको जानकारी दिनुभयो । उहाँले आफ्नो पार्टीले जिल्लाका सबै गतिविधिलाई नजिकबाट हेरिरहेको उल्लेख गर्नु भयो । अर्को एक प्रसङ्गमा यहाँले पार्टीको पालिकाहरूको भेला र कमिटि गठन कार्य आउँदो बैशाख १० गते पछि मात्र हुने जानकारी दिनुभयो ।
अनौपचारिक रुपमा गरिएको उक्त कार्यक्रमको सञ्चालन सुन्दरजार नगरपालिकाका सभापति श्याम केसीले सञ्चालन गर्नु भएको पत्रकार अन्तरक्रिया कार्यक्रम अनौपचारिक रुपमा गरिएको थियो ।

प्रकाशित मिति २०७९ चैत्र ११, शनिबार १२:१२ गते
हजुरको प्रतिक्रिया