युवा पिँढी विद्यमान शासन प्रणालीप्रति असन्तुष्ट हुँदै गएको पूर्वराजा ज्ञानेन्द्रको दावी

युवा पिँढी विद्यमान शासन प्रणालीप्रति असन्तुष्ट हुँदै गएको पूर्वराजा ज्ञानेन्द्रको दावी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख १ गते शुक्रबार ०७:०१

उत्पादन, आर्जन एवम् समुचित वितरण र परिचालनमा उपयुक्त ध्यान नदिँदा जनसाधारणमा समस्या तथा आक्रोश बढ्नु स्वभाविक हो । यस्तो अवस्थामा कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहीन आरोप थोपरेर हुँदैन विज्ञप्तिमा भनिएको छ ।

श्री ५ नै राखेर जारी विज्ञप्ति जारी

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहबाट युवा पीढिमा विद्यमान शासन प्रणाली र शासकीय गतिविधिप्रति असन्तुष्ट हुँदै गएको दावी गरिएको छ । पूर्वराजा शाहले नयाँ वर्ष २०८० को शुभकामना सन्देशमा चैत ३० गते त्यस्तो उल्लेख भएको हो ।
श्री ५ नै राखेर जारी विज्ञप्तिमा विगत तीन दशक बढी समयको अनर्थ प्रयत्न उपर उनीहरूमा चरम विद्रोहभाव देखिन थालेको उल्लेख छ ।
जारी विज्ञप्तिमा पूर्वराजाले हालैका दशकहरूमा जानेर वा नजानेर देशका विभिन्न पक्षहरूबाट भएका कमजोरीबाट देशले धेरै दुःख पाएको दावी गरिएको छ । उक्त विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो सरकारी ढुकुटी र सञ्चालित वित्तिय संस्थाहरूको आर्थिक कारोबार आम विपन्न वर्गको उत्थानमा छैन । सिमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लभा खुम्चिन गयो भन्ने आम जनगुजासो सुनिन्छ । उत्पादन, आर्जन एवम् समुचित वितरण र परिचालनमा उपयुक्त ध्यान नदिँदा जनसाधारणमा समस्या तथा आक्रोश बढ्नु स्वभाविक हो । यस्तो अवस्थामा कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहीन आरोप थोपरेर हुँदैन ।’
शाहबाट नेपाली माटो, नेपालको प्रकृति, नेपाली मौलिक संस्कृति र आम नेपालीको आशा अनुभूतिलाई बुझेर अग्रगतितर्फ लाग्न आग्रह गर्दै सबैमा विगतको कमीकमजोरी प्रति क्षमाशील भावना जागोस् भन्दै २०८० सालको शुभकामना सन्देशमा उल्लेख छ ।
पूर्वराजाको वक्तव्यको पूर्ण विवरण :

प्रकाशित मिति २०८० बैशाख १, शुक्रबार ०७:०१ गते
हजुरको प्रतिक्रिया