दुराडाँडा(लमजुङ)– कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान गत फागुन १३ गते स्थानीय पाणिनी संस्कृत माविको हातामा सम्पन्न भएको आठौं जिल्ला भेला तथा छैटौं वनभोज कार्यक्रममा स्थानीयस्तरमा सहयोग गर्नु हुने दाता महानुभावहरूको नामावली प्राप्त भएको छ । सो कार्यक्रममा दुराडाँडाका अधिकारीहरू प्रति परिवार पाँच सय रुपैयाँका दरले सहयोग रकम संकलन गर्ने सहमति भएको थियो । प्रस्तुत छ, त्यस कार्यमा सहयोग गर्नु हुने दाताहरूको नामावलीको पूर्ण विवरण :
हरिप्रसाद अधिकारी चारघरे, सञ्जीव अधिकारी चारघरे, महेन्द्रराज अधिकारी देवतापानी, टिकाराम अधिकारी जलुकेनी, सोही गाउँ निवासी सनतकुमार अधिकारी र पुष्पराज अधिकारी, जलुकेनीकै नवराज ‘क’, विश्वनाथ, नवराज ‘ख’, पुष्पराज ‘ख’, रमा, मुक्तिनाथ, दुर्गाभक्त, सन्तोष, निलकण्ठ र शिव अधिकारी, हरिभक्त अधिकारी उपल्लागाउँ, श्रीप्रसाद अधिकारी देवतापानी, सोही गाउँका विष्णुराज अधिकारी हुनुहुन्छ ।
यसैगरी, रमेश अधिकारी चारघरे, सोही गाउँका लोकनाथ र हरिशरण अधिकारी, स्वाँराका विन्दूराज अधिकारी, स्वाँराकै नवराज, अरुणकान्त, विमल तथा टिकाराम अधिकारी(ठाँटी) हुनुहुन्छ भने पुष्पराज र सरस्वती पनि सोही ठाउँका हुनुहुन्छ ।
उक्त पुण्यकर्ममा सहयोग गर्नु हुने अन्य दाता महानुभावहरूमा विप्लव र उदगम स्वाँरा, उपल्लागाउँ तथा लेखनाथ अधिकारी धगुवा, ईश्वरीप्रसाद ओख्लेपानी, सोही गाउँका तोयनाथ अधिकारी, नरेशकान्त अधिकारी चारघरे, गोविन्द गिरेचौर, सोही गाउँका लक्ष्मीप्रसाद र असीम, रोहटेपानीका बरुणकान्त, सोही गाउँका कमला र गीता अधिकारी हुनुहुन्छ । त्यस्तै, देवतापानीका सोमराज र कल्पना अधिकारी, जलुकेनीका तेजराज र बाबुराम अधिकारी, पिरिन्तीबेसीका बाबुराम अधिकारी, कछारथोकका नवराज अधिकारी, स्वाँराका सरस्वती, च्यानपाटाका सुरेन्द्र र धुसेनीका दामोदर अधिकारी हुनुहुन्छ ।
यसैगरी, वंश उत्थानको उक्त पुनित कार्यमा सहयोग गर्नु हुने अन्य अधिकारीवन्धुहरूमा जीवनाथ अधिकारी ओख्लेपानी, सूर्यकान्त पन्थे, अनुरोध चारघरे, स्वाँराका शोभा, रमेशचन्द्र(पूर्वप्रजिअ) र विष्णुप्रसाद अधिकारी हुनुहुन्छ भने रमेश अधिकारी र कृष्णप्रसाद अधिकारी पाँचघरे तथा नवराज पहाडी स्वाँरा उपल्लागाउँ हुनुहुन्छ । यसैगरी, सो कार्यक्रमका विशेष वक्तालाई काठमाडौंबाट माइक्रो बसको टिकट किनेर उहाँलाई सिउँडीबारसम्म पठाउने कार्यमा रामबाबु अधिकारी(जिल्ला अध्यक्ष नेकपा (एस)ले सात सय रुपैयाँ खर्चिनु भएको प्रतिष्ठानका केन्द्रीय सदस्य नवराज पहाडीले जानकारी दिनु भएको छ ।
यसप्रकार ६९ जनाबाट सो रकम संकलन भई उक्त कार्य सुसम्पन्न भएको स्थानीयस्तरमा संयोजन गर्नु हुने प्रतिष्ठानका निवर्तमान जिल्ला सदस्य श्रीप्रसाद अधिकारीबाट यो विवरण प्राप्त भएको प्रतिष्ठानका बहालवाला कार्यकारी सदस्य पुष्पराज अधिकारीले जानकारी दिनु भएको हो । उहाँका अनुसार सो कार्यमा परोक्ष रुपमा प्रतिष्ठानका केन्द्रीय सदस्य नवराज पहाडीको समेत सहयोग रहेको थियो ।
घुम्ती रुपमा सञ्चालन गरिदै आएको उक्त जिल्ला भेला तथा वनभोज कार्यक्रम यसअघि पहिलो वर्ष रुपाकोट, दोस्रो वर्ष उदीपुर, तेस्रो वर्ष तार्कु खहरे, चौथो वर्ष भोटेओडार, पाँचौं वर्ष भार्तेमा सम्पन्न भएको प्रतिष्ठानका केन्द्रीय सदस्य नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार आउँदो वर्षको उक्त कार्यक्रम राइनास नगरपालिकाको साहिलीटारमा हुने प्रवल सम्भावना रहेको छ ।
उक्त जिल्ला भेलाहरूमा अवसरमा ८४ वर्ष पुग्नु भएका बा– आमालाई सम्मान, कश्यप अधिकारी वंशबाट जनप्रतिनिधि सांसददेखि वडाध्यक्षसम्ममा निर्वाचित भएकाहरू तथा विभिन्न विषयमा विद्यावारिधि (पिएचडि) गर्नेहरूलाई सम्मान, हरेक वर्षको एसईईमा वंशबाट उत्कृष्ठ ठहर भएका एक एक जना किशोर, किशोरीलाई पुरस्कृत, लमजुङ जिल्लामा कार्यालय प्रमुखका रुपमा आएका कुलवंशका प्रतिनिधिहरूलाई सम्मान तथा वंंशबाट कुनै पनि सामाजिक संघसंस्थाको प्रमुख(अध्यक्ष) भएमा त्यस्ता व्यक्तित्वलाई पनि सम्मान गर्ने जस्ता कार्यक्रम गर्ने गरिएको प्रतिष्ठानका जिल्ला अध्यक्ष तुलसीविकास अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार यसवर्षबाट ब्राह्मण क्षेत्रीका संस्कार संस्कृतिका बारेमा सो विषयका चिन्तकहरूबाट विशेष प्रवचनको कार्यक्रम समेत थालनी गरिएको छ ।
यसैगरी, यो वर्षदेखि कुलवंशका विपन्न परिवार पहिचान गरी एक परिवारको एक बाबु या नानीलाई सरकारी विद्यालयमा पढ्दा लाग्ने सबैप्रकारका खर्च(किताव, कापी, कलम, ड्रेस, जाँच फि आदि) कक्षा– १२ सम्मका लागि प्रतिष्ठानले बेहोर गर्ने गरी छात्रवृत्ती प्रदान गर्ने, त्यस कार्यका लागि स्रोतको खोजी (ईच्छुक वन्धुबान्धबमध्येबाटै सहयोग लिएर) गर्ने, अक्षयकोष निर्माण र उक्त कोषमा कम्तिमा १० हजार रुपैयाँ सहयोग गर्नु हुनेहरूलाई सोही कार्यक्रममा सम्मान गर्ने गरिएको प्रतिष्ठानका जिल्ला सचिव गोविन्दप्रसाद अधिकारीले बताउनु भएको छ ।उहाँका अनुसार चालु शैक्षिकसत्रदेखि तीनजना छात्रछात्रालाई छात्रवृत्ती वितरणको घोषणा गरिसकिएको छ । उहाँले भन्नुभयो, ‘यस कार्यका लागि कोषको प्रवन्ध र थप छात्रवृत्तीका लागि बाबुनानीहरूको पहिचानका कार्य पनि जारी नै रहेका छन् ।’ प्रतिष्ठानले गरेका प्रभावकारी कार्यक्रम मध्ये छात्रवृत्तीको यो कार्यक्रम बढी प्रभावकारी हुने आंकलन गरिएको उहाँले बताउनु भयो ।
प्रकाशित मिति २०८० बैशाख १८, सोमबार १८:०७ गते