राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ जिल्ला वटै जिल्लामा खटायो सम्पर्क सांसद

राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ जिल्ला वटै जिल्लामा खटायो सम्पर्क सांसद

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार १५ गते शुक्रबार ०६:२०

रास्वपाले पार्टी सभापति लामिछाने संसदीय दलको नेता भएको हुँदा उहाँ जिल्ला तोकिएको छैन भने तनहुँ– १ बाट निर्वाचित डा. स्वर्णिम वाग्ले गोरखा, पर्सा, बैतडी र तनहुँको जिम्मामा छ ।

लमजुङ शिव नेपालीको जिम्मामा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ वटै जिल्लामा सम्पर्क सांसद तोकेको छ । देशभरका नागरिकहरूले सीधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म जनआवाज उजागर गर्न सघाउ पुगोस् भन्ने उद्देश्यले सम्पर्क सांसद असार १४ गते तोकिएको हो ।
रास्वपाले सम्पर्क सांसद तोक्नाको कारण खुलाउँदै भनेको छ, ‘देशको विद्यमान राजनैतिक परिस्थिति चुनौतिपूर्ण छ । एकअर्कामा खुट्टा तान्ने होडमा रहेका तमाम नेता र पद र सत्ताका लागि गठबन्धन गर्ने, नागरिकका सवालमा विमुख हुने दलहरूका कारण देश थप अस्थिरताको मार खेप्दै छ, जनता थिलथिलो भएका छन् । चरम बेथिति, भ्रष्टाचार, पट्यार लाग्दो सेवा विमुख प्रशासन, वर्षौं अलपत्र विकास योजना, झन्झटिला प्रक्रिया, कान थुनिएको न्याय प्रणाली, अटेरी व्यवस्था, विभेद, असमान आर्थिक उदारीकरण र तमाम जनभावना विरोधी गतिविधिले रुपान्तरणको खोजीमा हाम्रो आगमनलाई थप प्रतिक्षा गरिरहेको अवस्था छ ।’
रास्वपाले पार्टी सभापति लामिछाने संसदीय दलको नेता भएको हुँदा उहाँ जिल्ला नतोकिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनु भयो । उहाँका अनुसार उपसभापति डोलप्रसाद अर्याललाई बारा, धादिङ, कञ्चनपुर, कैलाली, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई गुल्मी, दार्चुला, अछाम र पाल्पा, प्रमुख सचेतक सन्तोष परियारलाई भक्तपुर, अर्घाखाँची, दैलेख र बाजुराको जिम्मा दिइएको छ । त्यस्तै सचेतक श्री निशा डाँगीलाई झापा, मोरङ, इलाम, सल्यान जिम्मा दिइएको उहाँको भनाई छ ।
यसैगरी, मनिष झालाई धनुषा, रौतहट, रुपन्देही र बझाङको सम्पर्क सांसद तोकिएको उहाँको भनाई छ ।
काठमाडौं– २ बाट निर्वाचत सोबिता गौतमले दोलखा, रामेछाप, सिन्धुपाल्चोक र जाजरकोट तोकिएको छ। सुमना श्रेष्ठलाई रसुवा, काठमाडौं, रूकुम (पूर्व) र रूकुम (पश्चिम) जिम्मा पाउनु भएको छ । काठमाडौं ६ का सांसद शिशिर खनाल रोल्पा, दाङ, सर्लाही, र सप्तरीमा तथा काठमाडौं– ७ बाट निर्वाचित सांसद गणेश पराजुलीले ओखलढुङ्गा, खोटाङ, सिराहा र डँडेलधुराको जिम्मा लिनु भएको छ ।
ललितपुर– २ की सांसद तोसिमा कार्कीको जिम्मामा ताप्लेजुङ, पाँचथर, डोटी र ललितपुर तथा चितवन– १ का सांसद हरि ढकाल सोलुखुम्बु, चितवन, नवलपुर र उदयपुरका लागि तोकिनु भएको छ भने तनहुँ– १ बाट निर्वाचित डा. स्वर्णिम वाग्ले गोरखा, पर्सा, बैतडी र तनहुँको जिम्मा दिइएको सो दलको स्रोतले बताएको छ । डा. चन्दा कार्कीलाई भोजपुर, सिन्धुली, मनाङ र महोत्तरी तथा असिम शाह काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ र कपिलवस्तुको सम्पर्क सांसद तोकिनु भएको छो । लक्ष्मी तिवारी प्युठान, परासी, बर्दिया र बाँके तथा अशोककुमार चौधरीलाई धनकुटा, तेह्रथुम, संखुवासभा र सुनसरीको जिम्मा परेको छ ।
त्यस्तै, शिव नेपालीको जिम्मामा लमजुङ, म्याग्दी, पर्वत र कास्की तथा बिनिता कठायतलाई जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा परेको छ ।
यसैगरी, विन्दबासिनी कंशाकारलाई स्याङ्जा, बाग्लुङ, मकवानपुर गरी तीन जिल्लाको सम्पर्क सांसद तोकिएको रास्वपाले जनाएको छ ।

प्रकाशित मिति २०८० असार १५, शुक्रबार ०६:२० गते
हजुरको प्रतिक्रिया