दुई नगरपालिका र नेपाल बैंक बीच मेयर उद्यमशीलताका लागि सहकार्य गर्ने सम्झौता

दुई नगरपालिका र नेपाल बैंक बीच मेयर उद्यमशीलताका लागि सहकार्य गर्ने सम्झौता

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन १६ गते मङ्गलबार ०६:१२

पाँच वर्षका लागि प्राप्त हुने नगरपालिकाले विनियोजित गरेको रकम उद्यमशीलता विकास कोषको नाममा बीउपूँजीका रुपमा रहने र उक्त बीउपूँजी मार्फत रकम अभिवृद्धि हुँदै जाने कार्यक्रम भएकाले आगामी ४ वर्ष भित्र ३० करोड रकम उद्यमशीलता विकास कार्यक्रम मार्फत नगरपालिकामा कार्यान्वयन गर्ने गरी दीर्घकालीन सोचलाई मूर्त रुप दिने कार्य शुभारम्भ भएको ऐतिहासिक अवसरमा दुवै नगरपालिकावासीहरूमा प्राप्त भएको छ ।

दुई नगरपालिका र नेपाल बैंक बीच एक कार्यक्रम बीच सम्झौता

लमजुङ– लमजुङका दुई वटा नगरपालिका र नेपाल बैंक लिमिटेड बीच सहकार्यका लागि सम्झौता भएको छ । सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका र नेपाल बैंक लिमिटेड बीच मेयर उद्यमशीलता कार्यक्रम अन्तर्गत सहकार्यका लागि सम्झौता साउन १४ गते काठमाडौंमा गरिएको हो ।
लमजुङका दुई पालिका सुन्दरबजार नगरपालिका र राइनास नगरपालिकाद्वारा सञ्चालन हुने गरी मेयर उद्यमशीलता कार्यक्रम अन्तर्गत ऋण प्रवाह तथा ब्याजदर अनुदान सम्वन्धी सम्झौता गरिएको हो । सो कार्यक्रमका लागि नेपाल बैंक लिमिटेडको तर्फबाट कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, सुन्दरबजार नगरपालिकाको तर्फबाट सो नगरपाकिलाका मेयर कृष्णप्रसाद कोइराला र प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल तथा राइनास नगरपालिकाको तर्फबाट मेयर खड्गबहादुर गुरुङ र प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
स्वरोजगार प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त कार्यक्रममा लाग्ने ११ प्रतिशत व्याजमा छ प्रतिशत महिलाका लागि र पाँच प्रतिशत पुरुषका लागि छुट हुनेछ भने बाँकी रकमको व्याजपनि नगरपालिकाले बेहोर गर्ने नीति रहेको सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले बताउनु भयो । उहाँका अनुसार यसमा ऋण प्रवाह गर्दा १५ वर्षदेखि ५९ वर्ष उमेर समूहका विेदशबाट फर्केका उद्दमी बन्न चाहने युवाका लागि प्राथमिकताका साथ यो कार्यक्रम लागू हुनेछ । उहाँले भन्नुभयो, ‘कार्यक्रम अन्तरगत पाँच वर्षका लागि शून्य प्रतिशत व्याजदरमा दुई लाख रुपैयाँ उद्यम गर्नका लागि पाउने, तर जे प्रयोजनका लागि ऋण लिएको हो, सोही कार्यका लागि खर्चिनु पर्ने हुन्छ । अन्यत्र खर्च गरेमा दुरुपयोग ठहर्छ ।’
शून्य प्रतिशत व्याजदरमा ऋण प्रवाह गरी विपन्न बर्गलाई उद्यमशीलतासँग जोड्ने लक्ष्यका साथ बैंकसँग सम्झौता गरिएको राइनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार मेयर उद्यमशिलता कार्यक्रमको लागि चालु आर्थिक बर्ष २०८०÷८१ मा राइनास नगरपालिकाले ७० लाख रुपैयाँ र सुन्दरबजार नगरपालिकाले ५० लाख रुपैयाँ बजेट बिनियोजन समेत गरेको छ । उहाँले भन्नुभयो, ‘सम्झौता अनुसार स्वरोजगार बन्न चाहने युवालाई नेपाल बैंक लिमिटेडले विना धितो ऋण उपलब्ध गराउने छ ।’
उक्त कार्यका लागि कार्यविधि बनाएर एक व्यक्ति वा समुहलाई कम्तिामा दुई लाखका दरले ऋण उपलब्ध गराउने योजना नगरपालिकाको रहेको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुयलले बताउनु भयो । उहाँका अनुसार राइनास नगरपालिकाले छुट्र्याको ७० लाख रकममा बैंकले उक्त रकमको ३ गुना २ करोड १० लाख रुपैयाँ बैंकले सहूलियतपूर्ण कर्जाका रुपमा ५ बर्षका लागि उपलब्ध गराउनेछ ।
सम्झौता अनुसार नगरपालिकाले छुट्याएको ५० लाख रकममा बैंकको तर्फबाट त्यसको तीन गुना रकम अर्थात १ करोड ५० लाख रुपैयाँ चालु आर्थिक बर्षमा सुन्दरबजार नगरपालिकालाई सहुलियतपूर्ण कर्जाको रुपमा नेपाल बैंकले उपलब्ध गराउने सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनु भयो । उहाँका अनुसार नगरपालिकाले विनियोजित गरेको रकम उद्यमशिलता विकास कोषको नाउँमा वीउ पूँजीका रुपमा रहने छ ।
नगरपालिकाको सिफारिसमा प्रवाह गरिने यस्तो सहुलियतपूर्ण कर्जाले रोजगारी नपाएर परदेशीनु पर्ने बाध्यतामा रहेको युवालाई स्वदेशमै रोक्न र उद्यमसीत जोड्न मद्दत पुग्ने नेपाल बैंक लिमिटेडका प्रबन्धक कृष्णबहादुर अधिकारीले बताउनुभयो । उहाँका अनुसार ऋण प्रवाह गर्न नगरपालिकाहरूले छनौट गर्ने, उनीहरू प्रशिक्षण दिने आदि काम हुने छ ।
यो कार्यका लागि राजधानीमा बसेर पहल गर्दै आउनु भएका नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी लमजुङका अध्यक्ष रामबाबु अधिकारीले सो बारेमा भन्नुभएको छ, ‘स्थानीय तहको निर्वाचन २०७९ मा सुन्दरवजार नगरपालिमा उपमेयर पदमा गठवन्धनको तर्फंबाट उम्मेदवार हुँदा संयुक्त घोषणा पत्रमा गरिएको प्रतिवद्धता अनुरुप मेयर उद्यमशीलता विकास कार्यक्रम मार्फत शून्य प्रतिसत व्याजमा बिना धितो समाजका विपन्न वर्गलाई उद्यमशीलतामा जोडी स्थानीय तहबाट नै समाजवादका आधार निर्माण गर्नका लागि उत्पादन तथा उत्पादकत्व वृद्धि अभियानलाई वलशाली वनाउने कार्यक्रमको संयोजन गरिएको छ । नगरको अर्थतन्त्रलाई समाजवाद उन्मुख बनाउन र स्थानीयस्तरमा स्वरोगारी सिर्जना गर्न यो कार्यक्रम कोसेढुंगा सावित होस् भन्ने कामना समेत गर्दछु ।’ ५ वर्षका लागि प्राप्त हुने नगरपालिकाले विनियोजित गरेको रकम उद्यमशीलता विकास कोषको नाममा विउपूँजीका रुपमा रहने र उक्त विउपूँजी मार्फत रकम अभिवृद्धि हुँदै जाने कार्यक्रम भएकाले आगामी ४ वर्ष भित्र ३० करोड रकम उद्यमशीलता विकास कार्यक्रम मार्फत नगरपालिकामा कार्यान्वयन गर्ने गरी दीर्घकालीन सोचलाई मूर्त रुप दिने कार्य शुभारम्भ भएको ऐतिहासिक अवसरमा दुवै नगरपालिका सम्पूर्ण नगरवासीहरूमा हार्दिक वधाई ज्ञापन गर्दछु । आगामी दिनमा यस्तै सिर्जनशील तथा नवप्रवर्तन कार्य मार्फत नगरवासीहरुको सेवामा समर्पित भई रहने प्रतिवद्धता पुनः व्यक्त गर्दै नगरपालिकासँग सहकार्य गर्ने अझ बढी अवसर प्राप्त हुनेछ भन्ने अपेक्षा गर्दछु ।

प्रकाशित मिति २०८० श्रावण १६, मंगलवार १८:१२ गते
हजुरको प्रतिक्रिया