मेरो अभियानमा एक वर्षमै आठ लाख सदस्य बने : दुर्गा प्रसाइँ

मेरो अभियानमा एक वर्षमै आठ लाख सदस्य बने : दुर्गा प्रसाइँ

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन ३२ गते बिहिबार ०९:०५

यो काम काँग्रेस, एमाले, माओवादी लगायतका कुनै पनि दलका नेताहरूबाट सम्भव छैन, किनकी उनीहरू बैंक तथा वित्तीयहरूका सञ्चालकहरूका मतियार तथा हितैषि हुन् साथै मारवाडीका पनि त्यसैले यो काम उनीहरूबाट सम्भव छैन भन्नुभयो ।

सहकारी, लघुवित्त र बैंकप्रति रोष व्यक्त

बेसीशहर– ‘राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का केन्द्रीय संयोजक दुर्गा प्रसाइँले मैले अभियान चलाएको एक बर्षमै आठ लाख मानिस सदस्य बनिसकेका छन् भन्ने दावी गर्नु भएको छ । उहाँले सो अभियानको जिल्ला शाखाले यहाँ आयाजना गरेको भेलामा आफ्नो धारणा राख्दै साउन ३१ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले माओवादीलाई पाँचजना मान्छे बनाउन २०३२– २०५२ सालसम्म लागेको थियो, एमालेका नौं लाख सदस्य मध्ये छ लाखले नवीकरण नै गरेनन्, तर मैले अभियान चलाएको एक बर्षमै आठ लाख मानिस सदस्य बनिसकेका छन् भन्नुभयो । त्यसको कारण हो, मैले भूइँ मान्छेका लागि काम गरेको छु । यो अभियान उनीहरूकै लागि हो ।
दुर्गा प्रसाइँले सहकारी संस्थाहरू, लघुवित्त कम्पनीहरू तथा बैंकहरूका विरुद्धमा रोष व्यक्त गर्नु भयो ।
उहाँले चक्रबृत्ति व्याज लिएर अहिलेको अहिल्यै, भरेको भरेनै ऋण तिर भन्ने लघुवित्तको रबैया, त्यस्तै सहकारीहरूको पाराले मानिसहरू आत्महत्या गर्न बाध्य बनेको उल्लेख गर्नु भयो । उहाँले ६– ८ प्रतिशतमा ऋण लगानी गर्ने तर पछि त्यो बढाउँदै बढाउँदै १४– १६ प्रतिशत पु¥याउने बैंकहरूको समेत कटु आलोचना गर्नु भएको थियो । उहाँले भन्नुभयो, ‘चक्रबृत्ति व्याज लिएर मान्छेहरूलाई आत्महत्या गर्न बाध्य बनाएको छ ।’ उहाँले आफ्नो गाउँका तीन जना चेलीहरूले एकै दिन एउटै रुखको एउटै हाँगामा झुण्डिएर आत्म गरेको घट्ना बुझ्दा लघुवित्तको ऋण तिर्न नसकेको भन्ने खुलेपछि आफू यो अभियानमा लागेको उल्लेख गर्नु भयो । उहाँले अब कसैले आत्महत्या गर्न झुण्डिने वा विष सेवन गर्ने नगर्नु होला, त्यस्तो गर्नु पर्दैन । किनकि, हामी २० लाखसम्मको ऋण मिनाहा हुनुपर्छ भन्ने अभियानमा छौं । मात्र दुई महिना पर्खनुहोस्, हाम्रो माग अवश्य पुरा हुन्छ उहाँले भन्नुभयो । नागरिकलाई आत्महत्या गर्नबाट बचाउने काम उद्योग वाणिज्य संघ, पालिकाका मेयर, अध्यक्षहरू तथा वडा अध्यक्षहरूले गर्नुपर्दैन ? भन्ने प्रश्न उठाउँदै यो जनताको सरकार हैन ? किन नसुनेको त ? भन्दै म दुई महिनाकोे अल्टिमेटम दिन चहान्छु उहाँले भन्नुभयो । उहाँले म यहाँ पैसा र भोट माग्न आएको हैन, नागरिकको ज्यान बचाउनको लागि हुँ भन्नुभयो । अबको एक–दुई बर्षमा धनाढ्यका स्वास्नीहरूले पनि आत्महत्या गर्ने छन् उहाँले ठोकुवा गनुभयो ।
यो काम काँग्रेस, एमाले, माओवादी लगायतका कुनै पनि दलका नेताहरूबाट सम्भव छैन, किनकी उनीहरू बैंक तथा वित्तीयहरूका सञ्चालकहरूका मतियार तथा हितैषि हुन् साथै मारवाडीका पनि त्यसैले यो काम उनीहरूबाट सम्भव छैन भन्नुभयो । उहाँले गणतन्त्र ल्याए झैं एकताबद्धरूपमा लागि परेमा आफ्ना माग तथा काम सफल हुन्छ भन्नुभयो ।
२० लाख रूपैंया सम्मको ऋण मिनाह गर्नुपर्छ भन्ने आफ्नो माग रहेको दोहोर्याउँदै नागरिक बचाउनका लगि सरकारले यो माग पुरा गर्नै पर्छ उहाँको जोड थियो । म तपाईंहरूलाई निम्ता गर्न यहाँ आएको हुँ, काठमाडौंमा पानी र चुल्होको व्यवस्था म गर्छु १५– २० दिनका लागि पुग्ने चामल लिएर आउनु होला, माग नहुँदासम्म काठमाडौबाट नफर्कने उहाँको आह्वान थियो ।
अभियानकी लमजुङ संयोजक सरस्वती धितालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जय श्री कृष्णले गर्नु भएको अभियानका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज मातृका अधिकारीले बताउनु भयो ।

प्रकाशित मिति २०८० श्रावण ३२, बिहीबार ०९:०५ गते
हजुरको प्रतिक्रिया