पाउँदी(लमजुङ)– हिजोआज स्वयम्सेवाको कामबाट बाटोघाटो सरसफाई एवम् मर्मत भएका कार्य विरलै देख्न र सुन्न पाइन्छ । तर केही मनकारी व्यक्तिहरू हिजोआज पनि गाउँघरमा हुनु भएको पाइन्छ । त्यस्तो उदाहरण बन्नुभएको छ– राइनास नगरपालिका– ८ हर्राबोट निवासी एक जेष्ठ नागरिक भगवती गुरुङ र सुन्दरबजार नगरपालिका– ७ निवासी लक्ष्मीप्रसाद मिश्र ।
भगवती गुरुङ आमाले २०५३÷५४ साल तिर सुन्दरबजार नगरपालिका– ७ को मर्स्याङ्दीको झलुङे पुल नजिकबाट राइनस नगरपालिका– ८ को मध्यपहाडी लोकमार्गतर्फ चढ्ने पेटी(सिढी) आफ्नो निजी खर्च १८ हजार रुपैयाँमा तयार गर्नु भई पैदल यात्रीका लागि सहज बनाई दिनु भएको रहेछ । आमा भगवतीले भन्नुभयो, ‘त्यो बेला अर्थात आफूले बाटोमा पेटी निर्माण गर्दा ताका उक्त स्थानमा आजको जस्तो मोटर गुड्ने कल्पना समेत थिएन ।’
उक्त सिढीको दुरी अन्दाजी १५० मिटर होला । आज सोही बाटो र आश्रम जाने एक सय मिटर बाटो ३ दिन लगाएर सुन्दरबजार नगरपालिका– ७ निवासी लक्ष्मीप्रसाद मिश्र एक्लैले स्वयम् सेवकका रुपमा सफा र मर्मत कार्य गर्नु भएको छ । सो अवसरमा मिश्रले सर्वोदय सेवाश्रम जाने करिब एक सय मिटर बाटो ढाक्ने गरी आएको झारपात समेत गोडमेल गरी सफा गर्नु भएको जानकारीमा आएको छ ।
प्रकाशित मिति २०८० भाद्र ९, शनिबार ०५:३० गते