सुपर ङादी निर्माणाधिन जलविद्युत आयोजनाको सरोकार समिति गठन

सुपर ङादी निर्माणाधिन जलविद्युत आयोजनाको सरोकार समिति गठन

बेलबहादुर थापा

@antaranganews

२०८० भदौ १८ गते सोमबार ०९:२५

उक्त सरोकार समितिको काम छरछिमेक कार्यक्रमको रकमको विकासका योजनामा उपयोग गरी उपलब्धीपूर्ण बनाउने, निर्माणाधिन विद्युत आयोजनाका लागि आवश्यक सहयोग गर्ने तथा प्रभावित क्षेत्रमा हुने आयोजनाको प्रभावलाई न्यूनीकरणका लागि सहजिकरण गर्ने आदि हुने बुझिएको छ ।

३२ सदस्यीय समितिमा ७ जना सदस्य पछि चयन गरिने

बाहुनडाँडा(लमजुङ)– लमजुङमा निर्माणाधिन सुपर ङादी जलविद्युत आयोजनाको सरोकार समिति गठन गरिएको छ । अन्तरङ्ग न्यूजडट कमलाई ढिलागरी प्राप्त समाचार अनुसार यहाँ भएको सारोकारवालाहरूको भेलाले सो समिति भदौ १५ गते गठन गरेको हो ।
उक्त आयोजनाको यो पहिलो समिति सर्वसम्मत रुपमा गठन भएको हो । समितिको अध्यक्षमा लोकनाथ घिमिरे, उपाध्यक्षमा मिनप्रसाल घले, सचिव हरि तामाङ, कोषाध्यक्ष धनराज गुरुङ, सहसचिव दुई घले र बेलबहादुर थापा, सदस्यहरूमा राजु तामाङ, तुलसीराम गुरुङ, शिशिर गुरुङ, मन घले, श्याम घले, अमरजङ्ग गुरुङ, दिलकुमारी थापा, काजी थापा, दिलिप थापा, निर्मल अधिकारी, निरबहादुर थापा, यमबहादुर पाण्डे, तारादेवी पाण्डे, दिलप्रसाद अधिकारी, सुरेश गुरुङ, भिमराज घले र सुरेश घले चयन हुनुभएको छ ।
यसैगरी, सो समितिको नेका प्रतिनिधिमा लिलाप्रसाद घले, माओवादी प्रतिनिधि गंगाबहादुर गुरुङ, वडा प्रतिनिधि तारालाल थापा र लालकुमारी पाण्डे हुनुहुन्छ । वडानं ७का पाँच जना प्रतिनिधि पछि चयन गरिने बताइएको छ ।
उक्त सरोकार समितिको काम छरछिमेक कार्यक्रमको रकमको विकासका योजनामा उपयोग गरी उपलब्धीपूर्ण बनाउने, निर्माणाधिन विद्युत आयोजनाका लागि आवश्यक सहयोग गर्ने तथा प्रभावित क्षेत्रमा हुने आयोजनाको प्रभावलाई न्यूनीकरणका लागि सहजिकरण गर्ने आदि हुने बुझिएको छ ।

प्रकाशित मिति २०८० भाद्र १८, सोमबार २१:२५ गते
हजुरको प्रतिक्रिया